लुम्बिनी संवाददाता
नवलपुर
न्यायिक समितिबाट हुने न्यायिक निरूपणमा स्थानीयहरूको विश्वास बढ्न थालेपछि मध्यविन्दु नगरपालिकाको न्यायिक समितिमा मुद्दाको चाप बढेको छ ।
नगर उपप्रमुख ओमकुमारी महतोको संयोजत्वमा रहेको मध्यविन्दु नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७७÷७८ मा ८५ वटा मुद्दा फछ्र्यौट गरेको छ । आ.व. २०७६÷०७७ मा ६५ वटा मात्रै मुद्दा आएको न्यायिक समितिमा २०७७÷७८ दोब्बरभन्दा बढी मुद्दा परे । कुल एक सय २२ वटा मुद्दा परेको न्यायिक समितिमा ८५ वटा मुद्दा फछ्र्यौट हुँदा ३७ वटा मुद्दा प्रक्रियामा रहेको नगरपालिकाका मेलमिलाप सहजकर्ता सरिता केसीले बताइन ।
न्यायिक समितिमा आउने अधिकांश मुद्दामा दुवै पक्षलाई जित हुनेगरी मेलमिलाप गरिने भएकाले यसमा स्थानीयको विश्वास बढ्दै गएको केसीले बताइन । न्यायिक समितिमा आउने अधिकांश मुद्दाहरू पति पत्नि बीचको विवाद, पारिवारिक झगडा र जग्गा साँधसम्बन्धी विवाद हुने गरेको मध्यविन्दु नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक ओमकुमारी महतोले बताइन ।
‘अधिकांश मुद्दाहरू पारिवारिक नै हुन्छन्, कि त छिमेकीका, त्यसैले न्यायिक समितिमा आउने मुद्दाहरूमा छलफलमार्फत मेलमिलाप हुने गरेको छ,’ न्यायिक समिति संयोजक महतोले भनिन्–‘२०७६÷०७७ मा यहाँ मेलमिलापन हुन नसकेका पाँच वटा मुद्दा अन्य निकायमा पठाएको थियौं । यो पटक ८५ वटा मिलायौं, ३७ वटा प्रक्रियामा छन् । अन्य निकाय पठाएको छैनौं ।’ न्यायिक समितिलाई प्रदान गरिएको अधिकार क्षेत्र भन्दा बाहिरका मुद्दाहरूमा समेत न्यायिक समितिमा उजुरी दिन आउने गरेको मेलमिलाप सहजकर्ता केसीले बताइन । त्यसरी आएका मुद्दालाई सम्बन्धित निकायमा जानका लागि सुझाव दिने गरेको उनले बताइन ।
केसीका अनुसार आ.व. २०७७÷०७८ मा पति पत्नि बीचको विवादका ३९ वटा मुद्दा परेकोमा ३१ वटा मेलमिलाप भएको छ भने ८ वटा प्रक्रियामा रहेका छन् जसमध्ये दुई जना सम्पर्कमा नआएको र एक वटा विदेश गरेका छन् । त्यस्तै परिवारिक विवादका आठ मुद्दामा पाँच वटा मेलमिलाप हुँदा तीन वटा प्रक्रियामा, जग्गा साँधसम्बन्धी विवाद ३५ वटामा २४ वटा मेलमिलाप हँुदा ११ वटा प्रक्रियामा रहेका छन् जसमा दुई वटा सम्पर्कमा नआएको र एक वटा आफै मिलेको केसीले बताइन ।
लेनदेनसम्बन्धी विवादका पाँच वटा मुद्दामा चार वटामा मेलमिलाप हुँदा बाँकी रहेको एक वटामा आफै मिलेको केसीले बताइन । बाटोको विवादका आठ वटा मुद्दामा चार वटामा मेलमिलाप हँुदा चार वटा प्रक्रियामा, प्रदुषण फैलाएको ६ वटा मुद्दामा चार वटामा मेलमिलाप हुँदा बाँकी रहेका दुई वटा मुद्दामा दुवै पक्ष सम्पर्कमा आएका छैनन् । पोखरीसम्बन्धी एक वटा मुद्दा मेलमिलाप, खानेपानीसम्बन्धी विवाद दुई वटामा एक वटा मेलमिलाप एक वटा प्रक्रियामा, साधमा बिरूवा लगाएको ६ वटा मुद्दामा पाँच वटामा मेलमिलाप हँुदा एक वटा आफै मिलेका छन् ।
कुलोसम्बन्धी पाँच वटा मुद्दामा एक वटा मेलमिलाप हँुदा चार वटा प्रक्रियामा रहेका छन् सो मध्ये दुई वटा मा आफै मिलेको केसीले बताए ।
घरसम्बन्धी एक वटा मुद्दामा दोस्रो व्यक्तिको ठेगना थाहा नभएको, जेष्ठ नागरिकसम्बन्धी विवाद एक वटा परेकोमा मेलमिलाप, गालिबेइज्यतसम्बन्धी विवाद दुई वटा परेकोमा दुवैमा मेलमिलाप, पोल्टी फर्मको एक वटा विवादमा मेलमिलाप, आलि धुर विवाद एक वटामा मेलमिलाप र बलेसीको पानी झारेको विवाद एक वटा प्रक्रियामा रहेका छन् ।