बुटवल । प्रदेश सभा प्रदेश नं. ५ का सभामुख र उपसभामुखले एक महिनाकाे पारिश्रमिक प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा जम्मा गर्ने भएका छन् ।

सभामुखको सचिवालयले आज प्रेस विज्ञप्ती जारी गर्दै तलव कोषमा जम्ममा गर्ने निर्णय गरिएको जाकारी गराएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले भाईरस नियन्त्रणको लागि सभामुख र उप-सभामुखले एक महिनाको पारिश्रमिक र सांसदहरुले आधि महिनाको पारिश्रमिक प्रदेश सरकार राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यसअघि नेकपाका सांसदले मात्रै १५ दिनको तलव कोषमा राख्ने घोषणाा गरेका थिए ।