शंकर भण्डारी

तिम्रो त्यो घरको गल्लीमा कोही लडिरहेको छ,
आएर हेर चिन्छौ कि, आएर हेर चिन्छौ कि…’
म उसको घरअगाडिको फलफूल पसलमा बरोबर गइरहन्थे । त्यो पसल एकजना साथीको । ऊ, हामी दुवैको साझा मित्र हुनेगथ्र्यो । मलाई त्यो पसलमा देख्नासाथ ऊ छतबाट ओर्लेर आईपुग्थी । म उसलाई यशकुमारको त्यहिं गीतबाट छेड हान्थे, ऊ पनि कम थिईन । जवाफ दिन्थी यशकुमारकै गीत सुनाएर
‘भनेकै थिए, बाटोमा घर छ, कुनै दिन पस है…’
यो हामी भर्खर कलेज शुरु गर्दा ताकाको प्रसँग हो । हामी फरक–फरक कलेजमा पढ्थ्यौं । मलाई हतार हुने गथ्यौं कलेज सकिन । साथ उसको घरसम्मको बाटो नाप्न ।
भर्खर किशोरवयमा हिंडिरहेका हामी थाहा थिएन गीतको दर्शन वा विचार पक्ष । हामीलाई चासो हुने कुरै भएन गीतमा हुने कुनै विचारधारा वा सामाजिक मनोविज्ञान । एफएम, रेडियो र टेलिभिजनमा बज्ने गीतहरूमध्ये आफूलाई गुन्गुनाउन सजिलो हुने कुनै पनि गीत हाम्रो रोजाईमा पर्थे । विशेष गरी बलिउड फिल्मले सिकाउँथ्यो हामीलाई प्रेम गर्ने कुरा । हामीलाइ लाग्थ्यो हामी हिरो हौं कुनै चलचित्रको र आफूलाई राम्रो लागेको अझ भनौ आफूले प्रेम गर्न खोजेको मान्छे हिरोइन् हुन् । त्यो किशोरावस्थामा हामी फिल्मी सेट नै कल्पना गथ्र्यौ मनमनै ।
हाम्रो कल्पनाको फिल्मी दुनियाँमा सबै हुन्थे । हाम्रो वरिपरि खडा गथ्र्यौ हिरो, हिरोइन, भिलेन, जोकर आदि–आदि । जस्तो कि उसको बाबु मेरो लागि अमरिश पुरी थियो, मनमनै ।
त्यो उमेर थियो, हामी गती सुन्थ्यौ । केवल आनन्दका लागि । मनोरञ्जनको लागि । हामीलाई नारायणगोपालको ‘केही मिठो बात गर’ जति मन पथ्र्यो त्यति नै मन पथ्र्यौ जीवन शर्माको ‘सिमली छायाँमा बसी…’ । झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि…’ पनि सुन्थ्यौ अनि सुन्थ्यौं जगजीत सिंहका गजलहरू पनि । हामीलाई गीत सुन्नु केवल आनन्दाभुतिसँग जोडिएको विषय थियो । गीत गुन्गुनाउनुसँग सरोकार थियो ।
कक्षा आठ वा नौ मा पढ्दा हुनुपर्छ मैले मंगोलियन हर्ट राजु लामा र नविन कुमार भट्टराई जस्ता पप गायकहरूलाई चिन्न थालेको । पछि यसमा थपिन आईपुग्यो एउटा अर्को ठिटो— सुगम पोखरेल । सम्झँदा हाँसो लाग्छ अहिले । यिनैका गीतहरू गाएर हामी कोशिस गथ्र्यौ आफ्नो कक्षाकी सबैभन्दा ‘राम्री’ केटीलाई आकर्षित गर्न । त्यो बेला नै उस्तो । त्यो समय नै त्यस्तो । खासमा त्यतिबला आइरन गरेको सफा सेतो सर्ट र निलो मिड्डीमा सर्लक्क कपाल कोरेर स्कुल आउने हाम्रै केटी साथीहरू हाम्रा आँखामा विश्व सुन्दरी भन्दा कम थिएनन् । अझ यस्ता सुन्दरीहरूले कक्षामा गीत गाउन आग्रह गर्दा हामी आफूलाई सुपरस्टार नै ठान्थ्यौ । शायद यहीं नै किशोरावस्थाको एक सुन्दर चरित्र हुनुपर्छ । नक्कल अनि भ्रम ।
