गौरीशंकर जयसवाल
परासी
पश्चिम नवलपरासीमा राष्ट्रिय परिचयपत्र दर्ता विवरण अभियान बिहीबारदेखि सुरु हुने भएको छ ।
पश्चिम नवलपरासीमा जिल्लामा पहिलो पटक राट्रिष्य परिचयपत्र दर्ता विवरण अभियान सुरु हुने भएको हो ।
राट्रिष्य परिचयपत्र दर्ता पञ्जीकरण विभागले आयोजना गरेको राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता तथा अभियानसम्बन्धी अन्तक्र्रियाका जानकारी दिँदै विभागकी निर्देशक विनिता भट्टराईले सबैे नागरिकलाई घरदैलोमा र सहज रूपमा सेवा पु¥याउने उद्देश्य अनुरूप पश्चिम नवलपरासीको सात वटै स्थानीय तहमा सञ्चालन हुने जानकारी दिए ।
उनको अनुसार सात वटै स्थानीय तहहरूको प्रत्येक वडा वडामा विवरण संकलन कार्य गर्ने बताइन । जिल्लामा सबैभन्दा पहिलो बर्दघाट नगरपालिकाबाट सुरु गरिने भट्टराईले बताइन । यो अभियानमा १६ वर्ष माथिका सबै नागरिकहरूको व्यक्तिगत विवरण संकलन कार्य हुने बताइएको छ । यो अभिायन १३ जिल्लामा सकिएको र अब १५ जिल्लामा अभियान सञ्चालनमा रहेको विभागले जनाएको छ ।
नागरिकले सामाजिक सुरक्षा भत्ता, बिजुलिको बिल तिर्न खानेपानीको महशुल तिर्न, कर तिर्न, बंैक खाता खोल्न, हरेक किसिमका निजी तथा सरकारी क्षेत्रबाट पाउने सेवासुविधा लिनको लागि राष्ट्रिय परिचयपत्र कार्डको महत्व रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विनिता भट्टराई जानकारी दिइन ।
जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता विवरण तयार गर्ने ४५ वटा केन्द्र तोकिएको उनले बताइन । एक वाडमा जनतालाई पायक र आवश्यकताका आधारमा १ देखि ६ वटा स्टेशन रहने छन् । अभिायन सञ्चालनको लागि आवश्यक जनशक्ति र उपकरणसहित पश्चिम नवलपरासीमा टोली तयारी अवस्थामा रहेको विभागले जनाएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले सबै पालिकामा यो अभियानलाई साथ र सफल पार्न महत्वपूर्ण योगदान रहेको भन्दै सबै मिली अभियानलाई सफल पार्न अग्रह गरेका थिए ।
यस्तै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले राष्ट्रिय परिचय पत्रमा व्यक्तिका सबै कुराहरूको विवरण उल्लेख हुने हुँदा यो कार्यक्रम महत्वपूर्ण हुने भएकाले यसको कार्यान्वयन गर्न र यसलाई सफल पार्न सबै लाग्नुपर्ने जोड दिएका थिए ।