हटोस् महामारी, छाओस् शान्ति
बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरअघि प्रार्थना गर्दै बौद्ध भिक्षुहरू । पूर्णिमाका दिन भएको प्राथनामा सहभागीले विश्व शान्ति र त्रासदीपूर्ण कोरोना महामारीको अन्त्यको कामना गरेका छन् ।
महामारीका कारण लुम्बिनी क्षेत्र सुनसान जस्तै छ । भिक्षुहरू मास्क लगाएर प्रार्थनामा सहभागी हुँदै आएका छन् । लुम्बिनी सुनसान हुँदा त्यससंग जोडिएका पर्यटन क्षेत्रमा नराम्रो धक्का लागेको छ । होटल व्यवसायहरू लामो समयदेखि बन्द अवस्थामा रहेका छन् । कोरोना महामारीकै कारण कैयौ व्यवसायी विस्थापित भएका छन् । कतिपयलाई हातमुख जोर्न समेत कठिन भइरहेको छ ।