नरेश के सी

भैरहवा । संघिय मामिला तथा सामन्य प्रशासन मन्त्री हृदेश त्रिपाठिले सिमावर्ति क्षेत्रका स्थानिय सरकार प्रमुखलाई सीमापारिका सरकारसंग समन्वय गर्न निर्देशन दीएका छन् । बिहिबार देशैभरका नेपाल भारत सिमावर्ति स्थानिय सरकारका प्रमुखसंग भिडियाे सम्बाद गर्ने क्रममा मन्त्री त्रिपाठिले सिद्धार्थनगर भैरहवाका प्रमुखसंग छलफल गर्ने क्रममा यस्ताे निर्देशन दिएका हुन् ।

मन्त्री त्रपाठिले सिद्धार्थनगर प्रमुखसंग छलफलका क्रममा भने, ” भारतियहरुलाई भैरहवा क्वारेन्टाइनमा छन् । तिनलाई तपाईहरुले व्यवसथापन गर्नुस् । सिमापारिका जनप्रतिनिधिसंग छलफल गर्नुहाेस् ।” उक्त छलफलमा सिनपा प्रमुख अधिकारिले सिद्धार्थनगर भैरहवाकाे वर्तमान बस्तुस्थितिकाे बारेमा जानकारि गराएका थिए ।

नगरप्रमुख अधिकारिले मन्त्री त्रिपाठिसंग भने, ” भैरहवाका अारडिटि मेसिन कृषि मन्त्रालयले पठाएकाे छ तर अावश्यक उपकरण नहुदा प्रयाेग हुन सकेकाे छैन । दुईवटा क्वारेन्टाइन छन् । एउटा निमा प्रतिमान निमामा भारतिय १५५ जना र शैक्षिक तालिम केन्द्रकाे क्वारेन्टाईमा २४ जना राखिएकाे छ । ” भैरहवा स्थित प्रदेश जनस्वास्थय प्रयाेगशालामा पिसिअार मेसिन सन्चालनमा छ । केही दिन अगाडि संघिय सरकारकाे कृषि मन्त्रालयले भैरहवा स्थित प्रदेश जनस्वासथय प्रयाेगशालालाई अारटिडि मेसिन प्रदान गरेकाे छ ।

नगर प्रमुख अधिकारिले भारतिय सीमावर्ति क्वारेन्टाइनमा रहेका ३०५ जनालाई नेपाल ल्याई अा अाफ्नाे पलिकामा राख्ने व्यवस्था गर्न तथा भैरहवामा रहेका भारतिय नागरिकलाई भारत जाने व्वस्था गर्न संघीय सरकारसंग माग गरेका थिए । उनले खुला सिमाना भएकाेले सीमा क्षेत्रमा सुरक्षा निगरानि बढाउन एवं अन्तरदेशिय रुपमा एकीकृत सुरक्षा बढाउन संघिय सरकारले पहल गर्नुपर्ने अाग्रह गरे । यसैगरि नगर प्रमुख अधिकारिले मास्क, सेनिटाईजर, ग्लाेब्स अभाब हुँदै गएकाे बताउदै सरकारले त्यस तर्फ ध्यान दिन अाग्रह गरे । सिद्धार्थनगर पालिकाले नगरभित्र १७४२ जना मजदुरलाई राहत बितरण गरिसकेकाे छ । अहिले वडा वडामा फारम पठाएकाे नगर उपप्रमुख उमा काफ्लेले बताईन् ।