रामजी ज्ञवाली
सर्वाेच्च अदालतले यही गत असार २८ गते सोमबार प्रधानमन्त्री केपी ओलीद्वारा दोस्रो पटक विघटन गरिएको संसदलाई अवैधानिक भनी बदर गरी पुनस्र्थापना पनि गरिसकेको छ । साथै बहुदलको समर्थनको हैसियतले कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालार्ई सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विधिवत प्रधानमन्त्री पदमा नियुक्ति गरी दोस्रो दिन मंगलबार नै शीतल निवासमा संक्षिप्त समारोहबीच अन्य चार मन्त्रीहरुसहित सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ ग्रहण गराइसक्नु भएको छ। र, सोही दिन सबै मन्त्रीहरुले आआफ्नो विभागीय र पदीय जिम्मेवारी समेत सम्हाली सक्नु भएको छ र संसदको बैठक समेत सुचारु भइसकेको छ । यसरी संसद पुनस्र्थापना भएपछि प्रधानमन्त्री केपी ओली स्वतः पद मुक्त हुनुभएको छ ।
यसरी निवर्तमान प्रधानमन्त्री केपी ओलीद्वारा दोस्रो पटक गरिएको संसद विघटनका कारणले स्वतः पदमुक्त हुनु परेकोले सर्वाेच्च अदालतको यस निर्णयलाई उल्टै अवैधानिक र पूर्वाग्रही भनी प्र्रधानन्याधीश र अदालतप्रति तीब्र्र आक्रोश व्यक्त गर्नु भएको छ । यति मात्र होइन, बालुवाटार छाडेर आफ्नो पुरानो निवास बालकोटमा विदाइ भएर जाँदा समेत र देशबासीका नाममा सम्बोधन गर्दा पनि आफूलाई षड्यन्त्र गरी निकालिएको भनेर आफ्नै पार्टीका वरिष्ठ नेताहरुलाई समेत आक्रोश पोख्दै एमालेका युवा शक्तिहरुलाई यस्तो षड्यन्त्रकारी भूमिका निर्वाह गर्ने पक्षलाई सशक्त रुपले प्रतिवाद र परास्त गर्न तयारी रहन समेत कडा निर्देशन दिनुभएको छ । यसरी आफूले अनायाश कुर्सी छोड्न परेका कारणले रिसले गर्दा होला निवर्तमान प्रधानमन्त्री केपी ओलीले सर्वाेच्चको यस निर्णयप्रति मलाई चित्त नबुझे पनि संविधान र विधिविधानहरुको रक्षाका लागि सर्वाेच्चको यस निर्णयलाई सम्मान गर्छु भनेर औपचारिक पनि देखाउन सक्नु भएन । अनि रिसका कारण नव नियुक्त सम्माननीय प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा उपस्थित पनि हुनु भएन र उहाँलाई फोनमार्फत बधाई दिने औपचारिकता पनि निभाउन सक्नु भएन । बरुतै उहाँले उल्टै यस परिघटनालाई बदला लिने प्रतिशोध राख्नु चाहेको जस्तो बुझिन्छ ।
हुन त, चाहे हालको सर्वाेच्चको निर्णय होस, राष्ट्रपति कार्यालयको होस् वा कुनै पनि आदेशलाई हार्दिक स्वागत गर्नेर आफू अनुकूल नआउने निर्णयलाई तीब्र विरोध गर्ने प्रचलन प्रायः म, हामी सबैको नै हो र विगतको परम्परा पनि हो । त्यही भएर संसद पुनस्र्थापनाको आदेश जारी हुँदा तत्कालै सत्ता पक्षधरहरुले यस निर्णयलाई अमान्य र पूर्वाग्रही भनेर माइती घर मण्डलामा अदालत र प्र्रधानन्याधीशको कडा आलोचना र विरोध प्रदर्शन गर्न थाले भने, प्रतिपक्षहरु यस निर्णयलाई सही भन्दै विजयी उत्सव मनाउन थाले । यो स्वाभाविकै प्रचलन हो । फरक यति मात्र हो कि, यस्ता राजनीतिक प्रदर्शनहरुमा असन्तुष्ट राजनीतिक पार्टीहरु जति सहभागी हुन्छन्, उति सर्वसाधारण जनताहरु हुँदैनन् ।
