रामजी ज्ञवाली
यही आश्विन ३ गते संविधान दिवसको शुभअवसरमा सरकारद्वारा विभिन्न ख्यातिप्राप्त पदाधिकारी तथा व्यक्तित्वहरुलाई प्रदान गरिएको विभिन्न प्रकारका मानपदवीहरुकाबारेमा हालको प्रमुख प्रतिपक्ष लगायत अन्य केही असन्तुष्ट पक्षहरुद्वारा गरिएको आलोचित र विवादित प्रश्नमा आधारित यो विचार प्रवाह गरिएको छ ।
हरेक सरकार, संघ, संस्थान, समिति, राजीतिक पार्टी, समाजसेवी र निजी व्यवसायीहरुबाट समेत कुनै राष्ट्रिय पर्व, सामाजिक पर्व, जन्म जयन्ती, साहित्य सिर्जना र खेलकुद आदि शुभ अवसरहरुमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरुलाई विभिन्न प्रका।का मानपदवी, पदक, उपहार र प्रशंसापत्रले सम्मान गरिने प्रचलन रहीआएको छ । यस्ता महत्वपूर्ण पदक र प्रशंसापत्रहरु हामी कसैले चाहेर पनि सजिलै पाइने कुरा होइन । जसको जुन विषयमा विशेष प्रतिभा हुन्छ, क्षमता हुन्छ ती ती व्यक्ति र पक्षहरुले मात्र पाइने विषय हो । यस्ता सम्मान पाउने व्यक्तित्वहरु कोही जन्म जात वा वंशानुगत रुपले आफ्नो प्रतिभा संगसँगै लिएर आएका हुन्छन् भने, हामी धेरैले आआफ्नो रुची र कार्यक्षेत्र अनुसार निरन्तर कठिन श्रम र साधना गरेर मात्र पाइने विषय हुन् । पदक र सम्मानहरु महत्वपूर्ण विषय भएकाले यस्ता सम्मान पाउने कुनै पनि व्यक्तित्वहरुलाई अपमान होइन सम्मान गर्नु हामी सबैको अहं कर्तव्य हो ।
हो, कतिपय व्यवसायीहरुलाई आफूहरुले गरेको श्रम र साधनको कतैबाट सही मूल्यांकन भई प्रशंसा र केही सहयोग पाइन्छ कि भन्ने आशा पनि अवश्य हुन्छ नै । तर, कतिपयले आफ्नो कर्तव्य र सार्वजनिक दायित्व निर्वाह गर्नेहरुले ‘कर्म गर्ने हाम्रो अधिकार हो भने, फलको आशा गर्ने अधिकार होइन भन्ने’ नीति अनुरुप केही पदक र सम्मान पाइन्छ कि भनेर कहिल्यै आशा गर्दैनन् र कसैको अनावश्यक चाकडी–चाप्लुसी पनि गर्दैैनन् । बरुतै कुनै पक्षले व्यक्तिको सेवाको मूल्यांकन गरेर अप्रत्याशित रुपले कुनै व्यक्तिलाई पदक आदि सम्मान प्रदान गरियो भने त्यस्तो विशुुद्ध सम्मानलाई सहर्ष स्वीकार पनि गर्दछन् । अझ कतिपय विद्वान् एवं स्वाभिमानी व्यक्तित्वहरुले आफूहरु पुरस्कृत हुने योग्य हुँदाहुँदै पनि उक्त सम्मानक स्वेच्छाले अस्वीकार गरेका उदाहरणहरु पनि देखिन्छन् ।
