टेकराज पन्थी
संस्कृत भाषाको ग्रहण धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ । खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ । सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो । ग्रहण औंसी र पूर्णिमामा लाग्छ । सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमा तिथिमा लाग्दछ ।
खण्डग्रास र खग्रास गरी दुई प्रकारको ग्रहण हुन्छ । सूर्य वा चन्द्रमाको पुरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ र कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पुरै भाग छायाँमा पर्नुलाई खग्रास ग्रहण भनिन्छ । खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ ।
२०७७ साल असार ७ गते आइतबार अमावश्य तिथिका दिन अहिलेसम्मकै सबैभन्दा लामो सूर्यग्रहण लाग्दैछ । खण्डग्रास सूर्यग्रहण भनेर यसको नामाकरण भएको छ । बिहान १० बजेर ५० मिनेटमा स्पर्श, १२ बजेर ३८ मिनेटमा मध्य, अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष र सर्वपर्व ३ घण्टा ३३ मिनेटको हुनेछ । २०७७ साल असार ६ गते शनिबार रात्रि १० बजेर ५० मिनटदेखि सूर्यग्रहणको सुतक लाग्ने छ । सो समयमा बाल, वृद्ध, बिरामी बाहेक अरूलाई भोजन निषेध गरिएको छ । सूर्यका परावैजनिक किरण, विकिरणलगायतबाट असर गर्न सक्ने धार्मिक तथा वैज्ञानिकहरूको भनाइ रहेकोछ ।
खण्डग्रास सूर्यग्रहण दुई नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रूपमा हेरिएको छ । मृगशिरा र आरार्ध्या नक्षेत्र तथा मिथुन राशिका व्यक्तिहरूलाई अतिकष्ट हुन सक्ने ज्योतिषशास्त्रमा उल्लेख भएको पाईन्छ । ग्रहणकाल बीचको ३ घण्टा ३१ मिनेटमा हामीले विशेष सावधानी पु¥याउनु पर्दछ । मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने एवं मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक–फरक असर पार्नेछ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु ,कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पार्दैन तर ग्रहण हेर्न भने मिल्दैन ।
यो सूर्यग्रहण हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ । काठमाडौँबाट भने ८८ प्रतिशतसम्म सूर्य ढाक्ने छ ।
यो पुरै सूर्य ढाक्ने सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास आधा ढाक्ने मात्र देख्न सकिने छ । वैज्ञानिक र ज्योतिषशास्त्रकाअनुसार ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरूक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिनेछ । ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसोको अनुभव हुनेछ । ग्रहणका दिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महशुस हुनेछ । यसरी वैज्ञानिक र धार्मिक आधारहरू धेरै रहेका छन् । ग्रहण लागेको समयमा बर्जित गरेका कार्यलाई हेलचेक्र्याई र खेलाची नगरी पालना गर्दा राम्रो हुने विश्वास गर्न सकिन्छ । धर्मशास्त्रअनुसार सूर्यग्रहण मेष, सिंह, कन्या र मकर राशि भएका मानिसले मात्र हेर्न हुने धार्मिक मान्यता छ । ज्योतिषशास्त्रका अनुसार मेष राशिलाई ३ श्रीप्राप्ती, वृष राशिलाई २ क्षति, मिथुन राशिलाई १ घात, कर्कट राशिलाई १२ व्यय, सिंह राशिलाई ११ लाभ, कन्या राशिलाई १० सुखम्, तुला राशिलाई ९ माननास, वृश्चिक राशिलाई ८ कष्टम्, धनु राशिलाई ७ स्त्रीपीडा, मकर राशिलाई ६ सोख्यम्, कुम्भ राशिलाई ५ चिन्ता, मिन राशिलाई ४ व्यथा भन्ने पञ्चाङ्गमा उल्लेख गरिएको छ । यसमा उल्लेख गरिएको अंक सूर्यग्रहणको प्रभावको प्राथमिकीकरण हो । त्यसैले यस सूर्यग्रहणलाई महत्वपूर्णरूपमा हेरिन्छ । सूर्यग्रहणका धेरै वैज्ञानिक कारण, धार्मिक कारण र अन्य खगोलिए प्रमाण तथा आधारहरू रहेका छन् ।
हिन्दु धर्मको परम्पराअनुसार ग्रहणको समयमा भोजन र जलआदि ग्रहण गर्न बर्जित गरिएको छ । ग्रहणकालमा भोजन बनाउनु वा यसको तयारी गर्नु समेत हुँदैन । कुनै पनि शुभकार्यको थालनी गर्नु हुँदैन अन्यथा असफलता प्राप्त हुनेछ । देव पूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बँच्नु पर्दछ । ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ । यस कालमा मदिरा, धुम्रपान वा सुर्ति सेवन गर्नुहुँदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ । ग्रहणको समयमा जुठो भाँडा वा चुल्हो राख्नु हँुदैन । साथै यस कालमा माछामासु काट्ने वा बेच्न अशुभ हुने मान्यता छ । ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनु हँदैन । यस समयमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ । ग्रहण कालमा तिखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित छ । ग्रहणकालमा निदाउनु समेत हँदैन अन्यथा यसले हानी पुयाउने धार्मिक मान्यता छ । ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित गरिएको छ अन्यथा अशुभ हुने विश्वास गरिएको छ । ग्रहणलाई नांगो आँखाले हेर्नु हुंदैन । ग्रहणको छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बँच्नु पर्दछ । ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुँदैन ।
अन्त्यमा,
नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो वर्ष नेपालबाट अरू कुनै पनि ग्रहण देखिने छैनन् । ग्रहण अवधिमा धार्मिकरूपमा बर्जित गरिएका कार्यहरू पालना गर्दा स्वास्थ्य र शारीरिक रूपमा नै लाभ हुनेमा विश्वास गर्न सकिन्छ । चन्द्र, सूर्य र पृथ्वी एउटै रेखामा हुने हुँदा ग्रहणको समयमा समुन्द्रमा छाल आउन सक्ने, भूकम्प जान सक्ने संभावना पनि हुन सक्छ । यो खण्डग्रास सूर्य ग्रहण नेपालबाट मात्र नभइ विश्वका अन्य देशहरूबाट पनि देख्न सकिन्छ । यस ग्रहणलाई भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भूटान, चीन, म्यान्मार, अफगानिस्तान, अफ्रिका, अष्ट्रेलिया, अमेरिकाका केही भू–भाग, अन्टार्टिका साउदी अरब, कङ्गो, इथोपियालगायत युरोप, एशिया महाद्विपका विभिन्न देशहरूबाट समेत देख्न सकिन्छ ।
(लेखकः नेपाल सरकारका उपसचिव एवम् सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)