दीपक न्यौपाने
खेलकुद एउटा यस्तो विधा हो जसले हरेक क्षेत्रलाई समेटेको हुन्छ । अझ भन्नुपर्दा खेलकुद अब मनोरञ्जनको क्षेत्र मात्र रहेन यो त अर्थ व्यवस्थासग जोडीएको महत्वपूर्ण पाटो बनीसकेको छ । विश्वमा ओलम्पिक, एसियनजस्ता खेलकुदका महत्वपूर्ण कार्यक्रम गर्न विभिन्न राष्ट्रबीचको रस्साकस्सिले नै संकेत गर्दछ कि खेलकुद क्षेत्रको महत्व विश्व बजारमा कसरी बढीरहेको छ । यसले पर्यटन क्षेत्रमा ठूलो मद्दत गर्छ ।
प्रदेश नम्बर ५ मा विकास भइरहेका खेलमैदानले पर्यटकीय महत्व राख्छन् । खेल र खेलाडीसहितको पर्यटनमा टेवा पुराउँछ । यसतर्फ प्रदेश र स्थानीय सरकारले जोड दिनुपर्छ । खेलकुदको प्रभाव र यसको बाछिटो दक्षीण एसियामा पनि आइपुगेको छ । अझ नेपालमा बढ्दो खेलकुद गतिविधिसंगै खेल क्षेत्रमा दायराहरु पनि फराकिलो बन्दै गइरहेका छन् । यसलाइ पर्यटकीय हिसाबले हेर्दा नेपालमा विभिन्न साहसिक खेलकुदका प्रतियोगिताहरु हुन्छन् जसले पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
त्यसैले पर्यटन र खेलकुद दुबै पर्यटकीय आकर्षण भएकोले यिनीहरूको अन्तरसम्बन्ध व्यवस्थापन गरी देश विकासको साधनको रूपमा प्रयोग गर्नु आजको आवश्यकता हो । पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको मुख्य आधार हो भन्ने कुरा निश्चित नै छ । यसले नेपालको समृद्धिलाई विभिन्न क्षेत्रबाट उठाउन सक्छ । पर्यटन वर्ष २०२० चलिरहँदा खेल पर्यटनका सम्भावनाहरुलाई पनि संगसंगै लैजानु पर्छ ।
स्थानीय र परम्परागत खेलसहित विभिन्न पाहुना खेलहरूलाई समेत समावेश गरी पर्यटनलाई प्रवद्र्धन गर्ने योजना बनाउन सकेको खण्डमा स्वदेशी उत्पादन र मौलिक पहिचानको नेपाली सभ्यतालाई विश्वमा स्थापित गर्न सहज हुन्छ ।
तर विडम्बना हाम्रो जस्तो विकास उन्मुख देशमा खेलकुदलाई हेर्ने नजर अझै परिवर्तन भैसकेको छैन । सरकारले खेलमार्फत पर्यटनलाई जोड्ने धेरै विधामा लगानी गरेको पाइदैन । अहिलेको पहिलो मान्यता ठाउँ र विशेषताको आधारमा लगानी गर्नु हो । जस्तै मुस्ताङ्गमा फुटबलमा लगानी गर्नुभन्दा आर्चरी र स्कि जस्ता खेलमा लगानी बढाउनुपर्छ । किनकी त्यो ठाउँलाई साहसिक खेलमार्फत पर्यटक भित्र्याउन सकिन्छ । भैरहवामा कुस्ति प्रतियोगितालाई बढावा दिँदै गर्दा पाल्पा गुल्मी, स्याङ्गजाजस्ता जिल्लामा भलिबल र प्याराग्लाइडिङमा लगानी बढाउनुपर्छ । भन्नुको मतलब जहाँ बढी जुन खेलको सम्भावना छ त्यही नै स्थानीय प्रदेश र केन्द्र सरकारले लगानी गर्नुपर्छ । तर हामी कहाँ त्यो प्रचलन छैन । कनिका छरेजस्तै बजेट छरेर खेलकुदमाथि उठ्न सक्दैन र पर्यटन विकासमा ईट्टा थप्ने काम हुन सक्दैन । भर्खर मात्र नेपालमा लामो समयको अन्यौंलताका बीचमा १३औं दक्षीण एसियाली खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न भएको साग गेमले खेलाडी, प्रशिक्षक र अफिसियलसंगसंगै समर्थकहरुलाई २÷४ दिन केही ठाउँ घुम्ने बाहेक अन्य माहोल बनाउन सकेन । सरकारले कम्तिमा विभिन्न राष्ट्रका पदक बिजेता खेलाडीहरुलाई पर्यटनसम्बन्धी जोडेर ब्रान्ड एम्बेस्टर बनाइ आफ्नो देशमा भिजीट ट्वान्टी–ट्वान्टीलाई प्रचार गराउन सक्नुपर्दथ्यो । नेपाललाई स्पोर्टस्मा अझै न्युट्रल भेनूको रुपमा पनि प्रयोग गर्न सकिन्छ । त्यो फाइदा राज्यले लिन सकिरहेको छैन । फुटबल, भलिबल, क्रिक्रेट एथ्लेटिक्सजस्ता खेलभन्दा साहसिक खेलमा नेपाल सरकारले स्पस्ट दृष्टिकोण र लगानी बढाएको खण्डमा खेल पर्यटनको विकास दु्रत गतिमा हुने थियो ।
