लुम्बिनी संवाददाता

भैरहवा । विश्व नाेभेल काेराेना भाईरस ( काेभिड १९ ) काे महामारिकाे चपेटामा परिरहेकाे बेला सरकारकाे बिराेध गर्नु गलत भएकाे नेपाली रेडियाेहरुकाे साझा संस्था सामुदायिक रेडियाे प्रसारक संघ (अकराव) का पुर्व अध्यक्ष माेहन चपागाईले बताएका छन् ।

उनले भने , “उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षाकालागि पीपीई लगायत सामाग्रीहरू ल्याएन भनेर सरकार बिरूद्व बिष वमन गर्नेहरू नै अहिले सबैभन्दा चर्को स्वरमा अनियमितता भयो भन्न थालेकाछन् ।”

पत्रकार महासंघ रुपन्देहीकाे पुर्व अध्यक्ष समेत रहेका भएका चापागाईले यतिबेला सबै जनताले सरकारलाई सहयाेग गर्नुपर्ने बताए । उनले यतिबेला सबै मानव जाति जिम्मेबार ढंगले प्रस्तुत हुनुपर्ने बताए । सन्चार क्षेत्रले काेभिड नियन्त्रण , राेकथाम र उपचारकाे बिषयमा सत्य तथ्य समाचार प्रकाशन र प्रसारण गरेर गहन जिम्मेवारी पूरा गर्नुपर्ने पनि उनकाे कथन छ ।

अग्रज पत्रकार चापागाईले भने,‘आफु सुरक्षित भई बिशवसनिय र महत्वपुर्ण सूचना सम्प्रेषणमा नेपाली मिडिया विगतमा भन्दा अझै जिम्मेवार हुनुपर्दछ ।’ नेकपा रुपन्देही प्रचार बिभाग प्रमुख समेत रहेका चापागाईले काेभिड १९ नियन्त्रण र उपचारकाेलागि अत्यावश्यक सामाग्री आज र भोलीमा आउने बिश्वास व्यक्त गर्दै बिराेधिहरु सामग्रि नहुदा पिपिई भएन भनेर बिराेध गरेकाेमा अब चिनियाँ नक्कलि सामग्रि खरिद गरेकाे, खरिदमा भ्रस्टाचार गरेकाे भन्दै बिराेध गर्ने तयारिमा रहेकाेमा आक्राेश ब्यक्त गरे ।

उनले भने,‘ अब उनीहरू चीनिया कमशल सामाग्री आए भन्नेछन् तर याद गर्नोस साथीहरू! शुरूमा चीनिया भाईरस भनेर खिसी गरेका ट्रम्पले पनि सी जीन पीगंसंग सहकार्यको अपील गरेकाछन् ।’