बुटवल । कोरोना भाइरस संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको छ । तर सडकमा त्यसको अवज्ञा गदै सवारीसाधन चलाउनेहरु देखिएका छन् ।

बुटवलमा सडकमा गाडी गुडेका छन् । निजी मोटरसाईकलहरु प्रशस्त देखिन्छ । प्रहरीले राेक्दा नागरिकहरु सवालजवाफ गरिरहेका छन् ।

प्रदेश ५ मा कपिलवस्तु गुल्मी अर्घाखाचीमा निषेधाज्ञा नै जारी गरिएको छ । यद्यपि बजारमा नागरिकहरु आउन राेकिएको छैन । बजार कस्तो छ हेर्न भन्दै नागरिकहरु सडकमा निस्किएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

लगडाउन अवज्ञा गरेको खण्डमा सजाय यस्तो छ।
संक्रामक रोग ऐन, २०२०
सजाय:
(१) यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु. १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

(२) यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महिनासम्म कैद वा रु. ६००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

सबै तस्विर सौजन्य : विकास पराजुली

कपिलवस्तुको सुनसान सडक । तस्विर दिलिप यादव

कपिलवस्तुको सुनसान सडक । तस्विर दिलिप यादव