लुम्बिनी संवाददाता
बुटवल । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले यो वर्ष मुलुकले सबैभन्दा धेरै आर्थिक बृद्धि हासिल गर्ने बताएका छन् । आर्थिक क्रियाकलापहरु सकारात्मक सूचक तर्फ केन्द्रीत भएको बताउदै उनले आर्थिक बृद्धिदर उच्च हुने दाबि गरे ।
शाइन रेसुंगाा डेभलपमेन्ट बैंकको राष्ट्रियकरण घोषणा कार्यक्रममा बोल्दै गर्भनर नेपालले आर्थिक बृद्धिका लागि आर्थिक क्रियाकलाप बढ्दै जानुपर्ने बताए । ‘यो वर्ष सबैभन्दा बढी आर्थिक बृद्धि हुनेछ, उनले भने,‘सकरात्मक सूचकमा आर्थिक क्रियाकलापहरु अघि बढेकाले यो सम्भव हुनेछ ।’ ्संसारका उच्च आर्थिक बृद्धि भएका देशमा नेपाल समेत परेको उनले जानकारी दिए ।
गर्भनर नेपालले प्रदेश नम्बर ५ आर्थिक क्रियाकलापमा बलियो प्रदेश रहेको बताए । अन्य प्रदेशमा भन्दा बित्तिय सेवाको पहुच धेरै क्षेत्रमा पुगेको उनले बताए । मुलुककै आर्थिक प्रदेशका रुपमा प्रदेश ५ उदाउदै गएको उनले बताए । धनि व्यक्तिहरु समेत यसै प्रदेशमा धेरै भएकाले त्यसले आर्थिक गतिबिधि बढाएको उनले बताए । पछिल्लो तीन वर्षदेखि आर्थिक विकास उच्च रहेको उनले बताए ।
त्यस्तै राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराईले बित्तिय संस्थाको पहिलो उद्धेश्य सेवा प्रवाहमा हुनुपर्ने बताए । विकट क्षेत्रका नागरिकलाई बित्तिय पहुचमा ल्याएमात्रै मुलुकले समृद्ध बन्न सक्ने उनले बताए । उनले ग्रामिण क्षेत्रमा शाखा विस्तार गरेर गुणस्तरीय सेवा प्रदान गर्न आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका उपप्रम्ुख गुमादेवी आचार्यले उत्पादनमुलक क्षेत्रमा बित्तिय संस्थाले लगानी गर्नुपर्ने बताइन । कृषि क्षेत्रमा लगानी बढाउन सके आर्थिक विकासमा टेवा पुग्ने भन्दै सहज ऋण दिने व्यवस्था मिलाउन बैंकलाई आग्रह गरिन ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बित्तिय सेवा प्रवाह विकेन्द्रीकृत बने अनुत्पादक पैसा बैंकमाफर्त उत्पादन क्षेत्रमा लगाउन सकिने बताए । बैंकको सहज र सुलभतासंगै न्युनतम ब्याजदर भए उत्पादनमुलक क्षेत्रका लगानीकर्ताहरुको संख्या बढ्ने बताए । बैंकका पूर्व अध्यक्ष थानेश्वर पौडेलले बैंकले शसक्त सेवा दिएकै कारण यो स्थानमा पुगेको बताए ।
बैंकका कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंकलाई प्रदेशकै एक नम्बर बैंक बनाउने बताए । शाइन रेसुंगाले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा रोखर यो स्थानसम्म पुगेको बताए । एक्जिबिसन तथा मर्जरबाट राष्ट्रिय स्तर भएको बैंकलाई वािणज्य बैंक निर्माणका लागि बाटो खुला राखिएकाो बताए ।
सोही कार्यक्रममा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बिभिन्न आर्थिक सहयोग प्रदान गरेको छ । मानव सेवा आश्रमलाई १ लाख ५० हजार, पत्रकार महासंघ रुपन्देहीलाई ३ लाख रुपैया प्रदान गरेको छ । त्यस्तै पाल्पाको कुसुमखोलामा रहेको भवानी माविलाई ल्याप्टप र प्रोजेक्टर तथा प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई दुई वटा सिसिटिभी प्रदान गरेको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । सोही अवसरमा बैंकले बैंकका सञ्चालकहरुलाई समेत सम्मान गरेको छ ।