प्रेम सुनार
गुल्मी
केही दिनअघि गुल्मीको खज्र्याङ्गमा भएको एक जना व्यक्तिको रहश्यमय मृत्यु घटना त्यहाँका केही जनप्रतिनिधिलगायतका अगुवाहरूले गाउँमै गुपचुप पारेका छन् । हत्या जस्तो देखिने मृत्युलाई लुकाइएको हो । प्रहरी समेत रमिते बनेको छ । शव दाहसंस्कारपछि मात्रै यसको छानबिन थालिएको छ ।
सम्पत्तीको लोभमा हत्या भएको आशंका छ । परिवारकै सदस्य संलग्न भएको स्थानीयको आरोप छ । प्रहरीले अझै गतिलो छानबिन थालेको छैन । असार ३१ गते दिउँसो घर नजिकै गोठमा मृत फेला परेको भनिएका छत्रकोट गाउँपालिका –५ , साविक खज्र्याङ्ग गाविसको अज्र्याङ्गवासका ६८ वर्षीय नरबहादुर बुचाको मृत्यु घटना त्यहाँका जनप्रतिनिधिहरूले गाउँमै गुपचुप पारेका हुन् । त्यस गाउँमा झण्डै ४५ घरधुरी बुचा थरका मगर समुदाय बसोबास गर्दछन् । उनीहरूले बुचा समाज गठन गरेका छन् । त्यस समाजका अध्यक्ष रामबहादुर बुचा हुन् । त्यस बुचा समाजमा जो कोहीको मृत्यु हुँदा पहिला शव हेर्ने र क नम्बरका मलामीको लिस्टमा उनै अध्यक्ष बुचा हुने चलन छ ।
तर नरबहादुरको मृत्यु हुँदा उनलाई बोलाइएन । ‘साँझ ६ बजेअघि नै त्यस वडाकी वडा सदस्य निर्मला कुँवर झेंडी, तुलबहादुर बुचा र रामबहादुर सिंजाली त्यस घरमा जम्मा भई आपसमा सरसल्लाह गरी माधव बुचा, महेन्द्र बुचा, रूद्रा बुचा, कुशल बुचालाई बोलाएर मृतकको शरीरलाई गोठबाट यता घरतिर लिएर आउनुस हामीले सबै कुरा मिलाई सकियो भने, उनले विस्तृत बताए । अध्यक्ष रामबहादुर बुचालाई साँझ ८ बजेसम्म पनि थाहा नदिएपछि उनी रिसले चुर हुँदै मृतकको घरमा पुगेर मैले खोलेर लास हेर्छु भन्न पुगे । उनले लास खोलेर हेर्छु, नहेरेसम्म लास उठाउन दिन्न भने । उनीहरूले लास खोलेर हेर्न दिन्नौं, बरू तलाई पनि मारेर दुई वटा लास बनाएर लैजान्छौं भनेर धम्काएको बुचा बताउँछन् ।
तिनै व्यक्तिहरूले मृतक नरबहादुरको शरीरलाई रसीबाट उतारेर घरमा ल्याई लासलाई पूर्णरूपमा कपडाले लपेटी बाँधेर राखियो । पछि गाउँका केही व्यक्तिलाई बोलाइयो र रातको करिव ११ बजेतिर लासलाई गाउँकै महेश र बैकुण्ठ भन्ने व्यक्तिको जीपमा राखेर अन्त्यष्टिका लागि रिडी हिंडालियो ।
अध्यक्ष बुचा र उनकी श्रीमती करिव ५ किलो मिटर दुरीमा रहेको खज्र्याङ्ग प्रहरी चौकीमा राति नै पुगेर मौखिक उजुरी गरे । तर विभिन्न जनप्रतिनिधिसहितका मानिसहरूले बुचा दम्पत्तीलाई दबाब दिएर लास जलाउन मञ्जुर छु भन्ने कागजात गराइएको छ ।
