जनप्रतिनिधिलाई जेसीजको मानार्थ सदस्यता
स्याङ्जा । देशलाई समृद्ध बनाउने हो भने युवाहरूलाई उत्पादनमा जोड्न सरकारलाई ध्यानाकर्षण गरिएको छ । ‘शासन व्यक्तिको होईन विधिको हुनुपर्छ’ भन्ने मुल नारा रहेको वालिङ जेसीजको १६ औं पदस्थापन कार्यक्रममा युवाहरू राष्ट्रको सम्पत्ति भएकाले उनीहरूलाई उत्पादनमा जोड्न सकियो भने मात्रै मुलुक समृद्ध बन्ने विषयमा जोड दिइएको हो । सरकारले २०२० लाई भ्रमण वर्ष घोषण गरेर मुलुकमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सफल बनाउनकालागि पनि युवाहरूलाई परिचालन गर्नुपर्ने नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाले सरकारको ध्यानाकर्षण गरे ।
देशमा आयतभन्दा निर्यातमा ध्यान दिनु जरूरी छ अध्यक्ष दुलालले भने–“उत्पादनलाई बढाबा दिन युवाहरूलाई अगाडि बढाउनु पर्छ ।” उत्पादनमा जोड दिन नसकेमा निर्यातले मात्रै मुलुक समृद्ध बन्न सक्दैन उनले भने । जेसीजले पनि युवाहरूलाई उत्पादनमा जोड दिन अग्रसरता देखाउनु पर्ने आवश्यकता रहेको दुलालले औंल्याए । सफल बन्न पहिला सपना बनाउनु पर्नेमा जोड दिँदै दुलालले युवाहरूमा लगनशिलता र मेहनतीको आवश्यकता रहने बताए ।
पदस्थापन कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले जेसीजबाट विधिको शासन र मानवता सम्बन्धी ज्ञान प्राप्त हुने भएकाले जेसीजबाट सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । सकरात्मक सोंच सबैमा हुनु आवश्यक छ नगर प्रमुख खाँणले भने–“सोच परिवर्तन नभएसम्म विकासमा पनि बाधक बन्न सक्छ ।” सबै सकारात्मक सोंचको बाटोमा हिंडांै समाज र राष्ट्रको विकास छिटै हुन्छ उनले भने ।
कार्यक्रममा वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख भोजराज अर्याल, नगर उपप्रमुख कल्पना तिवारी, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष लालमणी भण्डारी, निरूपित उपाध्यक्ष मञ्जु शाह ठकुरी, वालिङ जेसीजका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, वालिङ जेसीजका पूर्व अध्यक्षहरू दीपक लम्साल, भीमप्रसाद पंगेनी, वर्ष २०१९ का अध्यक्ष राजु तिवारी, पदस्थापन कार्यक्रमका संयोजक एवं शाखा निर्देशक राधाकृष्ण डुम्रे, महासचिव ध्रुब पंगेनी, वर्ष २०२० का अध्यक्ष होमकान्त गौतम, महासचिव विश्वास लम्साल, जेसी दुर्गा न्यौपानेलगायतले जेसीजबाट सबैले सिक्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा वर्ष २०२० का अध्यक्ष होमकान्त गौतमले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । सो अवसरमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलनसहितका विशेष कार्यक्रम गर्ने कार्यतालिका अध्यक्ष गौतमले सार्वजनिक गरेका छन् । २०२० का निर्वाचित अध्यक्ष होमकान्त गौतम नेतृत्वको पदाधिकारीहरूको पदस्थापन गरिएको छ ।
पदस्थापन कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँण र उपप्रमुख कल्पना तिवारीलाई जेसीजको मानार्थ सदस्यता प्रदान गरिएको थियो । वालिङ जेसीजसंग स्थानीय सरकारले मिलेर सहकार्य गरेकोले प्रमुख र उपप्रमुखलाई जेसीजको मानर्थ सदस्यता प्रदान गरिएको आयोजकले जनाएको छ ।