इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला आइतबार चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएका थिए । यो घटनामा विदेशी नागरिकसहित २९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणलगत्तै श्रीलंकाभर लगाइएको कर्फ्यू सोमबार बिहानबाट हटाइएको छ । यद्यपि, घटनापछि सामाजिक सन्जालमा लगाइएको प्रतिवन्ध कायमै छ ।