वस्तुतः यस्ता मानपदवी र प्रशंसापत्र प्रदान गर्नुको प्रमुख र मूल उद्देश्य यो हो कि, राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक र हरेक सार्वजनिक एवं व्यवसायी क्षेत्रमा सेवा र काम गर्नेहरुले अरुलेभन्दा तुलनात्मक रुपले केही विशिष्ट र लोकप्रिय काम गरुन् । अनि उनीहरुले गरेका राम्रा कामहरुको सबैले असल काम गर्न प्रेरणा मिलोस् भन्ने नै हो । तर, दुःखको कुरा यस्ता विशुद्ध रुपका प्रेरणादायी सन्देश र मानपदवीहरु विगत लामो समयदेखि विकृतिमय, स्वार्थम र विवादितकमय बन्दै गइरहेका देखिन्छन् । सर्वप्रथम मन्त्रिपरिषद सचिवालय अन्तर्गत रहेको ‘मानपदवी, विभूभषण शाखा’ लाई क–कसलाई यी पदवी र सम्मानहरु प्रदान गरिनुपर्ने विषयमा सिफारिस गर्ने प्रमुख दायित्व स्वयं सरकार, प्रमुख नेता, मन्त्रीगण र उच्च पदाधिकारीहरुको हो । यद्यपि बाहिर देखाउनाका निमित्त के कस्ता व्यक्तिहरुलाई केकस्ता काम र योगदानका लागि के–कस्ता सम्मान प्रदान गर्नुपर्ने हो भन्ने विषयमा सामान्य मापदण्ड र नीति अवश्य बनेका होलान् । तर, ती नीतिहरु देखाउनु नै सीमित छन् । कस्ता क्षमतावान र योगदानकर्ताहरुलाई पुरस्कृत गर्नुपर्ने हो भन्ने विषयमा त्यति स्वच्छा र पारदर्शी देखिदैन । कसैको कामको र योगदानको कदार र मूल्यांकन नै नगरी ‘आफ्नो हात जगन्नाथ’ भने जस्तै गरी–आफन्त, नातागोता, साथी भाई, चिनेजानको पदाधिकारी तथा व्यक्तिहरु, जसले नेताहरुको सदैव प्रशंसा र गुणगान गर्छन् । चाकडी–चाप्लुसी गर्छन् । उनीहरुलाई खुसी बनाउनका निमित्त पदकका लागि सिफारिस गरिन्छ भन्ने तथ्य कुरालाई बहुसंख्यक न्यायप्रेमी देशबासीहरुले प्रत्यक्ष देखिसकेका छन् र बुझिसकेका पनि छन् । सरकारले देशबासीको यस्तो आलोचनालाई जति खण्डन गर्न र ढाकछोप गर्न खोजे पनि सत्य कुरा कहिल्यै लुक्न सक्दैन । यी पदक तथा सम्मान वितरण सम्बन्धी विगतकालीन आधिकारिक अभिलेखहरु स्वयं सरकारकै सविचालय, ‘मानपदवी विभूषण शाखा’ सूचना एवं सञ्चार मन्त्रालय सहित अधिकांश प्रेस तथा सञ्चारमाध्यमहरुमा रेकर्ड सुरक्षित होलान् । जुन रेकर्डहरुबाट कस्ता–कस्ता व्यक्तिहरुलाई पदक प्रदान गरिदोरहेछ भन्ने कुरा खुल्नेछ ।
हो, पदक पाउने कुनै पनि व्यक्ति र पक्षहरु आफैमा दोषी हुँदैनन् । साथसाथै आफन्त, नाताहरु र परिवारहरुले समेत यस्ता सम्मान र पुरस्कारहरु पाउनै हुन्न र दिलाउनै हुन्न भन्ने पनि सम्मान र पुरस्कारहरु पाउनै हुन्न र दिलाउनै हुन्न भन्ने पनि होइन । प्रश्न यति मात्र हो कि, कुनै उच्च पदाधिकारीका नाता र सिफारिसले नभएर जुन आफन्त र परिवारहरु छन् उनीहरुको पनि आफन्ै लोकप्रिय कार्य र पहिचानबाट समुदाय, समाज र राष्ट्रपति केही उल्लेखनीय योगदान हुनु पर्छ । र, कसैले पनि उनीहरुप्रति आलोचना गर्न नसक्ने गरी उनीहरुले पनि पदक पाउनु उनीहरुको पनि उत्तिकै अधिकार हो । यसरी पुरस्कार र सम्मानहरु