वायु प्रदुषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वायु प्रदुषणका कारण एक वर्षमा ७० लाख नागरिकले अल्पायुमा ज्यान गुमाउने गरेका छन् । डब्लुएचओले वायुको गुणस्तरसम्बन्धी सबै निर्देशनहरू कमजोर रहेको भन्दै यसको सुधारका लागि कठोर नीति लिने बताएको छ । वायु प्रदुषण नियन्त्रणका लागि ल्याइने नयाँ कानूनको उद्देश्य वायु प्रदुषणको प्रतिकूल असरबाट मानिसहरूलाई जोगाउनु हो ।
सामान्यता वायु प्रदुषण भनेको विभिन्न रासायनिक पदार्थ, धुवा, धुलो आदि हावामा मिसिन गइ हावा दुषित हुनु हो वा स्वच्छ हावामा विविध कारणहरूले परिवर्तन आइ मानव वा कुनै प्राणीको स्वास्थ्यमा नकारात्मक असर पार्ने खालको हुनु हो । विश्व स्वास्थ्य संगठनले २०१६ मा गरेको पछिल्लो तथ्यांकअनुसार वायु प्रदुषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक वर्ष करिब १० हजार मानिसले ज्यान गुमाउने गरेको पाइएको छ । प्रदुषित हावाकै कारण सर्वसाधारणमा क्यान्सर तथा मुटुरोगी बढिरहेका छन् ।
नेपालको संविधानले प्रत्येक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गरेको छ । प्रदुषणका कारण पु¥याएको असर बापत पीडितलाई प्रदुषणबाट कानून बमोजिम क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने प्रावधान समेत छ । तर कानूनी प्रावधान कार्यान्वयनमा भने आएको छैन । कानून बन्ने तर कार्यान्वयन नहुने समस्या नयाँ होइन । जति राम्रो संविधान बने पनि कार्यान्वयन नभएपछि त्यसको अर्थ हँुदैन । वायु प्रदुषणसम्बन्धी बनेको नीतिभन्दा नीति कार्यान्वयन गर्ने निकायको नियति खराब भएकाले समयमै प्रदुषण न्यूनीकरण गर्न चुनौती थपिएको छ ।
कोरोना संक्रमण सुरु भएयता धेरै नागरिकले मास्कको प्रयोग गरेर मात्र घर बाहिर निस्किने गरेका छन् । मास्कले प्रदुषणबाट जोगाउन पक्कै सहयोग गरेको हुनुपर्दछ । तर यसको पनि खास अध्ययन भएको छैन । जे भए पनि प्रदुषणको मात्रा भने बढ्दै गएको छ । सहरी क्षेत्रमा विशेष गरी सवारी साधन र उद्योग कलकारखानाका कारण वायु प्रदुषण बढ्ने गरेको छ । ग्रामीण क्षेत्रमा पहिलेदेखिको समस्या भनेको भान्छामा हुने प्रदुषण अहिले पनि यथावत छ । परम्परागत चुलो प्रयोग गर्ने भएकाले ती भान्छामा अत्यधिक मात्रामा प्रदुषण हुन्छ ।
प्रदुषण मुख्यताः शहरी क्षेत्रमा बढेको छ । माटो प्रदुषण पनि बढिरहेको छ । धेरैजसो विषादी प्रयोगले गर्दा अम्लीयपनका साथै प्रदुषण बढ्दो छ । कृषिमा प्रयोग हुने विषादी तथा फोहरका कारण पनि प्रदुषण बढेको हो । प्रदुषणलाई कम गर्न राज्यको तहबाट खासै पहल भएको छैन । प्रदुषण भनेको जनस्वास्थ्यसँग जोडिएको विषय भएकाले सरकारले दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा जानु पर्दछ ।
खासगरी वातावरण प्रदुषणका कारण मानिसमा कस्तो रोग लागिरहेको छ, कहाँ कहाँ रोगीहरूको संख्या बढिरहेको छ भन्ने कुरा अनुसन्धान हुन जरूरी छ । कुन उमेर समूह वा समुदायमा रोगहरू बढिरहेको छ ? कस्ता समस्यारू छन् ? विश्लेषण गरेर कार्यक्रम बनाउन सकियो भने प्रदुषण कम गर्न सकिन्छ । प्रदुषण रोक्दा एकातिर रोग बढाउँदैन भने अर्काेतिर विश्व जलवायु परिवर्तन कम गर्नका लागि सहयोग पु¥याउँदछ । हामीले आफ्ना आनीबानीमा सुधार ल्याउँदै वातावरण प्रदुषण गर्न सघाउ पु¥याउने काममा कमी ल्याउन सकियो भने धेरै नागरिकको जीवन जोगाउन सकिनेछ ।