लुम्बिनी दैनिक
बुटवल
माघे संक्रान्तिको अवसरमा प्रदेश ५ सरकारले दुई दिन सार्वजनिक विदा दिने भएको छ । सोमवार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले आगामी माघ १ र २ गते मासार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत वर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन सार्वजनिक बिदा दिएको थियो ।
पुष २९ गते मुख्यमन्त्री निवास बुटवलमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । प्रतिष्ठनका लागि अवस्यक १ निर्देशकसहित १० जनाको दरबन्दी बैठकले स्वीकृत गरेको हो ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले १० फागुनदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताए ।
त्यस्तै, बैठकले रुपन्देहीका इन्द्रप्रसाद पछार्ईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ । त्यसैगरी, बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणा पत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।