एकचोटी एकजना साथी र मेरो बीचमा अघोषित प्रतिस्पर्धा जस्तो भएको थियो । हामी दुवैजनाको गन्तव्य एउटै थियो— कक्षाकी ‘सबैभन्दा राम्री’ केटीलाई आफ्नो बनाउने । अर्थात् उसँग ‘लभ’ पार्ने । उसो त बलिउडका रोमान्टिक मुभी हेरेर हामीले लभ के हो बझिसकेका थियौ ! प्रतिस्पर्धामा हामी दुवैको हतियार पनि समान थियो— गीत गाउनु । ऊ त्यो केटीले सुन्ने गरि राजु लामाको ‘तिमीलाई देखेर हिमाल हाँसेको…’ गाउँथ्यो भने मैले रोजेको थिए— नविन कुमार भट्टराईको ‘मेरो साथ बिताएका याद सबै मेटियो होलानी…।’ त्यतिमात्र होइन म उसलाई आफूतिर आकर्षित गर्न कति धेरै हिन्दी गीतहरू गाउँथे उस्तै लयमा, नेपालीमा उल्था गरेर । तर, रमाइलो प्रसँग, हामी दुवैजना साथीलाई जित्यो कक्षाको अर्को साथीले । उसको हतियार हामी दुवैको भन्दा फरक प¥यो । त्यो थियो काठमाडौंबाट उसको दाजुले पठाइदिएको ‘साइन्टिफिक क्याल्कुलेटर’ । त्यहीं गिफ्ट गरेर उसले हामीलाई जितिदियो । त्यतिबेला केही सीमित साथीहरूसँग मात्र थियो त्यस्तो क्याल्कुलेटर । अरुसँग सामान्य खालको मात्र थियो । त्यतिबेला मसँग औंला भाँचेर हिसाब गर्नुको विकल्प थिएन । धेरै पछि १२ कक्षा पढ्ने बेलामा मात्र मैले त्यस्तो क्याल्कुलेटर प्रयोग गर्न सके । हाम्रो मानसिक हतियार भौतिक हतियारको अगाडि असफल भयो ।
कक्षा १० मा पुग्दा नपुग्दै मलाई दुईजना नेपाली गायकहरूले निके प्रभावित पारें । ती गायकहरू थिए कर्णदास र यशकुमार । मलाई कर्णदासको ‘जिन्दगीको के भरोसा, यो त दुई दिनको खेलौना हो…’ बोलको गीत असाध्यै मन पथ्र्यो । लाग्थ्यो सिँगा जिन्दगीको अर्थ त्यसैमा समेटिएको छ । मेरो भावना त्यहिं कैद छ । त्यस्तै यशकुमारको पहिलो गीति एल्बम ‘रिजन’को सम्पूर्ण गीतहरू कण्ठ थिए । ती मध्ये पनि ‘जानी–जानी आईन तिम्रो खुसीको क्षणमा मेरी मायालु…’ गीत द बेष्ट थियो । मैले गुमाएको त्यो केटी साथीको लागि मैले नै गाएको जस्तो लाग्थ्यो त्यो गीत र लाग्थ्यो मैल्े जति मिठो शायद यशकुमारले पनि गाउन सक्दैनन् होला ।