त्यस चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक तिलकबहादुर नेपाली भन्छन्–‘ पहिला रामबहादुर बुचाको फोन आयो, उनको कुरा बुझिएन र मैले वडा सदस्य निर्मला कुँवर झेडीलाई फोन गरेर सोधे, र हामी आउँछांै भनेर भने । तर उहाँले नसाको औषधी खाई रहने नरबहादुरको हृदयघातबाट मृत्यु भएको , आउन पर्दैन भनेपछि विश्वासमा परियो ।’
पछि रिडीमा लगिएको शव अरूले हेरेपछि शंकास्पद भनियो र मैले रिडीको बसपार्कमा डिउँटी गर्ने एक जना हवल्दारलाई फोन गरेर बिहान ५ बजेसम्म रोके तर पछि जताततैबाट दबाब आएपछि लास जलाइयो ।’ उनले ईलाका वा जिल्ला प्रहरी कार्यालयमा त्यस घटनाको जाहेरी गर्न खोज्दा खोज्दै मलामीहरूले जबरजस्त लास जलाएर गल्ती भएको स्वीकार गरे ।
लास खोलेर हेरेपछि बल्ल थाह पाए मलामीहरूले
रिडीमा पुगेर लास खोलेर हेर्ने क्रममा नरबहादुरको टाउँको जता फर्कायो उतै फर्किने गरे डोरीले बेस्सरी कसेर निलाम्मे र गहिरो डाम बसेको अवस्थामा फेला परेपछि सुरुमा लास बाँध्नेहरूले बाहेक अन्य मलामीले थाह पाए ।
मृतकको गहिरो डामसहितको फोटा मलामी जाने मध्येका माधव बुचाले फेशबुकमा राखेपछि गाउँमा सनसनी फैलियो । अध्यक्ष रामबहादुर बुचाले आशंका गरेको कुरा सही रहेछ भनेर भन्न थालियो । त्यसयता बुचा समाजको तीन पटक बैठक बस्यो । ३६ घरधुरीले सही छापा गरेरै घटनाको छानविन हुनु पर्ने माग गर्दै आएका छन् । घटना गाउँमै दबाएको भन्दै बुचा समाजले यस समाचार दातालाई गाउँमै बोलाए । त्यहाँ पुग्दा त्यहाँका दर्जनौ मानिसहरू चौरमा जुटेर सुरुमा लासलाई बाँधेर छिमेकीहरूलाई हेर्न नदिनेहरूसंग जवाफ माग्न थाले । वडा सदस्य निर्मला कुँवर झेडीले सुरुमा कसरी मृत्यु भयो ? भनेर सोध्धा लडेर मृत्यु भयो भनेर किन झुटो बोलेर गाउँबासीलाई गुमराहमा पारेको भन्दै घेरेर सोध्न थाले ।
मृतककी बुहारी मनु बुचाले कति बेला गोठमा झुण्डिएको त कति बेला गोठ नजिकै लडेको अवस्थामा देखेको भन्ने जवाफ दिए पछि घटना थप रहश्यम बनेको गाउँबासीको भनाई छ ।
रूद्रबहादुर बुचा भन्छन्–‘हामी पुग्दा त्यहाँ रहेका ६÷ ७ जना मानिसहरूले लास बाँधेर राखेका थिए । कसरी मृत्यु भयो भनेर सोध्धा लोटेर मृत्यु भयो भन्थे । होला भन्ने ठानेर मलामी गइयो । रिडी पुगेर हेर्दा मृतकको घाँटीका नसा–हड्डी नै भाँचिने गरी डोरी कसिएको रहेछ ।’ उनले नरबहादुर झुण्डिएर आत्मा हत्या गरेको कुरा पत्याउन नसकिने बताए । छिमेकी भिमकली बुचाले के भएर मृत्यु भएको हो र ? भनेर सोध्धा वडा सदस्य निर्मलाले चक्कर आएर भुँईमा लडेर मृत्यु भएको भनेको बताएकी थिइन् ।
