राधिका भुसाल
प्यूठान
सडक निर्माणको विषयले प्यूठान नगरपालिकाको सातौं नगरसभा अनिश्चिकालका लागि स्थगित भएको छ । अर्को सूचना नआउँदासम्मको लागि नगरसभा स्थगित भएको प्यूठान नगरपालिका प्रवक्ता लक्ष्मी प्रकाशराज भण्डारीले बताए ।
टिकुरी बसपार्क जाने बाटोको विवाद भएपछि नगरसभा स्थगित गरिएको भण्डारीको भनाइ छ । प्यूठान नगरपालिका वडा नं. ७ मा निमार्णाधिन टिकुरी बसपार्क जाने बाटो कालोपत्रेको कार्य सम्पादनलाई पहिलो एजेण्डा बनाउनु पर्ने भन्दै नगरसभा स्थागित गरिएको ७ नं. वडा अध्यक्ष नेत्र केसीले बताए ।
“हिजो नगर कार्यपालिकाको बैठकमा बसपार्क व्यवस्थापन कार्यविधि बनाउने भन्ने कुरा उठेको थियो,”– वडा अध्यक्ष केसीले भने–“आज नगरसभामा एजेण्डामै राख्दिनु भएन ।” स्थानीय सरकार भइसके पछि रोकिएका कार्यहरुलाई सम्पन्न गर्ने ढंगले अगाडि जानु पर्ने उनले बताए ।
गत भदौंमा कालोपत्रे गरिसक्नु पर्ने भएपनिता पुन ः छ महिना म्याद थप गरिंदा समेत अझै काम बाँकी रहेको उनले बताए । “अबको एक महिना भित्र काम सम्पन्न गरिसक्नु पर्छ,”– केसीले भने–“यदि कार्य सम्पन्न नभएको खण्डमा सम्झौंता (ठेक्का) आपसेआफ तोडिने छ ।” “नगरपालिकासंग ३ वटा विकल्प छ,”– वडा अध्यक्ष केसीले थप्दै भने–“कि स्थानियवासीले चन्दा उठाएर काम गर्ने विधि बनाइदिनु प¥यो, कि वडा कार्यालयको बजेटबाट चलाउन भन्नु प¥यो, कि त भने त्यसको नाफा नोक्सान सम्पूर्ण कित्ता नगरपालिकाले जिम्मा लिने गरेर मुआबजाको पैसा नगरपालिकाले राख्नु प¥यो ।” जसरी भएपनि विभादित भएको ठाउँलाई निकास दिउ भन्ने आफुहरुको माग रहेको उनले बताए । बसपार्क जाने बाटोमा पर्ने जग्गाधनीको मुआब्जा स्वरुप २९ लाख दिने सर्वोच अदालतले फौसला गरे अनुसार सम्बन्धि पक्षलाई क्षतिपूर्ति दिएर कार्य सम्पादन गर्ने निर्णय भएको वडा अध्यक्ष केसीले बताए । सोही अनुसार चन्दा उठाएको करिब ७ लाख रकम नगरपालिकाको खातामा जम्मा गरिसकेको बताउँदै २२ लाख बाँकी रहेको समेत उनले जानकारी दिए ।