यद्यपि यो सर्वाेच्चको निर्णयले व्यक्तिभन्दा देशको संविधान, विधिविधान, प्रणाली, पद्धति र सुशासनलाई मान्यता र सम्मान प्रदान गरेको छ । संविधानभन्दामाथि कोही पनि हुन सक्दैनन् भन्ने लोकप्रिय सन्देश प्रवाह गरेको छ । र, हालको सन्दर्भमा यो समग्र परिघटना हामी कसैलाई चित्त बुझे पनि नबुझे पनि अत्यन्त सही र न्यायोचित छ । अनि अदालत र न्यायपालिकाप्रति पुनः आम देशबासीको विश्वास अझै बढेको छ । तर, यस सकारात्मक पक्षसँगै अर्काे निराशाजनक प्रश्न के उलिएको छ भने, यो नवनिर्मित सरकार यद्यपि, संवैधानिक विधि विधान र प्रक्रियाद्वारा नै निर्माण भएको भएतापनि साविक प्रधानमन्त्री केपी ओलीलाई जे जसरी भए पनि सरकार एवं प्रधानमन्त्रीबाटै हटाउनैपर्छ भन्ने एक प्रकारको बदला लिने उद्देश्यले आफ्नै पार्टीका कतिपय नेताहरुले अन्य असन्तुष्ट पक्षहरुसँग साँठगाँठ गरी अप्राकृतिक रुपले प्रतिपक्षीका नेता कांग्रेस सभापति देउवालाई ढाल बनाएर आफ्ना स्वार्थ र आक्रोश पूरा गराउनका निमित्त यस्तो नाटकीय षड्यन्त्र गरिएको भन्ने कुरा सहजै बुझ्न सकिन्छ । एमालेका अध्यक्ष एवं आफ्नै पार्टीका प्रमुख नेता आफ्नै नेताहरुबाट यस्तो षड्यन्त्रकारी योजना बनाउनलाई कदापि न्यायोचित भन्न सकिंदैन । यदि, सबै राजनीतिक पार्टी र नेताहरुले यस्तै परम्परालाई अनुशरण गर्दै जाने हो भने हाम्रो खल्बलिएको स्वार्थमुखी राज्यव्यवस्था पनि कहिल्यै सुध्रिन सक्ने छैन ।
अझ यो नाटकीय प्रपञ्चका साथै अर्काे आश्चर्य र रहस्यको प्रश्न भनेको नेपाली कांग्रेसले हिजोसम्म आफ्नो पार्टीलाई सच्चा लोकतन्त्रको प्रणेता, संविधानको पालक र जनता र राष्ट्रियतालाई संरक्षण गर्ने पार्टी हो भनेर वकालत गर्दै आइरहेको थियो । तर, अहिले जस्तो दुषित र अस्थिर राजनीति पार्टी र नेताहरुबीचमा कुर्सी र सत्ताका लागि एक आपसमा तानातानी भइरहेको असहज अवस्थामा हामी कुनै हालतमा पनि गठबन्धन सरकारमा सहभागी हुन्नौं र नेतृत्व पनि लिन्नांै भन्ने सस्तो लोकप्रियता र आदर्श देखाउने काँग्रेस आज कुर्सी र सत्ताको प्रलोभन अनि पार्टीकै दबाबका कारण प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्न छाडेर नेता शेरबहादुरलाई सरकारको नेतृत्व गर्न राजी गराइयो । कांग्रेसको यो स्वार्थमुखी द्वैैध चरित्र पनि उत्तिकै चर्चित छ । जुन नेतृत्वले आफ्नै पार्टीलाई समेत मिलाएर लैजान नसकेर आफ्नै पार्टीबाट बराबर आलोचित भइरहेका नेतृत्वले अझ यस्तो अराजक र अन्यौलग्रस्त वातावरणमा सरकार र देशलाई के कसरी चलाउन सक्लान् भने देशबासीको प्रश्न छ । आम देशबासीको प्रधानमन्त्री देउवाप्रति यो प्रश्न पनि छ कि, उहाँ चार–चार पटक देशको प्रधानमन्त्री भइसक्नु भयो । र, अहिले उहाँले काकतालीवस ५ औैं पटकको प्रधानमन्त्री पाउने शुभ अवसरसमेत पाउनुभएको छ । तर, उहाँले यस अघि ४–४ पटकसम्म प्रधानमन्त्री जस्तो शक्तिशाली पद पाउँदा पनि जनता र देशका निमित्त केही कल्याणकारी र उल्लेखनीय काम गर्न सक्नु भएन भने अहिले झनै बिग्रिरहेको राजनीतिक माहौलमा सरकार र देशलाई कसरी चलाउन सक्नुहोला भन्ने देशबासीको चिन्ता हो ।
