सन्तोष गहतराज
पाल्पा
पछिल्लो समयमा युवाहरूको विदेशमोह बढिरहेका बेला पाल्पाको रिब्दीकोट गाउँपालिकाका एक युवा सफल कृषक बनेर उदाहरणीय बनेका छन् ।
रिब्दीकोट वडा नं. ७ का जनक आचार्य खुर्सानी व्यवसायमा रमाउँदै आएका छन् । पेशाले शिक्षक रहेका आचार्यको यतिबेला बारीभरि खुर्सानी तयारी अवस्थामा छन् । जागर र मेहेनताका साथ आधुनिक प्रविधिको प्रयोग गरी कृषि उपजका कार्यमा लाग्न सके कृषिबाट राम्रो फाइदा लिन सकिने कुरालाई उनले प्रमाणित गरेका छन् ।
गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको खुर्सानी पकेट क्षेत्र कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट अनुदान प्राप्त भएपश्चात् उनले अहिले २ सय रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरेका छन् । आर्थिक वर्ष २०७७÷०७८ चैत महिलादेखि बिरूवा रोपण गर्न सुरु गरी हालसम्म १ लाख ३५ ओटा खुर्सानीका बिरूवा रोपण गरेको उनले बताए । दिउँसो विद्यालयको शिक्षण पेशामा ब्यस्त हुने र खाली समयमा खेतबारीको काममा ब्यस्त हुने गरेको बताउने आचार्यले गाउँका १५ जना व्यक्तिहरूको जग्गा प्रती रोपनी ६ सय रुपैयाँका दरले लिजमा लिएर खुर्सानी खेती सञ्चालन गरेको बताए । आगामी दिनमा अझै खुर्सानी खेतीलाई बिस्तारीकरण गरी नमूना कृषि फर्मको रूपमा विस्तार गर्ने उनले बताए ।
गाउँको प्रभात माविमा अस्थायी शिक्षकको रूपमा अध्यापन गराउँदै आएका आचार्यले आगामी भदौ महिनादेखि बिरूवा लगाउन सुरु गरी करिब ४५ हजार बिरूवा लगाउने लक्ष्य रहेको बताए । उमेरले ४४ वर्षका आचार्यको घरमा ६ जना परिवारका सदस्यहरू रहेका छन् ।
सानै उमेरदेखि नै कृषि कर्म गर्न मन पराउने बताउने आचार्यले हाल कृषि फर्ममा ५ जनालाई रोजगारी दिएको बताए । खुर्सानीमा समय समयमा विभिन्न रोगहरू देखा पर्ने भएकोले १ जना कृषि प्राविधिकसहित अन्य ४ जनालाई मासिक १५ देखि २० हजार तलब दिने गरी रोजगार प्रदान गरेको उनी बताउँछन् ।
ो खुर्सानी रहेका छन् । प्रती केजी २ सय ६० रुपैयाँमा खुर्सानीको बिक्री गर्ने गरेको बताउँदै यो सिजनमा करिब ५० लाखभन्दा धेरै कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
कृषक आचार्यले अहिले आफ्नो फर्ममा तयारी भएको खुर्सानी चाउचाउ उद्योगलाई बिक्री वितरण गर्ने योजना रहेको बताए । उनले भने–‘चाउचाउ उद्योगबाट खुर्सानी खरिदको कुरा आएको छ, अब सम्झौता गरी बिक्री गर्ने योजनामा छु ।’ आफ्नो गाउँ ठाउँमा खाली रहेका जग्गा जमिनलाई सदुपयोग गरी आधुनिक कृषि प्रणाली अपनाई कृषि कर्ममा लाग्न पाउँदा आफू खुशी रहेको बताउने आचार्यले बैदेशिक रोजगारीमा भौतारिएका युवा शक्तिहरूलाई आफ्नै देशको माटोमा पसिना बगाई स्वदेशमा नै उत्पादनमूलक कार्य गर्न सुझाव दिन्छन् ।
कृषिमा लगनशिलता र आधुनिकीकरण नहँुदा कृषि व्यवसायहरू सफल हुन सकेका छैनन् त्यसैले लगनशिल र व्यवसायिक मुलक कृषि कर्म गर्न सके कृषिबाट सोचेभन्दा धेरै प्रतिफल प्राप्त गर्न सक्ने आचार्यले बताए । फर्मबाट उत्पादन भएका खुर्सानीहरू गाउँपालिकाको मुख्य बजार हार्थोक बजार, तानसेनलगायत बुटवलसम्म पनि बिक्री वितरण हुने गरेको बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजनाअन्तर्गत गाउँपालिकाको समन्वय अनुदान प्राप्त गरी कृषि कर्ममा लाग्दा आफूलाई उत्साह मिलेको कृषक आचार्य बताउँछन् । आगामी दिनमा अझ यो कार्यलाई विस्तार गरी नमूना फर्मको रूपमा विकास गर्न आफू लागि पर्ने बताए ।
गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले गाउँपालिकालाई कृषिमा नमूना बनाउनका लागि पालिका अगाडि बढेको बताए । गाउँपालिकाले पालिकाका ८ वटै वडाहरूमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, गाउँपालिका र हेफरसँगको सहकार्यमा कृषि उपजका कार्यक्रम तथा गाउँपालिका आफै पनि कृषकहरूलाई आधुनिक कृषि उपजका कार्यहरूमा जोडी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि कार्यक्रमहरू सञ्चालन गरिएको बताए । नेपाललगायत रिब्दीकोटका धेरै जसो नागरिकहरू कृषि पेशामा आश्रित रहेकोले कृषिमा व्यवसायीकरण तथा आधुनिकरण नहँुदासम्म आम नागरिकहरूको जीवनस्तरमा सुधार नहुने हुँदा गाउँपालिकाले कृषकको मागका आधारमा बाख्रा पालन पकेट क्षेत्र कार्यक्रम, सुन्तला पकेट क्षेत्र कार्यक्रम, मौरी पालन पकेट क्षेत्र कार्यक्रम, अदुवा पकेट क्षेत्र कार्यक्रम, भंैसी पालन पकेट क्षेत्र, खुर्सानी पकेट क्षेत्र कार्यक्रम, टमाटर पकेट क्षेत्र कार्यक्रम, आलु पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
गाउँपालिका उपाध्यक्षले आचार्यको फर्मको अवलोकन गर्दै गाउँपालिकाले प्रदान गरेको अनुदानको सदुपयोग गर्दै नमूना कार्य गर्न सफल भएकोमा शुभकामना दिए ।