अर्जुन ज्ञवाली
कोरोनाको महामारी (कोभिड–१९) । यो महामारी बडो डरलाग्दो रहेछ । यसका कारण विश्व आक्रान्त छ । त्यही विश्वभित्र नेपाल आक्रान्त छ । नेपाली आक्रान्त छौं । चारैतिर भय र त्रास मात्र छ । यसबाट विश्वमा ५५ लाखभन्दा जना मानिस प्रभावित छन् । साढे तीन लाख संसारबाट विदा भइसकेका छन् । कतिले मृत्युसित संघर्ष गरिरहेका छन् । मृत्युसितको संघर्षमा २० लाख जनाले विजय प्राप्त गरेका छन् । नेपालमा १ सय ५५ जनाले जिते । ४ जनाले हारे ।
मृत्युलाई काल भनिन्छ । कसैलाई गाली गर्न प¥यो भने तँलाई कालले खाने भनिन्थ्यो । त्यो काल एउटा दुईटा खाने काल हो । यो त महाकाल रहेछ । यसले एउटा दुईटा गरेर कसैलाई लैजान्न । पुरै मासलाई जो उठाएर लैजाने रहेछ । नदेखिने, नबोल्ने, निर्दयी ज्यानमारा । उज्यालो नेटर्वकले यसलाई काँचो वायु भनेको छ । साँच्चिकै त्यस्तै रहेछ यो हराम । अझ यसलाई काँचो वायु जस्तै झाँक्रीभन्दा पनि हुन्छ होला ।
यसको ओखती न थियो, न छ, न हुनेवाला छ । बन्दै त भन्छन् । कहिले हो कहिले, पत्याउनै नसकिने ।
यो सर्ने रोग रहेछ । अहिलेसम्म सारेरै फैलिरहेको छ । चीनको वुहानबाट सुरु भएको हो । कहाँ उत्पत्ति भएको हो अझै थाहा हुन सकेको छैन । सरिनै रहेको छ कि ठाउँठाउँमा उत्पत्ति पनि हुँदै गएको छ, केही थाहा हुन सकेको छैन । नेपालमा अहिलेसम्म सरेकै पाइएको छ । नेपाल भारतबीच खुल्ला सीमाना छ । खास गरिकन यसै खुला सीमानाबाट लुकिछिपी आउनेहरूबाटै नेपालमा यसको प्रकोप बढेको छ ।
नेपालीहरू कामको सिलसिलामा भारतमा छन् । भारतीयहरू पनि काम र व्यवसायको सिलसिलामा नेपालमा छन् । यो महामारी सुरु भएपछि जतापाच्छे हिंड्दा सर्ने भय भएपछि दुवै देशबीच जो जहाँ छन् त्यही बस्ने र समस्या आएमा क्वारेन्टाइनमा राखी नियन्त्रण गर्ने समझदारी भयो । तर, भारतले यसलाई व्यवहारमा टेरेन, उल्टै त्यहाँका सुरक्षाकर्मीले नेपालीहरूलाई सीमानाको दशगजामा ल्याएर छोडदिने गरेर समस्यामाथि समस्या थपिदिने काम गरे । यो काम तिनीहरू नेपालीहरूलाई हेप्ने र दुःख दिने अर्थमा गरिरहेका छन् ।
यही खुला सीमाना हो, जसका कारण तस्करी बढेको छ । अपराध बढेको छ । तस्करी र अपराध दुवैको आयत निर्यात भएको छ । यसबाट दुवै देशलार्ई फाइदा छैन, सानो देश नेपाललाई धेरै बेफाइदा छ । यसै त समस्या बनेको खुला सीमाना अहिले यो महामारीको बेला नेपाललाई जीवनमरणकै सवाल भएको छ । अब यही बेला हो, धैर्य नगरिकन तारको बार लगाइहाल्नुपर्छ । यहीं खुला सीमानाका कारणले भारतले सीमा मिचेको मिच्यैछ, अब तारको बार लगाएर नेपालले आफ्नो साँधी जोगाउनु पर्छ । सरकारले आह्वान मात्र गर्नुपर्छ, यसमा सरकारले भन्दा बढी पैसा जनताको हुन्छ ।
