परासी । पश्चिम नवलपरासीको दुई वटा स्थानीय तहमा कोभिड विशेष कृषि कार्यक्रम संचालन हुने भएको छ । नवलपरासीको सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिकामा कोभिड विशेष कृषि कार्यक्रम संचालन हुने भएको हो । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सरावल र पाल्हीनन्दन गाउँपालिकामा कोभिड विशेष कृषि कार्यक्रम लागुभएको गाउँपालिकाले जनाएको छ ।
विदेशबाट फर्केका र व्यवसाय उन्मुख कृषकहरूलाई कृषि विकास प्रोत्साहन कार्यक्रम उक्त गाउँपालिकामा संचालन हुने सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिए । उनले बिदेशबाट फर्केका र कोभिड भाईरसबाट प्रभाबित भएका किसानहरूलाई लक्षित गरी यो कार्यक्रम लागु हुने बताए ।
प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २२ लाखका दरले दुई वटा गाउँपालिकलाई कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्न कोभिड भाइरसबाट प्रभावित कृषकहरूलाई अनुदान दिएको पाल्हीनन्दन गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत राजनकुमार श्रीवास्तावले बताए ।
व्यवसायिक खेती गर्न चाहने, विदेशबाट फर्केका युवा र आप्mनै वा अरूको जग्गा लिजमा लिएर खेती गर्न चाहने अन्य कुनै कार्यक्रमको मौका नपाएका तथा अति गरिब विपन्न वर्गहरूलाई पहिलो प्राथमिकता दिइएको श्रीवास्तावले जानकारी दिए ।
मौरीपालकको हक कम्तिमा ३ वटा घार, च्याउखेतीको हकमा ५० गोला, कुखुरा पालकको हकमा ५० चल्ला, बंगुरपालकको हकमा कम्तिमा ५ वटा पाठापाठी हुने पर्ने प्रावधान रहेको सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
कोभिड विशेष कृषि कार्य अनुरूप बिलको रकम अधिकतम ७५ प्रतिशतले आउने रकम र कृषक समूहरूलाई २० हजारको दरले एक सय जना कृषकहरूलाई अनुदान दिन लागिएको हो ।