प्रतिवेदन तयार, छिट्टै बुझाइने

बुटवल । प्रदेशको नाम र र राजधानी निर्धारणका लागि सुझाव दिन प्रदेश ५ को प्रदेश सभामा गठन भएको विशेष समितिले राजधानी र नाम टुंगो लगाएको छ । आइतबार बसेको बैठकले नाम र राजधानी तोकिएको प्रतिवेदन तयार पारेको हो ।


समितिका सभापति दिपेन्द्र पुनले प्रतिवेदन सोमबार सभामुखलाई दिइने बताए । ‘सबै विषय टुंगो लगाएर प्रतिवेदन तयार पारेका छौं, भोलि नै सभामुखलाई बुझाउछौं, उनले भने । समिति आइडिया लिनका लागि मंसिर २१ गते भारतको चण्डिगढ भ्रमणमा गएको थियो । समितिका अरु सदस्यले भने मुख्यमन्त्री काठमाण्डौबाट फर्किएपछि प्रतिवेदन बुझाइने बताए । नाम र स्थान भने सभापति पुनले खुलाउन चाहेनन् ।