यो महामारी न आउनुपथ्र्याे, आयो । यसबाट जोगिनु प¥यो र बाँच्नु प¥यो । यसको एक मात्र उपाय रहेछ– संयम । संयम एक नम्बरमा एकान्तबास । एकान्तबास भनेको जंगलमा ऋषिमुनिको बास जस्तो बास हुनु पर्दैन, घरमै परिवारभित्रै पनि २, ३ मिटरको दुरी कायम गरी बसे पुग्छ । यति दुरी मित्र रहेर दैनिक काम कारबाही चलाउन सकिन्छ । यसभित्र श्रम र बुद्धि दुवैको काम हुन सक्छ । संक्रमण फैलिएको ठाउँबाट आएकासित छुतछातको शंका भएमा आफ्नै घरको क्वारेन्टाइन तथा एकान्तबास बस्ने, जरोसरो रूघाखोकीले असजिलो भएमा सरकारले, समुुदायले बनाएको क्वारेन्टाइन अथवा एकान्तबासमा निर्धारित समय भित्र बस्ने गरेमा यसको धेरै नियन्त्रण हुने पाइयो । ल्याब टेष्टमा फरक आएमा सरकारले आइसोलेसन अस्पताल बनाएको छ, त्यसमा बसेर उपचार गरी निको हुनुप¥यो । आत्मबल पनि खास दबाई हो, आत्मबल भयो भने मरिहाल्नु पर्र्दैन ।
आम रूपमा दुई, तीन मिटरको शारीरिक दुरी आवश्यक छ । हाच्छूय गर्दा आउँदा रूघा सर्छ भनेर पर सरिन्थ्यो, त्यस्तै हो यो । मास्क÷मुर्खेटो लगाउनु धूलो धुवाँ जोगिन राम्रो कुरा हो । तर, यसलाई रोक्न सामान्य मुखौटाले नहुने रहेछ । सर्जिकल मास्क चाहिंदो रहेछ । यो सर्वसाधारणलाई सुलभ छैन । मास प्रोडक्सनको व्यवस्था मिलाएर सहज बनाइनु पर्छ । सरकारले नै व्यवस्था मिलाउनु पर्छ । कतिपय क्वारेन्टाइनको बन्दोबस्त राम्रो हुन सकेको छैन । यसलाई निर्धारित मापदण्ड अनुसारकै बनाउनुपर्छ । नत्र यिनै क्वारेन्टाइन संक्रमणका मुख्य स्रोत हुन सक्छन् । पीसीआर टेष्टको लागि कीटको कमी भएको खबर बेलाब खत आइरहेको हुन्छ । यसो हुन भएन । राजनीति र प्रशासनमा उच्च पहुँच राख्नेहरूले डाक्टरको सल्लाह बेगर पनि आफू ढुक्क हुनका लागि पीसीआर टेष्ट गराएका खबर पनि आएका छन् । यसो गर्दा सो टेष्ट नगरी नहुनेको आवश्कता खोसिन जान्छ । यसो हुन भएन । २०७२ साल भूकम्प जाँदा भूकम्प पीडितलाई व्यवस्था गरिएका पाल बोकेर हिंड्ने जनप्रतिनिधिका कलंक पनि हामी कहाँ छैन । तिनीहरू र हरेक ठाउँमा रकमकलम गर्न जान्ने छुद्र कर्मचारी पनि छन् तिनीहरूदेखि सावधान रहूँ । पीसीआर टेष्ट पैसा तिरेर पनि गर्न पाउने सरकारले निर्णय गरेको छ । त्यसो नगरौं । तिर्न नसक्नेलाई हीनताबोध किन गराउने । यसमा सरकारले उदारता देखाउनु पर्छ । जहाँसम्म पैसाको कुरा छ, जनसमुदायको संघसंस्थाले विदेशी सरकारले, दातृ संस्थाले उपचारको लागि सहयोग गरे । दिने दिएकैछन् र दिइरहेका छन् । बाँकी नेपाल सरकारले आफ्नै ढुकुटीबाट मनग्ये खर्च गर्दा हुन्छ । जीवन छ र अरू छ । प्रकोप व्यवस्थापनका लागि छुट्याइएको रकम छँदैछ, त्यसमा जनप्रतिनिधि र कर्मचारीले अनावश्यक विदेश भ्रमणमा गर्ने खर्च, जनप्रतिनिधि र मन्त्रीहरूले आफ्ना सालासालीलाई जागिरमा राख्न खर्च, अनावश्यक सवारी साधन खर्च, गाउँ शहरका डनहरूलाई मुख बुझो लाउन दिने खुद्रे विकास योजनाका खर्च, एउटै बर्खाले बगाएर लैजाने बाटा बनाउने खर्च, फिल्डमा नदेखिने कागजमा मात्र देखिने कृषि अनुदान खर्च, तथाकथित विशेषज्ञहरू पाल्ने खर्च, राजनीति पीडितका नाउँमा पहुँच बहादुरहरूले पाउने आर्थिक सहयोग तथा उपचार खर्च आदि इत्यादि खर्चहरूलाई निर्मतापूर्वक काटेर विपत् व्यवस्थापन कोषमा जम्मा गरेका खण्डमा सरकारलाई खर्च गर्नं पहुँच हुन्छ । तब पनि न रकमान्तर गर्न मिल्ने कतिपय बजेट शीर्षक हुन्छन्, रकमान्तर गरी सरकार खर्च गर्न सक्छ । तसर्थ सरकार ! जनताको पैसा जनताको जीवनको लागि खर्च गर । जनतालाई कोरोनाबाट बचाऊ ।