गीत गाएर ‘सबैभन्दा राम्री’ केटीसँग लभ पार्ने फर्मुला असफल भए पनि समयले मलाई अर्को मौका दियो । म अतिरिक्त क्रियाकलापमा निकै रुचि राख्थे । कक्षाकोठाभित्र ‘ज्ञानी’ भएर पढ्ने अरु विद्यार्थीहरू भन्दा अलिक फरक थिएँ म । जिल्लामा हुने विभिन्न प्रतियोगिताहरू हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, निबन्ध लेखन, कविता वाचन, गायन प्रतियोगितामा मैले सहभागीता जनाउँथे । त्यो उमेर थियो, म आफूलाई बढिभन्दा बढि ‘एक्स्पोज’ गर्न चाहन्थें । अर्कोतर्फ म शायद आफूलाई विद्यालयको प्राङ्गणभन्दा बाहिर बढि स्वतन्त्र र खुशी महसुस गर्थे । त्यो बेला म विद्यालयको जुनियर रेडक््रmस सर्कलको अध्यक्ष चुनिएको थिए । एकदिन केहि विद्यार्थी साथीहरूको नेतृत्व गर्दै म जिल्ला रेडक््रmस सोसाइटीले आयोजना गरेको हस्तकला एवम् नेतृत्व विकास सम्बन्धी कार्यक््रmममा भाग लिन नजिकैको अर्को विद्यालयमा पुगेको थिएँ । विद्यालय स्तरमा काम गर्ने रेडक््रmस, स्काउट लगायतका संस्थाहरूको मुख्य उद्देश्य के हुन्थ्यो म बुझ्दिनथें तर यस्ता प्लेटफर्महरूले मेरो प्रतिभा उजागर गर्न केही न केही योगदान पु¥याइरहेको हुन्थ्यो । यस्ता प्लेटर्फमहरूमार्फत् विद्यार्थीहरूले व्यावहारिक ज्ञान र जीवनोपयोगी सीपहरू सिक्न सक्छन् । स्वाभाविक रुपले म तुलना गर्न सक्छु, हिजो विद्यार्थी समयका गतिविधीहरूमा सक््िरmय भएकाहरू नै आज यो वा त्यो क्षेत्रमा नेतृत्व गरिरहेका छन् । कक्षाकोठाको साँघुरो घेरा भन्दा अलि पर हेर्ने चेष्टा गर्ने विद्यार्थीहरूले नै पछि समाजलाई नेतृत्व दिईरहेका छन् ।
रेडक््रmसको त्यहिं कार्यक्रमले जुराईदिएको थियो त्यो मौका । खाजा खानेबेला परिचय भएको थियो उसँग अलि नजिकबाट मेरो । परिचय हुने क््रmममा उसले जान्न चाहेकी थिई मेरो रुचिबारे । त्यो बेला एकअर्काका रुचिबारे कुरा हुनु परिचयको अभिन्न अंगजस्तो हुनेगथ्र्यौ । विद्यालय र कलेज जीवनको अन्त्यतिर अटो भर्ने चलन व्यापक थियो । एउटा डायरी किनेर सबै साथीहरूलाई फोटो सहित उक्त डायरीमा मनका भावना र अनेक प्रश्नावली भर्न लगाउनु त्यतिबेलाको प्रचलन थियो । अहिले जसरी स्कुल वा कलेज छाड्दा एकअर्काको सर्टमा ‘सिग्नेचर’ गर्छन् विद्यार्थीहरू । त्यतिबेला शायद यो सम्भव नै थिएन होला । सरकारी विद्यालयमा औलामा गन्न सकिने विद्यार्थीमात्र युनिफर्म लगाएको हुन्थे । मैले सेन्ट अपको परीक्षा पछि सिलाएको थियो स्कुल ड्रेस र लगाएको थिएँ बिदाई कार्यक्रममा ।
अँ त, मैले उसलाई आफ्ना रुचिको लामो फहरिस्त सुनाएको थिएँ । कुनै एउटा काम लाग्ला भनेर होला शायद । तर उसलाई मैले गीत गाउँछु भन्ने कुराले बढि तानेछ क्यार । उसले भनिहाली, ‘मलाई पनि गीत गाउन मन पर्छ नी’ । आफ्नो सेन्स अफ ह्युमर प्रयोग गरिहालें ‘अनि गीत गाउने मान्छे नी ?’
