बुटवल । विद्युतीय ब्यवासायी संघ जिल्ला कार्यसमिति रुपन्देहीको अध्यक्षमा हरिहर ज्ञवाली निर्वाचित भएका छन् । उनी सर्वसम्मत रुपमा दुई बर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
बुटवलमा शनिवार भएको पाचौँ अधिवेशनले बरिष्ठ उपाध्यक्षमा लोकनाथ पोखरेल, प्रथम उपाध्यक्षमा सागर खरेल, द्धितीय उपाध्यक्षमा केशव कुमार सिंह निर्वाचित भएका छन् । संघको महासचिवमा चन्द्रकान्त भण्डारी निर्वाचित भए भने सचिवमा जनेश पन्थी निर्वाचित भएका छन् । संघको कोषाध्यक्षमा सूर्य कुवार तथा सहकोषाध्यक्षमा मधुसुधन श्रेष्ठ चयन भएका छन् । संघको सदस्यहरुमा विष्णु भन्डारी, भिमलाल अधिकारी, बसन्त देव पौडेल, पारिस्वर श्रेष्ठ, राम बहादुर थापा, प्रेम प्रसाद न्यौपाने, टिकाराम गौतम चयन भएका छन् ।
अधिवेशनले हरिलाल भन्डारीलाई लेखा समिति संयोजक र भविश्वर पान्डेलाई अनुगमन समिति संयोजकको जिम्मेवारी दिएको छ ।
यस अघि संघको आठौँ बार्षिक साधारणको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले विद्युतीय सेवा जोखिम युक्त हुने हुँदा गुणस्तरमा विषेश ध्यान दिन आग्रह गरे । उनले विद्युतीय स्वच्छताको आवश्यकतामा जोड दिए ।
कार्यक्रममा बोल्दै विद्युतीय व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सुर्दशन पौडेलले विद्युत आपूर्तिमा हुने अनियमितताले व्यवसायीहरु मारमा पर्ने गरेको बताए । कार्यक्रममा बोल्दै महासंघको निर्वतमान अध्यक्ष तेजनारायण खरेलले विद्यत व्यवसायलाई राज्यले उचित ध्यान दिन नसकेको बताए ।
संघको जिल्ला अध्यक्ष प्रकाशचन्द्र पाण्डेयको अध्यक्षतामा भएको आठौँ बार्षिक साधारण सभामा संघका नवलपुर जिल्लाका अध्यक्ष पुरुषोत्तम भूषाल, चितवनका अध्यक्ष भरत लामिछाने, पोखराका अध्यक्ष राजु भन्डारी, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष माधव पौडेललगाएतले बोल्दै व्यवसायलाई थप व्यवस्थित र मर्यादिन बनाउनु पर्नेमा जोड दिए ।
साधारणसभाको खुला सत्र संघका महासचिव लोकनाथ पोखरेलको संचालन तथा बरिष्ठ उपाध्यक्ष हरिहर ज्ञवालीको स्वागतमा सम्पन्न भएको थियो ।