बुटवल । तिलोत्तमामा सक्रिय पत्रकारहरुको छाता संस्था तिलोत्तमा मिडिया क्लवले सल्लाहकार मनोनयन गरेको छ ।

विहिवार बसेको क्लवको कार्यसमिति बैठकले नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पदेन सल्लाहकार हुने गरी सात सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
बैठकले मोहन चापागाई, भरत भूषाल, दुर्गा पौड्याल, खिमानन्द भट्टराई, यमलाल भूषाल र दिनेश पाण्डेलाई सल्लाहकार मनोनयन गरेको हो ।
त्यस्तै क्लवको नियमित बैठकले ‘खुल्ला शुन्य पोलिथिन अभियनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ । अन्तरक्रियाका लागि क्लवका सचिव टी.आर. शर्मालाई संयोजकको जिम्मेवारी समेत दिएको छ ।