उ पनि हाँसेरै जवाफ फर्काई ‘अँ यशकुमार मन पर्छ ।’
तीनदिनसम्म चलेको कार्यक्रमको समापनमा मैले एकथान भाषण र एउटा गीत सुनाएको थिएँ । यश कुमारकै ‘जानी जानी आइन तिम्रो खुशीको क्षणमा मेरी मायालु…।’
सबैले कर गरेपछि उसले पनि यशकुमारकै अर्को गीत गाएकी थिई—
‘तिम्रो मन बदलिएछ… तिम्रो मन बदलिएछ
मलाई हेर्ने तिम्रो नजर बदलिएछ…’
उसको स्वर ठीकठीकै थियो तर मैले भन्दिएँ— ‘तिम्रो स्वरमा जादु छ’ । अनि ऊ लजाई । उसको अर्ध लाज र अर्ध मुस्कानले मेरो किशोर मनलाई घायल पारिदियो ।
विस्मृतिको गर्तमा किशोरावस्थाका अनेक अनुभुतिहरू पुरिइसकेका छन् । तर बेला–बेलामाम यशकुमारकै गीतमा दोहारी खेल्ने उसलाई जन्मदिनमा दिएको त्यो ‘बर्थ डे गिफ्ट’ आजै हो जस्तो लाग्छ । त्यतिबेला रिलवाला क्यासेटको प्रचलन थियो । अनि मैले एउटा खाली चक्का किनेर वाकमेनमा आफ्नो बदलिंदै गरेको किशोर आवाजमा यशकुमारका गीतहरू रेकर्ड गरेर गिफ्ट गरेको थिएँ । सम्झिँदा पनि त्यो किशोर हिम्मत अनौठो लाग्छ । कति मुस्किलले हिम्मत जुटाएर पुगेको थिएँ उसको घर । अनि कसरी सबैको आँखा छलेर दिएको थिएँ त्यो क्यासेट । ती सबै हर्कतहरू साँच्चै प्रेम थियो त म भन्दिनँ तर किशोरावस्थाको त्यो अल्लारेपनमा केही न केही अनुभुति त पक्कै थियो होलानी !
जब जब गीतको प्रसँग आउँछ म नोस्टाल्जिक हुन्छु । त्यसो त मलाई याद छैन कहिलेदेखि शुरु भयो गीत श्रवणको थालनी । न त म फलानो गीत नै मैले सुनेको पहिलो गीत थियो भनेर । मलाई यो पनि थाहा छैन मैले गुन्गुनाएको पहिलो गीत कुन थियो । शायद यी र यस्ता प्रश्नहरू सबैका निम्ति जटिल हुन्छन् । म अनुमान मात्र गर्न सक्छु । हरेक मान्छेको जीवनमा पहिलो सँगीत आमाले सुनाउने ‘लौरी’ नै हुनुपर्छ । उसको निम्ति पहिलो गायक आफ्नै आमा हुन्छिन् । कहिलेकाहीं ती बच्चाहरू बारे सोचेर नराम्रो लाग्छ । उनीहरू साँच्चै ‘अभागी’ हुन जसले जन्मदै आफ्नी आमा गुमाएका हुन्छन् । आमासँगै राती सुत्ने बेला बिस्तारामा आमाले सुनाउने परिकथा र लोरी गुमाउँछन् ।
गीतका शब्दहरू सम्झने उमेरसम्म आइपुग्दा म सम्झन्छु मेरी आमाले सँधैजसो गुन्गुनाउने गीत ‘चन्दा है तुँ सुरज है तु, आ मेरे आँखोको तारा है तुँ’ । धेरै पछिसम्म म सोच्थें यो गीत मेरी आमाले नै गाउनुभएको हो । तर त्यस्तो होइन रहेछ । यो गीत त चर्चित हिन्दी फिल्म ‘आराधना’को गीत पो रहेछ । यो गीतलाई लता मंगेश्करले पो गाएकी रहिछन् ।
