परासी । पश्चिम नवलपरासीका अति प्रभावित बाढीपीडितहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । कन्सुलट एकार्डस्र एग्रिकल्चर ईन्डष्ट्रिज नवलपरासीको पहलमा जिल्लामा तीन वटा स्थानीय तहका अति प्रभावित बाढीपीडितहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा विभिन्न वडामा अति प्रभावित बाढीपीडितहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको संस्थाका व्यवस्थापक प्रतिमा कार्कीले जानकारी दिइन ।
कार्डस्र एग्रिकल्चर ईनडष्ट्रिजका सल्लाहकार एवं रेडियो दाउन्नेका कार्यकारी निर्देशक रामजी लौडारीको संयोजकत्वमा बर्दघाट नगरपालिका वडा नंं. १४ का ४ घर परिवार, रामग्राम वडा नं. ६ का १९ घर परिवार र सुनवल न.पा वडा नंं. ४ का १० र वडा नं. १२ का १५ घर परिवारलाई नगद सहयोग गरिएको उनले बताइन । उक्त राहत रकम बैदेशिक रोजगारीको क्रममा कतारमा रहेका कार्डस्र एग्रिकल्चर ईनडष्ट्रिजका अध्यक्ष मोहन कार्की , ईन्डष्ट्रिजका महासचिव एवं कतार नवलपरासी सेवा समाजका अध्यक्ष सजन लौडारी र नेप्लीज ब्रदर्स रूम (एनबीआर) को संयुक्त पहलमा संकलित रकम हस्तान्तरण गरिएको रामजी लौडारीले जानकारी दिए ।
सो रकम हस्तान्तरण कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कार्डस्र शाखा सुनवलका व्यवस्थापक प्रतिभा कार्की र प्रभावित परिवारलगायतको सहभागिता रहेको थियो ।