संसद र संसदीय राज्य व्यवस्था के हो र त्यहाँ के हुन्छ भन्ने कुरा धेरै पहिल्यै नै कम्युनिष्ट पार्टीका संस्थापक गुरु तथा नेताहरुले बताइसकेका छन् । बाहिर खसीको टाउको देखाएर भित्रभित्रै कुकुरको मासु बेच्ने थलो भएको भनी यसको तीव्र निन्दा र घृणा भएको थियो । ठिक यो विश्वका थुप्रै यस्ता व्यवस्था भएका देशहरूमा पटक–पटक भएको पाइन्छ । स्वयं अमेरिकाले आफूलाई प्रजातन्त्रको जननी भएको देशमा पनि यस्तो भइरहन्छ। हालै मात्र पूर्वराष्ट्रपति ट्रम्पले आफ्ना सशस्त्र गुण्डाहरुलाई सदनमा छिराएर त्यहाँ हत्याहिंसा गरेको उदाहरण ताजै छ । हाम्रो देशमा पनि अहिले यस्तै राज्य व्यवस्था छ । यसको त्यति लामो अवधिको इतिहास नभएपनि यहाँ त्यस्तै विकृति र विसंगति देखिन थालेको छ । हुन त अझै यहाँ सदनमा मार्क्सले लेनिन र माओको अनुयायी भनिने पार्टीहरूको बोलबाला छ । तैपनि यी सबै माथि लेनिनले भने जस्तै खसीको टाउको देखाएर भित्रभित्रै कुकुरको मासु बेच्ने ठग बुच्चड जस्तै भएका छन् । यहाँका केही बुर्जुवा सामान्ती दलाल अनि कम्युनिष्ट सबैको चरित्र एउटै छ ।
केही दिन पहिले नेपालको संघीय सदनमा यस्तै तमासा देखियो । तमसा मात्र होइन, गाइजात्रा अझ तोडफोड मारामार र हात हालाहाल । यो गर्नेलाई भन्दा देख्नेलाई लाज । अझ एमालेका केही सांसदहरुले खुलेर सार्वजनिक रुपमा नै सभामुखको थाप्लो फुटाउनका लागि यो सब गरेको बताएका छन् । एमाले सांसदहरूको यो हर्कतलाई बुझेर नै होला सभामुख वा प्रशासनले त्यो दिन मर्यादापालकहरुको संख्या बढाएकाले नै त्यस्तो अप्रिय कुनै घटना त्यहाँ हुन पाएन । नत्रभने सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा यतिबेला घाइते भई अस्पताल भर्ना हुन्थे होला ।
कस्तो अचम्म ! भानिन्छ संसद देशको ठुलाबडा पढेलेखेका विद्वान र राजनेताहरूको राज्य सञ्चालनका लागि जमघट हुने वैचारिक थलो हो । त्यहाँ जनपक्षीय नीति नियम र विधि विधान बनाई सरकारलाई त्यसको कार्यान्वयनका लागि निर्देशन गरिन्छ । तर यहाँ मसल देखाउने र कुस्ती खेल्ने कुस्तिबाजहरुको अखडा भएको छ । त्यो हेर्दा कताकता भारतीय टिभीमा देखाइने धचभकतष्लिन झलको भएको छ । त्यहाँ विभिन्न धचभकतभिच हरुले देखाएको नक्कली कलाहरु झै हाम्रा सांसदहरुले पनि सदनमा त्यस्तै कला देखाए । अझ एक महिला सांसदले त साच्चै नै राम्रो धचभकतष्लिन को कला देखाईन् । पुरुष सांसद र मर्यादापालकहरुको टाउका र काँधमा हाम्फाल्दै जिन्दावाद र मुर्दावादका नारा घन्काउँदै रहिन् । लाग्छ त्यो सदन नभई कुनै कुस्ती र रेस्तलिङको अखडा हो । तर विडम्बना ! यस्ता सांसदहरु सदनमा छन् अनि कसरी हुन्छ देश र जनताको हित ?
यो रेसलिङका मुख्य मालिक तथा संचालक एमाले अध्यक्ष कमरेड ओली जसले त्यो तमासा सदनको प्रमुख प्रतिपक्षी दलको कुर्सीबाट नियालिरहेका थिए । अलि पूर्व प्रशीक्षण कमी भएकाले उनको त्यो उद्देश्य त्यो दिन पूरा हुन सकेन । पुनः त्यसको अभ्यास गरिने धम्की पटक–पटक अध्यक्ष ओलीबाट भइरहेको छ । तर ओलीले तत्काल एउटा पत्रकार भेलाको आयोजना गरेर हाम्रो उद्देश्य त्यो थिएन भन्दै उल्टै सभामुखमाथि खनिए । भित्रभित्रै नियत जे भए पनि उनले सांसदको गरिमाको ख्याल गर्न आफ्ना सभासदहरुलाई निर्देशन दिन समेतको पछि परेनन् । यो उनको अभिनय र कला जस्तै त रोए झै गर म कुटे झै गर्छु हो ।
वास्तवमा यो एमाले अध्यक्ष प्रधानमन्त्रीको कुर्सीबाट र सत्ता शक्ति स्वार्थबाट लखटिनेको पीडा आक्रोश र रोदन मात्र हो । के गर्ने पालापालको खान्की ? यस्तो सत्ताको स्वार्थ त्यहाँ थुप्रैले खाँदै आए । अहिले साढे तीन वर्ष ओलीले अनि अब देउवा प्रचण्ड र माधवको पालो छ । अब ओली जतिसुकै कराए पनि यिनीहरु कसैले पनी त्यसलाई वास्ता गर्ने छैनन् । उल्टै ओलीलाई बल्ल खाइस भन्दै झन् बढी सत्ताको स्वाद लिइरहेका छन् । आखिर सत्तामा जो गए पनि गर्ने त्यही हो । अन्त्यमा यो सामन्ती दलाल र नोकरशाही बु्रज्वा राज्य सत्ताको असली चरित्र नै यही लुटी र ठगी खाने अनी देश र जनतालाई धोका दिने हो ।