भारतमा जन्मे हुर्केको कारणले पनि हुनुपर्छ सत्तरी र असीका दशकमा आएका हिन्दी फिल्महरूका गीतबाट म अल्लि बढि प्रभावित छु । शायद हरेक मान्छेको आफ्नो बेग्लै समय हुन्छ । जिन्दगीको आफ्नै जर्नी हुन्छ । बलिउडका गीतहरू सुनेर हुर्किरहेको थिएँ । ठ्याक्कै त भन्न सक्दिनँ तर मलाई सम्झना भएसम्म शायद ‘हाम्रा तेन्जिङ शेर्पाले चढे हिमाल चुचुरो’ भन्ने गीत नै मैले पहिलोपटक सुनेको र गुन्नगुनाएको नेपाली गीत हुनुपर्छ । त्यसताका ‘अल इण्डिया’ रेडियोको कुनै नेपाली कार्यक््रmममा यो बारम्बार बज्ने गथ्र्यो । हामी खुब चाख मानी मानी गाउने गथ्र्यौ । आफ्ना हिन्दी भाषी तथा बंगाली र आसामी सहपाठीहरू बीचमा नेपाली गीत हो भन्दै उफ्रि–उफ्रि गाउने गथ्र्याै ।
भारतबाट पहिलोपटक रेलमार्ग हुँदै नेपाल आउँदै गर्दा मैले सुनेको गीत— धनवालोको धन देता है, निर्धनको भगवान् कित्ना बदल गया इन्सान’ अझैसम्म पनि मष्तिष्कको भित्तामा टाँसिएको छ । यो गीत शायद रेलमा बन्जारनहरूले गाएका थिए । म नेपाल आउँदा यहाँ बहुदलले बामे सर्दै थियो । ठ्याक्कै त भन्न सक्दिनँ यस्तै चार वा पाँचमा पढ्दै गर्दा हुनुपर्छ भैले ‘बलिदान’ भन्ने नेपाली फिल्म हेरेको । त्यसपछि ओठमा झुण्डिएको थियो— गाउँ गाउँबाट उठ…। जुन पछि दोस्रो जनआन्दोलनमा चोक चोकमा गाइयो । धेरै पछि मात्र सम्झेको हुँ बलिदानकै अर्को गीत ‘गरीबको चमेली बोल्दिने कोही छैन…’ ।
मैले नेपाली गीत सजिलोसँग गाउन थालेको अलिक पछि मात्रै हो । मलाई अझै पनि नेपाली लोकगीतहरू मेरो समझदारीभन्दा परको हो जस्तो लाग्छ । न म राम्ररी बुझ्छु न त गुन्गुनाउन सक्छु । शायद मान्छेका फरक फरक स्वाद हुन्छन् नि ।
नेपाली गायक रामृकष्ण ढकाललाई सुन्नु अगाडिसम्म म उदितनारायण, कुमार सानु र सोनु निगम सुन्ने गर्थे । उनीहरू कै गीतमा मग्न थिएँ । मलाई नब्बेको दशकमा यी गायकहरूले गाएका लगभग हरेक गीतहरू अहिले पनि कण्ठ छ । पछि रामकृष्ण ढकालको बहुचर्चित गीत ‘ओरालो लागेको हरिणको चाल भो…’बोलको गीतसँगै उनका लगभग जसो गीतहरूको शब्द र लय मुखाग्र भए । खासमा रामकृष्ण ढकाललाई गुन्गुनाउन थालेपछि मात्रै मैले चिनेको हुँ— नारायणगोपाल, नातिकाजी, भक्तिराज जस्ता मुर्धन्य प्रतिभाहरूलाई । त्यसयता आजसम्म पनि मलाई यिनीहरू कै गीत औधी मनपर्छ । केही पप र लोकलयका गीतहरू सुनियो । केही गुन्गुनाइयो पनि । तर गीत भन्ने बित्तिकै मलाई सुगम सँगीत वा आधुनिक भनिने गीतहरूले नै बढि आकर्षित गर्छन् । पछिल्लो समय हिन्दी र नेपाली क्लासिलक भनिएका गीतहरू पनि सुनियो । गजलहरूमा विशेष गरेर जगजीत सिंह, पंकज उदार र गुलाम अलीहरूका आवाज धेरै सुन्छु । समयक््रmममा विभिन्न देशी विदेशी लोक भाकाहरू पनि सुन्न थालियो । कति बुझियो होला त्यो अर्कै कुरा हो । अंग्रेजी साहित्यको विद्यार्थी भइटोपलेको पनि जबरजस्ती केहि अंग्रेजी गीतहरू पनि सुन्न थालियो । तर बब मार्ली लगायतका एकाध गायकहरूका गीत बाहेक मलाई अरु कसैका गीतले त्यति सारो दिवाना बनाउन सकेन । बरु अफ्रिकन अमेरिकन इतिहास पढ्दै गर्दा खोजी खोजी सुनिएका ब्लुज र ज्याजहरूले निकै प्रभाव पारें ।