सरकारले पनि यस्ता साहसिक खेल ¥याफिट, बन्जिजम्प, स्कि, ट्रेकिङ, म्याराथन, क्यानोइङ र वाटरस्पोर्टस्जस्ता खेल र विधालाई व्यवसायिकता हिसाबले हेर्न सकिरहेको छैन । सिमित व्यक्ति र संघले आयोजना गरेको भरमा पर्यटक भित्रदैनन् र त्यसले राम्रो नतिजा पस्कन सक्दैन । प्रकृतिले नै हामीलाई वरदान दिएको छ । साहसिक खेलका लागि कहीँ हिमाल बनाउनु पर्दैन, न ताल तलैया नै बनाउनुपर्छ । रक क्लाइमिङदेखि अग्लो स्थानमा म्याराथन गर्नेजस्ता प्रतियोगिता आयोजना नियमीत गर्ने र व्यवसायिक बनाउने हो भने खेलमार्फत वर्षेनी लाखांै पर्यटकलाई भित्र्याउन सकिन्छ । हाम्रै प्रदेश पाँचमा पनि खेल पर्यटनको राम्रो सम्भावना देखिन्छ । भौगोलिक हिसाबले पनि प्रदेश पाँचलाई वरदान दिएको छ । अन्तर्राष्ट्रिय लनटेनिस, फुटबलदेखि ¥याफटिङ हँुदै प्याराग्लाइडिङसम्मका खेल प्रदेशमा सम्भव छन् । यी र यस्तै खेलहरुलाई एकिकृत गरेर प्रदेश पाँच सरकारले सम्भाव्यता अध्ययन गर्न ढिलाइ गर्नु हँुदैन । लुम्बिनीलाई जोडेर अन्तर्राष्ट्रियस्तरको म्याराथन गर्नेदेखि भौतिक पूर्वाधारमा ध्यान दिएको खण्डमा अबका केही वर्षमा प्रदेश पाँच खेल पर्यटनको अर्को हब बन्नेछ भन्नेमा दुईमत छैन । तर विडम्बना प्रदेश स्थापना भएको दुई वर्ष बितिसक्यो अहिलेसम्म प्रदेशको समग्र खेलक्षेत्रको विकास गर्ने प्रदेश खेलकुद विकास समिति गठन हुन सकेको छैन । त्यसैले नेपालमा पर्यटन उद्योगको व्यवसायिक प्रगतिका लागि विश्वमा प्रचलित र लोकप्रिय विधाको रूपमा रहेको खेलकूद क्षेत्रलाई संगै लैजानु पहिलो सर्त हो ।
खेललाई महत्व दिएर आउने पर्यटक वा अन्य सुविधाहरू उपभोग गर्न आउने पर्यटकहरूलाई समेत आकर्षण गरी पर्यटन उद्योग बलियो र शसक्त बन्न जान्छ । यसरी खेल र पर्यटनको अन्तरसम्बन्ध अत्यन्त घनिष्ट रहेको छ र यसअनुसार नै सरकारले पर्यटन सम्बन्धी योजना निर्माण गरी अगाडि बढ्नु आवश्यक हुन्छ ।
खेलहरूको आयोजनाले पर्यटन क्षेत्रको गरिमा बढ्ने र तिनको महत्वलाई पनि निश्चित पर्यटकीय क्षेत्रले ओगट्ने भएकोले खेल क्षेत्रलाई पर्यटन उद्योगमा सामेल गर्नु आवश्यक हुन जान्छ । यस प्रकारको आवश्यक ऐन वा कानून बनाई पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा सरकारले ध्यान दिनु आवश्यक छ । अर्को कुरा शारीरिक र मानसिक जीवनलाई स्वस्थ तुल्याउनका लागि राष्ट्रिय विकासका विभिन्न पक्षहरूलाई ध्यान दिइने गरिन्छ । त्यसको एउटा मुख्य पक्षको रूपमा खेललाई लिइएको पाइन्छ ।
नागरिकको जीवनलाई तन्दरुस्त बनाउन खेलको भूमिका रहने भएकोले र नागरिक स्वस्थ भएको अवस्थामा मात्र देश विकासमा योगदान पुग्न सक्ने भएकोले खेलको प्रवद्र्धन गर्नुपर्ने अनिवार्य हुन जान्छ । हरेक राष्ट्रले आफ्नो मुलुकको विकासका लागि आवश्यक खेल नीति बनाएर आफ्नो विकास नीतिलाई प्रवद्र्धन गरेका हुन्छन् । जसले पर्यटन क्षेत्रलाई नछुने त कुरै भएन ।