कति महत्वपूर्ण हुन्छन् भन्ने कुरा विश्व युद्ध र विश्वइतिहासद्वारा बुझ्न सक्छौं । तत्कालीन विश्वयुद्धहरुमा हाम्रा कतिपय वीर गोर्खाली सैनिकहरुले युद्धभूमिमा अति विशिष्ट सेवा र काम गरेबापत कसैले मरणोपरान्त र कसैले जीवनमै विश्वका अति महत्वपूर्ण पदकहरु भिसी, एमसी, परम वीरचक, वीरयर्क आदि प्राप्त गरेका केही थोरै वीर सैनिकहरु अझै पनि जीवितै छन् । ती वीर सैनिकहरुले आफ्नो प्रशंसासँगै देशको प्रतिष्ठासमेत बढाउने महान कार्य गरे । तर, चिन्ताको कुरा विगत लामो समयदेखि यस्ता महत्वपूर्ण प्रेरणादायी विषयहरुलाई हामीले अपमानित, दुषित र विवादित बनाउँदै आइरहेका छौं । विशेष गरेर यो प्रकरण– राजनीतिक क्षेत्र र प्रशासनिक क्षेत्रमा बढी विकृतिमय देखिएको छ । हाम्रा देश बनाउने पार्टी र नेताहरु जबसम्म कुर्सी र सत्तामा हुन्छन् सबै कुरा सही र ठीक । जब कुर्सी र सत्ताबाट बाहिरिएपछि सबै बेठीक भन्ने पूर्वाग्रही प्रचलन रहिआएको छ ।
कुनै विशिष्ट कामका आधारमा पाइने यी पदक र सम्मानहरुलाई हामीले केटाकेटीहरुको मिठाइ खाने खेल र खेलौनाजस्तो आपसमा लुछाचुँडी गरेर–शक्ति, पहुँच र सोर्सफोर्सका आधारमा आपसमा बाँडीचुँडी गरी लिने गर्दछौं । अनि एउटा पूर्ववर्ती पार्टी, नेता र सरकारहरुले गल्ती गरे भनेर ती गल्तीहरुलाई सुधार गरेर लैजानुको सट्टाक वर्तमान पार्टीको सरकारले पनि प्रतिशोधको भावनाले प्रतिपक्षहरुप्रति उल्टै उस्तै व्यवहार प्रदर्शन गरिरहेको देखिन्छ । यी दुवै दुषित परम्पराले गर्दा हाम्रो राजनीति प्र्रतिदिन अस्थिर बनिरहेको यो तीतो यथार्थ हो । आजको यस विचारको ज्वलन्त प्रश्न भनेको प्रतिवर्ष जस्तै संविधान दिवसका अवसरमा विभिन्न राष्ट्रिय ख्यातिप्राप्त महानुभावहरुलाई सम्बन्धित सरकारहरुद्वारा प्रदान गरिने मानपदवी आदि सम्मान विषय । यही आश्विन ३ गते संविधान दिवसका अवसरमा विद्यमान कांग्रेसको गठबन्धन सरकारले एमालेकै स्वच्छ छवि भएका सन्त नेता स्व. पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त र सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवरा लगायत अन्य केही न्यायाधीश र नेताहरुलाई विभिन्न वर्गका मान पदवीहरु प्रदान गरेर सम्मान गरेको थियो । यी व्यक्तिहरुलाई सम्मान गरेको चित्त नबुझेर स्वयं निवर्तमान प्रधानमन्त्री केपी ओली, पूर्वसभामुख सुभाषचन्द्र नेवाङलगायतका पूर्व सरकारका पक्षधरहरुले यी पदक प्राप्त गर्ने व्यक्तित्वहरुप्रति घोर अपमान व्यक्त गर्दै यी प्राप्त पदकहरु तुरुन्तै फिर्ता गर्न सार्वजनिक रुपमै आपत्तिजनक अभिव्यक्ति दिएका थिए । यी पदक प्राप्त गर्ने व्यक्तित्वहरुले जे जसरी प्राप्त गरे पनि उहाँहरुलाई कुनै दोष आरोप लगाउने र पदक फिर्ता गर भनेर पूर्वाग्रह राख्ने अधिकार कसैमा छैन ।