मृतकको घर परिवारलाई तल सल्लेरीका भनिन्छ । तल सल्लेरीका नरबहादुर लोटेर मरेको भनेपछि आफूहरूलाई पत्यार नगलागेको उनले बताइन । नरबहादुरले आत्माहत्या गरेर मरेको त हुँदै नभएको उनको भनाइ छ । ‘त्यस घरमा झगडा भइरहन्थ्यो । असार २० गते धुमधाम झगडा भएको देख्ने सुन्ने अर्की महिला ईन्द्रकला बुचा हुन् । उनी भन्छिन्– ‘म असार २० गते त्यस घरमा जाँदा धुमधाम झगडा थियो । झुण्डिएर मरेको त हुँदै होइन । घटनालाई दबाउन खोजियो ।’
मृतकका जेठा छोरा थम्मन बुचा निकै सोझो स्वभावका छन् । उनले आफूलाई केही थाह नभएको बताए । बुचा समाजकी सदस्य मायाँ बुचाले बुचा परिवारमा जो कोही मर्दा पनि समाजका अध्यक्ष रामबहादुर बुचालाई पहिलो शव देखाउने चलन रहेको तर नरबहादुरको मृत्यु हुँदा नबोलाइएको बताइन् । मृतकका कान्छा छोराले पनि बाबु गोठमा झुण्डिएको देखेको बताउँछन् । बाबुको शव व्यवस्थापनका लागि सुरु मै उनी बाँस काट्न हिंडेको प्रत्यक्षदर्शीले बताए ।
प्रशस्त पैसावाला थिए नरबहादुर
बिसौं वर्षसम्म भारतको एक प्रतिष्ठित शैक्षिक संस्थामा झण्डै मासिक एक लाख रुपैयाँ तलब खाने नोकरी गरेका नरबहादुर बुचा डेढ वर्ष अघि घर आएका थिए । प्रशस्त पैसा कमाएका उनले आफूले नोकरी गरेको त्यस संस्थामा पेन्सन मिलाउँदै थिए । उनले बुढो घर अगाडि आधुनिक शैलीमा कोठै कोठा भएको भब्य घर बनाएका थिए ।
त्यस घरदेखि करिव ५ सय मिटर दुरीमा गोठ छ । त्यस गोठको भ¥याङ्गको कोखमा रहेको फल्याकमा झुण्डिएको अवस्थामा देखेको बुहारी मनु बुचाले बताउँदै थिईन् । उनले त्यसो बताउँदै गर्दा छिमेकी महिलाहरूले त्यस दिन तिमीले यी यो ठाउँमा पल्टेर मरेको भनेको होईन ? भनेर प्रश्न गर्दै थिए ।
खज्र्याङ्ग प्रहरी चौकीमा त्यस राति लास जलाउन भनेर रोक्न गएका समाजका अध्यक्ष रामबहादुर बुचालाई त्यहाँ पुगेपछि सबैले दबाब दिएपछि लास जलाउन बाध्य भएर मञ्जुर भएको कागज पत्र गराइएको बताउँछन् । वडा सदस्य निर्मला कुँवर झेंडीले आफूलाई पोष्टमार्टमको झन्झड नगरी दिनुस् भनेर परिवारले भनेकोले झुण्डिएर मरेको कुरा प्रहरीलाई नभनेर लास उठाइएको तर अहिले त्यस्तो गर्न नहुने रहेछ भन्ने अहिले आफूलाई लागेको बताईन् ।
गाउँबासीले भने वडा सदस्यसहित सुरुमा पुग्ने तीन जनाले झुण्डिएर आत्महत्या गरेको भए त्यसको तस्वीर देखाउँदै सत्य तथ्य जानकारी दिनु पर्ने माग गर्दै आएका छन् । सोमबार समाजका अध्यक्ष रामबहादुर बुचाले घटनाको छानविन गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका छन् ।
निमित्त जिल्ला प्रहरी प्रमुख डीएसपी पुर्षोत्तमप्रसाद पाण्डेले उनीबाट ठाडो उजुरी परेको सम्बन्धित सबै पक्षलाई बोलार सोधपुछ गर्ने बताए । ‘यस घटनाबारे हामीलाई पहिल्लैदेखि थाह छ,’– डीएसपी पाण्डेले भने –‘सुरुमा प्रहरीलाई गलत सूचना दिइयो ।