कृषी बिकासको मुख्य आधार सिंचाई


दिपक न्यौपाने

सैनामैना । जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय रुपन्देहीले १८ वटा सिंचाई योजना कार्यान्वयनको चरणमा ल्याएको छ । २०७३-७४ देखी शुरु भएका योजनाहरु आगामी बर्षको अन्त्यसम्म पुरा हुने गरी कामहरु भैरहेको छ ।

संघिय सरकारबाट हस्तान्तरीत १२ वटा र ६ वटा योजना प्रदेश सरकारबाट सन्चालन भइरहेको छ । रुपन्देहीमा मात्र ८२ हजार ६ सय २२ हेक्टर खेतीयोग्य जमीन रहेकोमा ५८ हजार ५४० हेक्टर सिचाइयोग्य जमिन रहेको छ । जसमध्ये ३७ हजार ६१७ हेक्टर क्षेत्रमा सिचाइ उपलब्ध रहेको छ । १८ योजनाबाट थप ९ हजार हेक्टरमा सिचाइ सुबिधा पुर्याउने लक्ष्य रहेको जलस्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख टंक केसीले जानकारी दिए ।

हाल रुपन्देहीको तिलोत्तमा,देवदह,कन्चन,सैनामैना,ओमसतिया,सियारी,गैडहवा,शुदोधन ,लुम्बिनी सास्कृतीक नगरपालीका र मर्चवार क्षेत्र सिंचित क्षेत्रमा पर्दछन जहा भौतीक पुर्वाधार बिकास मन्त्रालय अन्र्तरगत रहेको जलस्रोत तथा सिचाइ बिकास डिभिजनले आफ्ना योजनालाइ अगाडी बढाइरहेको छ ।

रुपन्देहीका ठुला योजनामध्ये ३६ करोडको रोहीनी सिचाइ योजना र ३७ करोडको ३६ मौजा सामुदायीक सिचाइ योजना सन्चालनमा छन् भने ८ देखी १० करोडका मझौला योजनाहरु पनी सन्चालन गरिरहेका छौ , प्रमुख केसीले दैनीक लुम्बिनीलाइ भने – मसिंरपछी धमाधम काम हुनुपर्नेमा हाल कोरोनाको सन्त्रासका कारण सरकारले गरेको लकडाउनले मन्द गतीमा कामहरु अगाडी बढेको छ । जेष्ठसम्म पिकआवर भएतापनी यसपाली सोचेजसरी काम गर्न भने सकिएको छैन । ”

कृषिको बिकासको पहिलो आधार ः सिचाइ

बिगत ३० बर्षदेखी रुपन्देहीमा सिचाइ बिकास कार्यालय सन्चालनमा रहेको छ । ठुला ठुला योजना रुपन्देहीमा सम्पन्न गरीसकेको कार्यालयले परम्परागत हिसाबले ल्याएको कुलोलाइ इन्जिनियरीङ गरिरहेको छ । जसका कारणले कृषकहरुले सहजै आफ्नो खेतमा सिचिंत गर्न पाएका छन ।

पहिला श्रम गरेर मानबस्रोतमार्फत कुलो नाला बनाएर सिचाइको प्रयोग गरिन्थ्यो उत्पादन पनी कम हुन्थ्यो , प्रमुख केसी भन्छन – अहिले ब्यबस्थीत हिसाबले सिचाइको सुबिधा उपलब्ध गराएका कारण कृषकहरु पनी उत्पादकत्व क्षेत्रमा लागेका छन । कृषीको बिकासको पहिलो आधार सिचाइ नै भएकाले सघिंय र प्रदेशबाट आएका योजनाहरुलाइ फटाफट अगाडी बढाएर रुपन्देहीका सम्पुर्ण कृषकहरुलाइ छिट्टै नै सिचाइको पहुचमा पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौ । ”

रुपन्देही जिल्ला झापा र चितवनपछी अर्को खेतीयोग्य जिल्ला भएकाले प्रदेश सरकारबाट प्राप्त स्रोतहरुलाइ परिचालन गरिएको समेत उनले बताए । योजना सन्चालन गरेर मात्र हुदैन त्यसलाइ समय समयमा मर्मत सम्भार र ब्यबस्थापन गर्नु अर्को चुनौती रहेको छ । जिल्लाका बिभिन्न सिचीत क्षेत्रमा नहरमा बाध बाध्ने,पक्कीनहर बनाएर खेतीयोग्य जमीनसम्म पुर्याउन कम्ता चुनौती भने छैन ।

त्यसैले कृषी क्षेत्रमा रुपन्देहीले पछिल्लो समय फड्को मारीरहेको अबस्थामा सिचाइको अबस्थामा पनी सुधारीएको छ । तर सिचाइको योजनाहरु सम्पन्न भएतापनी बिभिन्न समयमा आइपर्ने बाधा ब्यबधानले गाह«ो बनाएको छ , केसी अगाडी थप्छन – लकडाउनका कारण पनी समस्या भएको छ यदपी रुपन्देहीमा सिचाइ उपलब्ध गराउने स्रोतको अभाब भने छैन । १२ महिना नै सिचाइको उपलब्ध गराउन सम्भब नभएपनी चुरेक्षेत्रबाट आउने पानीलाइ ब्यबस्थीत गर्दै सिचाइको सुबिधा पुर्याइएको छ भने रुपन्देहीको दक्षीणक्षेत्रमा भुमीगत पानीको सदुपयोग गरिएको छ । ”

३० बर्षदेखी सिंचाई क्षेत्रमा टंक

रुपन्देही मोतीपुरका स्थायी बासीन्दा टंक केसी बिगत दुइबर्षदेखी रुपन्देहीमा कार्यालय प्रमुख भएर आफ्नो रफ्तारलाइ बढाइरहेका छन । सिचाइ क्षेत्रमा पुर्वदेखी पश्चिमसम्म बिभिन्न जिल्ला हाकेका उनी आफ्नो गृहजिल्लामा बर्षौदेखीको अनुभबलाइ बडो गजबले पोखीरहेका छन । सेवा प्रवेशको ३ दशकपुगीसक्यो , उनले भने –साना साना योजना सफल पार्नेदेखी सिचाइको मर्मत सम्भार ब्यबस्थापनमा खटिरहेको छु । पछिल्लो समय नेपालमा कृषी क्षेत्रमा आर्कषण बढेकाले सिचाइको महत्व बढेको छ । आगामी दिनमा सरकारले पनी सिचाइ क्षेत्रमा पर्याप्त बजेट बिनियोजन गर्ने आशा राखेको छु ।