जीविकाको चिन्ता : बुटवलको नयाँगाउँमा ठेलामा हरियो मकै र छोरो राखेर डुलाउँदै एक महिला । कोरोना महामारीपछिको आर्थिक संकटले विपन्न परिवारलाई कष्टकर पारेको छ । मजदुरी समेत नपाउँदा नागरिकहरू बिहान बेलुका छाक टार्न नसक्ने अवस्थामा पुगेका छन् । पछिल्लो समय मजदुरी, उद्योग, करखानाबाट विस्थापित भएकाहरूले ठेलामा कृषि उपज बेचेर गुजारा चलाउने गरेका छन् । यो व्यापार पनि चुनौतिपूर्ण बन्दै गएको छ । तस्वीर : शिवलाल सुवेदी-दैनिक लुम्बिनी