सन्तोष गहतराज
पाल्पा
नेपाली काङ्ग्रेस तानसेन नगर समिति स्वास्थ्य सामग्रीसहित जिल्लाको बगनासकाली गाउँपालिका पुगेको छ । नेपाली काङ्ग्रेस १४ महाधिवेशनबाट निर्वाचित उपसभापति सागर मान महर्जनको नेतृत्वमा स्वास्थ्य सामग्री लिएर नगर कमिटी गाउँपालिका पुगेको हो ।
नगर कमिटीले कोरोना परीक्षण गर्ने कीट, मास्क, सेनिटाइजर, जुत्तालगायतका सामग्री गाउँपालिकालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नगर कमिटीका उपसभापति सागरमान महर्जनले विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को जोखिम यथावत रहेकोले गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताए ।
सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले कोभिडको विषम परिस्थितिका बाबजुद स्वास्थ्य सामग्री प्रदान गरेकोमा नगर कमिटीलाई धन्यवाद दिए ।
गाउँपालिकाले कोभिडका कारण कुनै पनि नागरिकको मृत्यु भएमा मृतकको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्यलाई निरन्तरता दिइरहेको उनले बताए । कार्यक्रम नगर कमिटीका सचिव लक्ष्मण खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।
बुद्धशान्ति विद्यामन्दिरलाई सहयोग
नेपाली काङ्ग्रेस तानसेन नगर कार्य समितिले बगनासकाली गाउँपालिकास्थित बुद्ध शान्ति सामुदायिक विद्या मन्दिरका विद्यार्थीहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नगर कार्य समितिले कोभिड माहामारीको विषम परिस्थितिबाट विद्यार्थीहरूको शैक्षिक गतिविधि सहज होस् भनी फेस सिल्ड, सेनिटाइजर, मास्क वितरणमा गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेस तानसेन नगर कमिटीका उपसभापति सागर महर्जनले नगर कमिटीले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्येनजर गरी स्वास्थ्य सामग्री वितरण गरेको बताए । कार्यक्रम विद्यालय प्रअ डोलराज रेश्मीले कोभिड महामारीको विषम परिस्थितिमा विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिए ।
कार्यक्रम सञ्चालन तानसेन नगर कार्य समितिका सह– सचिव अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।