एकातिर जब पार्टी अध्यक्ष केपी ओलीले आफूलाई प्रधानमन्त्री र सरकारबाटै हटाउने सन्दर्भमा आफ्नै पार्टी र अन्य असन्तुष्टि पार्टीहरुलाई जे जति आरोप, आक्षेप लगाए पनि, आफ्नै पार्टीका सहकर्मीहरुलार्ई पनि मिलाएर लैजान नसक्नु, आफ्नै सहकर्मीहरुले मलाई कामै गर्न दिएनन भनेर बाहिर–बाहिर गुहार माग्दै हिंड्ने, आफ्नै पार्टीका वरिष्ठतम पदाधिकारी तथा कार्यकर्ताहरुसँग आपसी समझदारी नगरिकन स्वेच्छाचारी रुपले आफूलाई जे मन लाग्यो त्यही काम गर्ने । अनि म संविधानभन्दा पनि माथिको सर्वाेच्च अधिकारी हुँ जस्तो गरी हरेक क्षेत्रमा अनाधिकार रुपले हस्तक्षेप गर्न खोज्ने इत्यादि आफ्नै असंवैधानिक र कमीकमजोरीले गर्दा अरुको कारणले नभई आफ्नै कारणले सरकारबाट वहिर्गमन हुनु परेको कुरा यथार्थै हो । यो पनि हो कि, एक शक्तिशाली सरकार र देशको प्रमुख संरक्षक र अभिभावक भएको नाताले यस परिघटनाको प्रमुख दोष स्वयं निवर्तमान प्रधानमन्त्रीमै जान्छ । साथसाथै भागवण्डा अनुसार १÷१ मात्रा गरी आफ्नै पार्टीका पदाधिकारी लगायत अन्य विविध पक्षहरुसहित हामी मतदाता र आम देशबासीहरुको पनि मात्रा अनुसारको आंशिक दोष देखिन्छ । किनकि, यथा समय–समयमा सरकार र नेतृत्वलाई होशियारी र सशक्त खबरदारी गर्न सकेनौं ।
हुन त, कुनै पनि देशभक्त प्रधानमन्त्रीहरुले जनता र देशको अहितभन्दा हित र कल्याण नै चाहन्छन् । देश सदैव सुखी र समृृद्धि होस भन्ने चाहन्छन् नै । त्यसैगरी निवर्तमान प्रधानमन्त्री केपी ओलीले पनि त्यही भावना अनुसार ‘सुखी नेपाली समृद्ध नेपाल’ नामक नारा घोषणा गर्नुभएको तथ्य पनि सर्वविदितै छ । उहाँको यस्तो विशुद्ध भावना हुँदाहुँदै पनि उहाँको स्वेच्छाचारी कार्यशैली र पदीय अहंकारले गर्दा आज यो दुःखद परिस्थिति सिर्जना भएको हो । तर, अझै पनि राजनीतिमा सक्रिय हुने उहाँको विचार छ । त्यही भएर विदाई हुने क्रममा केपी ओलीले ‘कालो बादललाई चिरेर यथासमयमै प्रकाशमय सूर्य फेरि पनि उदाउन सक्नेछ भन्ने’ उद्घोष पनि गर्नुभएकाले उहाँको यो उद्घोष सफल होस् हाम्रो पनि शुभकामना !
जे होस् नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा संवैधानिक विधिद्वारा विधिवत नियुक्ति हुनुभएकाले । आफ्नो छोटो पदीय कार्यकालमा जनअपेक्षा अनुसार काम गर्न नसके पनि देशको प्रमुख आवश्यकता र प्राथमिकताका आधारमा सबै दल एवं पक्षहरुसँग आपसी समझदारी गरी सर्वप्रथम संविधान, विधि विधान, पद्धति र प्रणालीको रक्षा । कोभिडलाई नियन्त्रण गरी देशबासीको रक्षा । देशमा शान्ति सुरक्षा कायम । हाम्र्रा अतिक्रमित भू–भाग र मिचिएका ‘कालापानी’ लाई फिर्ता गराउने सशक्त पहल र छिमेकी लगायत सबै मित्र देशहरुसँग सन्तुलित रुपको मैत्री सम्बन्ध कायम गर्न सक्नुभयो भने देशका निमित्त यही नै ठूलो सेवा हुनेछ । यहाँको कार्यकाल सन्तोषजनक हुन सकोस् यहाँप्रति यही शुभकामना !
अन्त्यः यो सरकार परिवर्तनको परिघटनामा सर्वाेच्च अदालतको यो निर्णय हामी कसैलाई चित्त बुझे पनि नबुझे पनि संविधान ऐन, कानून, प्रणाली र समग्र देशबासीको विजय भएको छ । न्यायपालिका र अदालतप्रति आम देशबासीको विश्वास बढेको छ । निश्चय पनि यो निर्णय ऐतिहासिक हुनेछ र यस्तो जटिल न्याय सम्पदान गर्ने एक कुशल, साहसिक र इमान्दार सम्माननीय प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराप्रति न्यायप्रेमी समग्र देशबासीको हार्दिक धन्यवाद । यही कार्य सम्पादनलाई नै ‘सर्वाेच्चको निर्णय न्यायोचित’ भनिएको हो ।
नागरिक जागरण अभियान, देवीनगर