नायिका पूजा शर्माले आफूलाई नसोधी-नबुझी समाचार प्रकाशन गरिएको भन्दै आपत्ति जनाएकी छन्। एउटा फिल्मी अनलाइन पोर्टलले ब्रेकिङ समाचारका रुपमा नयाँ फिल्म ‘मन पर्‍यो पर्‍यो’ निर्माण हुने तथा उक्त फिल्म आउँदो चैत २८ गते अभिनेता प्रदिप खड्का अभिनित ‘प्रेम गीत ३’ सँगै प्रदर्शनमा आउने समाचार लेखेपछि पूजाले आपत्ति जनाएकी हुन्।

उनले समाचारको खण्डन गर्दै समाचारमा कुनै सत्यता नभएको उल्लेख गरेकी छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै पूजाले आफ्नो ‘अट्याचमेन्ट’ जोडिएको फिल्मसँग आफू कहिल्यै नजुध्ने उल्लेख गरेकी छन्।

‘जीवनमा अरु फिल्मसँग जुध्न सक्छु होला तर मेरो आफ्नो प्रोजेक्ट, मेरो एउटा अट्याचमेन्ट भएको फिल्म हो त्यो,’ उनले थपेकी छन् ‘न मैले उक्त फिल्म साइन गरेकी छु, न काम गर्छु भनेर ओके नै भनेकी छु, कृपया पहिले मलाई सोध्नुस्।’