दिपक न्यौपाने

उमेरले उनी ५९ बर्ष पुगे । घरमा दुइ छोराका दुइ बुहारी भित्राए । एउटी छोरीको बिबाह भएको पनि झन्डै दशक पुग्न थाल्यो । २०५३ सालदेखी बुटवलको पुरानो बसपार्कमा होटल सन्चालन गरे । छोराछोरीलाइ राम्रो शिक्षादिक्षा दिए । र आफुलाइ भिन्नै परिचयमा उभ्भाए – उनी अर्थात केशबराज ज्ञवाली । ६ दशकको दौरानमा गुल्मी जिल्लामा जन्मेर रुपन्देहीलाई कर्मथलो बनाएका केशबराज ज्ञवालीको परिचय सामान्य ब्यबसायीमात्र होइन उनलाइ बिगत २५ बर्षदेखि सबैले “नाच्ने दाइ ”को पगरीसमेत थुपारी दिएका छन ।

उनी यतिसम्म कि प्रदेश पाचका बिभिन्न मेला महोत्सब र सास्कृतिक कार्यक्रममा रहर नै मर्ने गरी नाच्न पुग्छन त्यो पनि निशुल्क । बुढेसकालमा पनि रमाइलो पाराले एक्टिङ गर्दै नाच्ने उनको बानी नै भैसक्यो र उनको यहि शैलीलाइ आम दर्शकहरुले आजसम्म पनि औधी मन पराउदै गए ।

आज उनलाइ बिभिन्न मेला तथा महोत्सबमा नदेख्दा आम दर्शकमात्र होइन स्टेजमा प्रस्तुति दिन आएका कलाकारहरुले पनि ज्ञवालीको खोजी गर्छन । जब २०५३ सालदेखी बुटवलमा मेला लाग्न शुरु भयो तब उनी हरेक मेलामा कम्मर मर्काउन पुगीहाल्छन ।

शुरु शुरका दिनमा स्टेजमा कसैले बोलाओस या नबोलाउस म आफै नाच्न पुग्थे, कोरोनाका कारण घरमै सेल्फ क्वारेन्टाइनमा पनि नाच्दै बसेका ज्ञवालीले दैनीक लुम्बिनी डटकमसग कुरा गर्दै भने –आजकाल त ननाचेको दिन नै अधुरो र अपुरो लाग्छ । यहि हो सबैले माया गरेर बोलाउनुहुन्छ । कसैले नाच्ने दाइ भन्छन , कसैले नाच्ने बुढो भन्छन । मलाइ यसो भन्दै गर्दा झनै खुसी लाग्छ । अरुले के भन्छन भनेर म सुन्दिन । दर्शकहरुले मनारेन्जन पाएर नै त होला म नाच्दा हुटिङ र ताली पड्काउछन । ”

हासेर नाच्ने ज्ञवालीका दुख

२०५३ सालदेखी बुटवलमा होटल गरेका उनले ब्यबसाय छोडेको ३ बर्ष भयो । हाल बुटवल जितगढीमा बसाइ सरेका उनी प्राय सबैसग नम्र र हासेरै बोल्छन । जिन्दगीमा उनले देश बिदेश सबै देखे । भारतमा १४ बर्ष बसे , इराकमा ६ बर्ष । दुखसुख गर्दै छोराछोरीलाइ देशबिदेश पढ्न पढाए । अहिले उनको जिन्दगीमा खासै दुखका दिन छैनन तर उनको मन अहिले पनि दुखिरहन्छ कारण बुवा बुद्धिप्रसाद २०३९ सालदेखी हराउनुभो ,ज्ञवालीले पंक्तिकारसग फोेनमा भाबुक हुदै भन्दै गए – आजसम्म कहा हुनुहुन्छ कि हुनुहुन्न अत्तोपत्तो छैन । आमा हरिकला ३५ बर्षकोे हुदा बुवा हराएपछी जेठो छोराको हिसाबले पारीवारीक जिम्मेबारी मेरो काधमा आयो । दुइ भाइ र एक बहिनी, गाउको दुखसुख , सबै सम्झेर भारत पसे । ” उनले आज स्टेजमा जसरी हासेर बोल्छन,गाउछन नाच्छन , हिजोका दिनमा उनका दुख पिडादायीक थिए । भारतमा होटलमा सन्चालन देखी बिभिन्न क्षेत्रमा जागीर गरेका उनले जिन्दगीमा हरेश नखाइ निश्चित उदेश्य लिएर काम गर्ने हो भने सफल हुने बिश्वास लिए ।

किन नाच्छन केशब ?

मान्छेहरु सोच्छन ः यसको त कामै नै छैन कि क्या हो जहिले पनि नाचेको नाचै देखिन्छ त । ’ यस्ता शब्द उनको कानमा कति ठोकिए ठोकिए । कतिले खिल्ली पनि उडाए । तर उनले ब्यबसाय र परिवारको जिम्मेबारी बोध गर्दै ठाउठाउमा नाचेर परिचित भैदिए । गाउमा सानैमा बुवाले भजन किर्तनमा नाच्न नलगाएको भए सायद नाच्ने रहर उनलाइ हुदैनथ्यो । पछि मलाइ मेरी श्रीमती सकुन्तलाको साथ नहुदो हो त मलाइ नाच्ने केशबदाइ भनेर कसैले चिन्दैनथे, ज्ञवाली भन्छन – मलाइ चिनेर धेरै जना हाम्रो होटलमा पनि आउनुभएको छ । ब्यबसायमा पनि फाइदा पुगेको छ ।’

पावरवाला चस्साका साथ मोटो शरिर हल्लाउदै नाच्ने केशबलाइ नर्मल प्रेसर बाहेक आजसम्म कुनै रोगले छोएको छैन । आफु स्वच्छ हुन पनि नाच्नुपर्छ भन्ने भावना राख्ने केशबलाइ धेरै कलाकारहरुले नाच्नकै लागी म्युजीक भीडियोमा अफर समेत गरेका छन । प्रियका कार्किदेखी हेमन्त शर्मासम्म म्युजिक भिडियोमा कम्मर मर्काएका उनलाइ एकपटक नाचेको हेर्नेहरु दोहोराएर हेर्न खोज्छन । त्यहि भएर नै होला उत्साहित हुदै दाहोरी गीत प्रतीष्ठानका बिभिन्न चुनाब र कार्यक्रममा सुर्खेत,काठमाण्डौ पोखरा हुदै देशका बिभिन्न भागमा पुग्न भ्याउछन । बिभिन्न सघंसस्थामा आबद्ध समेत भएका छन । कलाकारले १,२ घण्टा स्टेजमा गाउदा पनि नाचेर नथाक्ने उनलाइ बिभिन्न सघंसस्थाले सम्मान र माया बर्साएका छन । यहि हौसलाले होला उनमा बुढेसकालमा पनि जोशको कुनै कमि छैन । धुम्रपान र मध्यपानबाट टाढा रहेका ज्ञवालीलाइ कुराकानीको अन्तिममा सोधियो ः कहिलेसम्म नाच्ने त ? बल्ल त जवानी आएको फिल हुदै छ । फिस्स हास्दै ज्ञवालीले प्रतिप्रश्न सहित भने – जस्तो सुकै मान्छे भए पनि मनको कुनै न कुनै कुनामा – नाच्ने कसलाइ रहर हुदैन !