दाङ । प्रदेश नं. ५ सरकारको आयोजनामा शनिवारदेखि दाङमा एक्स्पो सुरु भएको छ । एक्स्पोको उद्घाटनसत्रलाई सम्बोधन गर्दैै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ ले सातवटै प्रदेशको अगुवाई गरेको बताए । ‘ हामीले योजनातर्जुमा गरेर बजेट तर्जुमा गर्न सफल भएका छौं’ उनले भने‘ यो सातवटै प्रदेशमा हामीले मात्रै यो अभ्यास गरेका छौं ।’ प्रदेश नं. ५ लाई मिनी नेपालका रुपमा लिईएको भन्दै उक्त प्रदेशको विकासले नै समग्र मुलुकको विकासमा फड्को मार्ने उनको भनाई थियो ।

उनले प्रदेश सरकार गठन भएको दुई बर्षमा सातवटै प्रदेश भन्दै उत्कृष्ट काम गरेको समेत बताए । साथै प्रदेश नं. ५ का सवै स्थानीय तहरुले अन्य प्रदेशको स्थानीय तहभन्दा उत्कृष्ट काम गरेको समेत बताए । ‘ प्रदेश नं. ५ले सातवटै प्रदेशभन्दा बजेट परिचालनका हिसाबले उत्कृष्ट काम गरेको थियो’ उनले भने‘ प्रदेश नं. ५ भित्रका सबै स्थानीय तहले पनि उत्कृष्ट रुपमा बजेट परिचालन गरेका थिए ।’उनले प्रदेश एक्स्पोले प्रदेश नं. ५ को समृद्धिमा टेवा पु¥याउने समेत बताए ।

‘प्रदेश नं. ५ का १२ वटा जिल्ला मध्ये ६ वटा जिल्ला तराईमा, ५ वटा पहाडमा र एउटा हिमाली क्षेत्रमा पर्छन्’ उनले भने‘ यी सबै जिल्लाको विकासकालागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’