मेरो जीवनका यस्ता धेरै तिता मिठा यादहरू छन् । जहाँ कहिं न कहिं गीत सँगीत जोडिएको छ । कहिलेहकाहीं सोच्छु कस्तो हुन्थ्यो होला यो संसार गीत सँगीत बिना । एक्लै भएपनि हमेशा गुन्गुनाएरै बाँचिरहेको म जस्तो मनुवाको निम्ति यो कल्पना मात्र पनि कम पीडादायी छैन । कुन गीत सुन्ने, कस्तो गीत सुन्ने आदि इत्यादि प्रश्न आफैमा मान्छेले बोध गर्ने तहले निर्यारित गर्छ होला तर गीत सुन्ने कुरा, यसमा रमाउने कुरा अनुभूतिको एउटा सुन्दर पक्ष हो जस्तो लाग्छ । कोहि मान्छे जीवनमा कहिल्यै गीत नसुनी पनि बस्न सक्ला ? यो प्रश्न मेरो कल्पना भन्दा धेरै टाढाको विषय हो । हामी साना हुँदाखेरी नै सुनेको कुरा हो । ओसामा बिन लादनेले कहिल्यै गीत सुनेन रे । सत्य के हो मलाई थाहा छैन । र यसबारे खोज अनुसन्धान गर्ने मेरो रुचि पनि छैन । तर उसलाई क््रmुर र एकदम कठोर चित्रित गर्न यसो भनिएको हुनुपर्छ भन्ने मेरो अनुमान छ । म ठान्दछु गीतले मान्छेलाई कोमल र संवेदनशील बनाउँदछ ।
विभिन्न उतारचढावहरूसँगै हुर्कदै गर्दा समयले थरि–थरिका घटना, परिवेश र मान्छेहरूसँग ठक्कर दियो । केहीसमय यस्ता मान्छेहरूको बीचमा पनि काटियो जसले नारायणगोपाल सुन्दा बुर्जुवा र हिन्दी गीतहरू गुन्गुनाउाँ विस्तारवादी वा निम्न पूँजीवादी यस्तै केही भन्ने गर्थे । त मलाई यी गीतहरूले सँधै सँधै जीवन दिइरहे । मलाई मान्छे हुनुको संवेदनशीलता बुझाई रहे । मलाई भावनाको सुक्ष्मरुप देखाइरहें । मलाई यी र यस्तै गीतहरूले सँधै बाँच्ने उत्प्रेरणा जगाइरहें । मलाई गीत सँगीतको कुनै एउटा मात्र भाषा हुन्छ भन्ने कहिल्यै विश्वास भएन । न त क््रmान्तिकारी देखिने बहानामा मैले यी गीतहरू गाउन बन्द गरें श्र
कुनै बेला पारिजातले स्वयम आलोचना गरेकी थिइन् नारायणगोपाललाई तर मेरो निम्ति नारायणगोपाल र पारिजान दुवै अर्थपूर्ण छन् । किनभने जसरी हाम्रो जीवन श्यामश्वेत हुँदैन त्यसरी नै गीत सँगीतमा पनि हजारौं रंगहरू हुन्छन् । मान्छेलाई आफ्नो समय, परिस्थिति र घटनाक््रmमले विशेष गीतहरू सुन्न र गुन्गुनाउन अभिप्रेरित गर्छ । म ईश्वर, देवता वा अरु यस्तै परालौकिक शक्तिमा विश्वास गर्दिन । त मन्दिरमा गाइने भजन, चर्चमा बजाइने सँगीत वा गुरहारेमा गाइने कबाली मलाई मनपर्छ । म सुन्छु यिनीहरूलाई । मलाई आन्दोलनको समयमा लगाइने नाराहरू कुनै गीतभन्दा कम शक्तिशाली लाग्दैनन् । मेरो निम्नि दोस्रो जनआन्दोलनमा राजतन्त्र विरुद्ध लागेको नारा ‘श्रीपेच हामी जलाउँछौ, देश हामी चलाउँछौ’को काव्यिक शक्ति निकै बलशाली लाग्दछ । तर म चौबिसै घण्टा ‘गाउँ गाउँबाट उठ…’ गुन्गुनाउन सक्दिनँ । दिनभरि आन्दोलनमा तातेर राती जगजीतको गजल सुन्ने गर्थे । त्यस्तै चौबिस क्यारेटको देशभक्ति प्रदर्शन गर्न सुत्नेबेलामा पनि ‘जाग चम्क लम्क हे..’गाएर सुत्न सक्दिनँ ।