यसरी निवर्तमान प्रधानमन्त्री केपी ओली र समर्थकहरुले प्रधान न्यायाधीश लगायतका पदाधिकारीको विरोध गर्नु एक मात्र कारण यो थियो कि, पूर्वप्रधानमन्त्री र निजको सरकारले दुई दुई पटक असंवैधानिक विधिद्वारा संसद विघटन गरेकोमा सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी ओलीले गरेका दुवै पटकका संसद विघटन कार्य असंवैधानिक ठहर गरी संसद पुनस्र्थापना भएपछि र तत्कालीन प्रतिपक्षहरुद्वारा प्रधानमन्त्रीलाई राजीनामा दिन सशक्त दबाब दिएपछि अन्त्यमा अरु केही उपाय नलागेर लाचारी र बाध्यतावश सरकारबाट बाहिरिन परेको थियो । त्यसैको आक्रोश र प्रतिशोधका कारण एमाले पार्टी अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालत र प्रधानन्यायाधीशको तीब्र विरोध गरेका हुन् । यदि, प्रधानन्यायाधीशले तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका असंवैधानिक कार्यलाई सही भनेर समर्थन गरिदिएको भए केपी ओली र निजको सरकारले सर्वाेच्च अदालत र प्रधानमन्यायाधीशप्रति हजारौं पटक जय जयकार गर्थे होलान् ।
तर, प्रधानन्यायाधीश चोलेन्द्र समशेरले आफ्नो संवैधानिक दायित्व र इमान्दारितालाई कदापि गुमान चाहेनन् र कसैको दबाबमा नपरी निडर भएर यस्तो शाहसिक फैसला गरे । यति मात्र होइन प्रधानन्यायाधीशले न्यायालयप्रति बहुसंख्यक देशबासीको विश्वास घटिरहेको अवस्थामा केही हदसम्म विश्वास दिलाउन सफल भएका छन् भने, व्यक्तिभन्दा संविधान र विधि सर्वाेच्च हुन भन्ने कुरा पनि प्रमाणित गर्न खोजेका छन् । यसरी नेपालके पछिल्लो इतिहास उत्तराध समयमा एक कर्तव्यनिष्ठ प्रधानन्यायाधीशले गरेको यो शाहसिक कदमलाई न्यायप्रेमी देशबासी र देशले सदैव सम्झने र कदर गरिरहने छन् ।
अन्त्यमा कुनै पार्टी, सरकार, नेता र देशबासीलाई सर्वाेच्च अदालतको फैसलाप्रति चित्त बुझे पपिन नबुझे पनि एक लोकतान्त्रिक सरकारको हैसियतले फैसलाप्रति शान्तिपूर्वक असन्तोष र प्रतिवाद गर्ने अधिकार सबैमा छ । तर, संविधानभन्दा माथिको कोही पनि हुनुहुन्न र देशको सर्वाेच्च संविधान र ऐन कानूनहरुलाई हामी सबै देशबासीहरुले इमान्दारीपूर्वक परिपालन गर्नु गराउनु पनि राष्ट्रप्रतिको हाम्रो ठूलो दायित्व हुने कुरा सबैमा सदर ध्यानाकर्षण गराउन चाहन्छु । साथसाथै ‘मानपदवीहरुको अपमान होइन, सदैव सम्मान होेस्’ भन्ने चाहन्छु ।
नागरिक जागरण अभियान, देवीनगर