काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि पार्टीको सचिवालय बैठकले पनि प्रदेशको नाम बागमती र प्रदेश राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो।
प्रदेशसभा ३ मा कुल एकसय १० सदस्यमध्ये नेकपाका ८० प्रदेशसभा सदस्य छन्। ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ।