पर्यटकीय स्थलका रूपमा विकास गर्न माग
लुम्बिनी संवाददाता
बुटवल
बुटवलको पहिचान बटौली हो । तर बटौली पछिल्लो समय ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ऐतिहासिक महत्व बोकेको बटौली जिर्ण बनेको छ ।
मणिुकुन्द सेनको सितकालिन दरवारको नजिकै रहेको बटौली तिनाउ नदीपूर्वको क्षेत्र हो । जुन जितगढी किल्लासंगै फैलिएको छ । धार्मिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण बटौली संरक्षणमा ध्यान दिन सरोकारवालाले आग्रह गरेका छन् । सरोकारवालाले बटौलीलाई ब्राण्डिक गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
बटौलीको प्रवद्र्धन गर्ने हो भने ईतिहास पनि संरक्षण हुने र त्यसलाई ब्राण्डिङ् गर्न सके त्यसबाट लाभ पनि उठाउन सकिने भएकाले ऐतिहासिक बटौलीमा सम्भावनाको खोजी हुन थालेको छ । पुर्खाले पहाडबाट घ्यूलाएर नुन साट्ने पुरानो शरह बटौलीको प्रवद्र्धनकालागि बुटवल उद्योग वाणिज्य संघले बुटवल देवीनगरमा आयोजना गरेको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सन्दर्भमा बिहीबार संघको सचिवालय बालमन्दिरमा ‘नयाँ सम्भावनाको पर्खाइमा बटौली’ विषयमा अन्तत्र्रिmया कार्यक्रम गरेको थियो । त्यस अवसरमा बोल्ने अधिकांश व्यक्तिहरुले पुरानो शहर बटौलीलाई ब्यूताउनकालागि पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अगाडि सार्नुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सोधकर्ता सुत्र सोलुसन्सका सुरेश सापकोटाले बटौलीको विकासको प्रमुख आधार पर्यटन भएको बताए । उनले आफूले गरेको सोधमा व्यवसायिक कृयाकलाप बढाउनकालागि त्यस क्षेत्रको पूर्वाधारका कारण व्यापार, उद्योग र सेवा क्षेत्रभन्दा कृषि र पर्यटनको राम्रो सम्भावना देखिएको उल्लेख गरे । पुरानो संरचना, धार्मिक सांस्कृतिक महत्व, ऐतिहासिक महत्व, सामरिक तथा वातावरणीय महत्वका आधारमा पर्यटनको राम्रो सम्भावना रहेको उनले उल्लेख गरे ।
त्यस क्षेत्रमा पर्यटन प्रवद्र्धनकालागि जितगढी किल्ला, मणिमुकुन्द सेनको सीतकालिन दरवार क्षेत्रलगायतलाई समेटेर पर्यटन प्रवद्र्धनात्मक गतिविधि तथा सोहीअनुसार पूर्वाधार निर्माणमा तत्काल लाग्नुपर्ने उनले सुझाव राखे । त्यस्तै पुरानो शहर बटौली यातायातको हिसाबले समेत साँगुरो सडक भएकाले त्योभन्दा यतै पार्किङ्को व्यवस्था गर्ने र पैदल(ट्रेकिङ्) अवलोकन, गाईडको व्यवस्था मिलाउने हो भने राम्रो हुने प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ । त्यस्तै पुरानो संरचनालाई नबिगारीकनै पूर्वाधार विकासलाई समेत जोड दिईएको छ ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठले पुरानो बटौलीलाई उजागर गर्न पुरातत्व विभाग र सरकारको महत्वपूर्ण भूमिका रहने बताउँदै सबै मिलेर लागेमा राम्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने औंल्याए ।
त्यस्तै पूर्व सांसद विनोद पहाडीले पुरानो बटौलीलाई उजागर गर्न मार्ग चित्र बनाएर अगाडि बढ्नुपर्ने औंल्याउँदै बटौलीको आर्कषण पहिचान गरी अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले पुरानो बटौली घ्यू र नुनको कारोबारबाट सुरु भएको उल्लेख गर्दै त्यस समयमा हुने व्यापारका उत्पादनलाई समेत प्रोत्साहन गर्नेगरी योजनावद्ध कार्यक्रम बनाउन सुझाव दिए ।
त्यस्तै वडा नं. १ का अध्यक्ष महेन्द्रप्रसाद लिगल र वडा नं. २ का अध्यक्ष रमेश नेपालले बटौलीलाई आर्कषण बनाउन जलमार्ग, पैदल मार्ग, प्राविधिक शिक्षाको रुपमा छुट्टै पहिचान हुने गरी (बुटवल माविमा अमिन र उजिरसिंह माविमा अटो सम्बन्धी) पाठ्यक्रम विकास गर्न लगिएको जानकारी गराएका थिए । उनीहरुले स्थानीय सरकारले अगाडि सारेका काममा जनसहभागिता बढाउन र सुझाव सल्लाहको समेत आग्रह गरेका थिए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल वडा नं. १ र २ का सरोकारवाला, विज्ञ तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । उनीहरुले बटौलामा पुरानो संस्कृतिको झल्को दिनेगरी होम स्टे सञ्चालन गर्नसके पनि पर्यटन प्रवद्र्धन गर्न सकिने भनाई राखेका थिए ।