देशभरबाट छनौट भए एमाले महाधिवेशन प्रतिनिधि
लुम्बिनी संवाददाता
बुटवल
नेकपा एमालेको मंसिर १० देखि १२ गेतसम्म चितवनमा हुने १० औं महाविधेशनका लागि देशभरबाट प्रतिनिधि चयन गरिएको छ ।
साढे ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट भएका छन् । प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन भएका छन् । १ हजार २ सयसम्म पार्टी सदस्य रहेका निर्वाचन क्षेत्रबाट ३ जनाका दरले प्रतिनिधि चयन गरिएको छ । तीमध्ये एक जना महिला अनिवार्य गरिएको छ । निर्वाचन क्षेत्रमा जति बढी सदस्य छन् । त्यसै अनुपातमा थप प्रतिनिधि चयन गरिएको छ । देशभित्रका विशेष जिल्लाअन्तर्गतका १ हजार २ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिलासहित ३ जनाका दरले प्रतिनिधि छनौट भएका छन् । जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट १ जना प्रतिनिधि चयन भएका छन् । दलितका हकमा पनि ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य रहेको छ ।
भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित भएका छन् । भारत, अमेरिका (क्यानडा समेत), युरोप, एसिया प्यासिफिक, खाडी र ओसियानमध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित भएका छन् । प्रतिनिधिले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी र १५ पदाधिकारी चुन्नेछन् । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव, ७ सचिव हुनेछन् ।
लुम्बिनी प्रदेशमा नवलपरासीमा निर्वाचन भएको छ । राति अबेरसम्म त्यहाँको मतपरिणाम आइसकेको छैन । रुपन्देहीमा सहमतिको प्रयास भए पनि अधिकांश निर्वाचन क्षेत्रमा मतदान भएको छ । मतदानको परिणाम राति अबेरसम्म आइपुगेको छैन । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा मात्रै सर्वसहमतिमा जनप्रतिनिधि चयन भएका छन् । मुक्ति समाजले पनि सहमतिमा प्रतिनिधि चयन गरेको छ ।
रूपन्देही
१) भोजप्रसाद श्रेष्ठ
२) शिवराज सुवेदी
३) मोहन चापागार्इं
४) बासुदेव घिमिरे
५) चित्रबहादुर कार्की
६) गोपाल राना
७) बावुराम भट्टराई
८) बलबहादुर आचार्य
९) कमला विक
१०) जोगलाल विश्वकर्मा
११) सुरेन्द्र श्री विश्वकर्मा
१२) गोमा आचार्य
१३) सावित्रा अर्याल
१४) ज्ञानु केसी
पाल्पा
१) झपेन्द्रबहादुर जि.सी.
२) राधाकृष्ण कंडेल
३) देवीलाल लामिछाने
४) वमलप्रसाद काफ्ले
५) कुविजा अर्याल
६) सरस्वती भट्टराई
७) अशोककुमार शाही
८) रामबहादुर राउत
९) मोहन थापामगर
१०) ओमबहादुर घर्तीमगर
११) नविन थापा
१२) नारायणी शर्मा
१३) गीता पाण्डे
१४) ठाकुर लोहागुन
१५) दिपक विश्वकर्मा
गुल्मी
१) मधुकृष्ण पन्त
२) बालसिंह काउछा
३) सोमनाथ सापकोटा ,
४) धर्म विश्वकर्मा
५) अमर सिंजापति
६) नारायणप्रसाद पोखरेल
७) कृष्ण भुसाल
८) प्रेम पराजुली
९) रीतबहादुर थापा
१०) चक्र बन्धु भुसाल
११) खिमानन्द पाण्डे
१२) नर्मदा भण्डारी
१३) लक्ष्मी पन्थ
१४) सीता भन्डारी
१५) ललिता गौतम
१६) जंग नेपाली
१७) कृष्ण सुनार
१८) जुना विश्वकर्मा
अर्घाखाँची
१) चेतनारायण आचार्य
२) रामजीप्रसाद घिमिरे
३) जनार्दन खनाल
४) कुटमदिन अलि
५) पिताम्बर भुसाल
६) तोजबहादुर रायमाझी
७) प्रकाश ज्ञवाली
८) काशिराम आचार्य
९) खगिश्वर पन्थी
१०) जालपा भुसाल
११) बिजुला रायमाझी
१२) प्रमिला क्षेत्री
१३) विष्णुमाया आचार्य
१४) भोजबहादुर गन्धर्व
१५) लिलबहादुर बि.क.
१६) शिवकला बि. क.
कपिलवस्तु
१) झबिलाल पोख्रेल
२) विष्णु पन्थी
३) डम्मर शर्मा
४) विश्राम थारु
५) विश्व कार्की
६) घरभरन यादव
७) प्रभा पौडेल
८) शान्ता पाण्डे
९) बाबुराम खनाल
१०) आजाद अहमद दर्जी
११) टेकराज पौडेल
१२) लक्ष्मी न्यौपाने
१३) टोपलाल पोख्रेल
१४) उपेन्द्र खनाल
१५) मोहम्मद मुस्तफा
१६) कमला भुसाल
१७) शान्तिदेवी चमार
१८) सि. बी. गहतराज
दाङ
१) रेवती रमण शर्मा
२) राममणी पाण्डे
३) कुलबहादुर केसी
४) सहजराम यादव
५) गंगा थारू सत्गौवा
६) सरस्वती गौतम
७) टिकाराम खड्का
८) लक्ष्मण आचार्य
९) टोपेन्द्रबहादुर केसी
१०) भेसराज केसी
११) बलि राना
१२) तुलसा केसी
१३) हुमा डीसी
१४) हुकुमबहादुर बस्नेत
१५) घनश्याम पाण्डे
१६) रामजी मिलन चौधरी
१७) भुवनेश्वर पौडेल
१८) मनोहर बुढाथोकी
१९) कृष्ण भुसाल
२०) कोमल वली
२१) माया आचार्य
२२) धमकली चौधरी
२३) जितेन्द्रमान नेपाली
२४) मानबहादुर विक
२५) निर्मला विक
रोल्पा
१) जुनमाया बुढा
२) ईश्वरी जिएम
३) रीमा नेपाली
४) कुमार दशौंदी
५) पूर्ण बुढामगर
६) बालाराम बुढामगर
७) शान्तकुमार वली
लुम्बिनी प्रदेश मजदुर निर्वाचन क्षेत्र
१) कमल गौतम
२) हरिबहादुर कार्की
३) हुमाकान्त काफ्ले
४) पूर्णबहादुर के. सी.
५) रञ्जु भट्टराई
६) प्रेमपूर्ण योगी
७) सुशिला दर्लामी