नरेश के.सी
भैरहवा
सर्वसाधारणले विद्युत् महसुल ६० दिनभित्र नबुझाए विद्युत् प्राधिकरणले बिजुलीको लाइन नै काटिदिने गर्दछ तर रूपन्देहीमा अर्बांै रकम बक्यौता हुँदासम्म पनि कुनै कारबाही भएको छैन ।
विद्युत् प्राधिकरण भैरहवाको अनुसार रूपन्देही जिल्लामा अर्बांै रकम बक्यौता बाँकी रहेको छ । प्राधिकरणको अनुसार अर्घाखाँची सिमेन्ट उद्योगले १ अर्ब ११ करोड विद्युत् महसुल बापतको बक्यौता तिरेको छैन । यसैगरी जगदम्बा सिन्थेटिक्सले ४२ करोड ९८ लाख ८६ हजार, पञ्चकन्या स्टिल प्रालिको ९ करोड ९७ लाख ४७ हजार ३ सय ९९, सिद्धार्थ पेट प्लास्टको ४ करोड ३५ लाख, विशाल सिमेन्ट उद्योगको ४ करोड २८ लाख बाकी बक्यौता रहेको छ ।
यसैगरी घराना फुड्सको ४ करोड १८ लाख ६ हजार २ सय १, एभरेष्ट रोलिङको ३ करोड ५९ लाख, एसआर फुड्स प्रालिको ३ करोड १० लाख २१ हजार बाँकी बक्यौता रहेको छ ।
यसैगरी गोयन्का फुड्सको २ करोड ७७ लाख ६९ हजार रुपैयाँ, यशोदा फुड्स प्रालिको २ करोड ५२ लाख ३ हजार, सोना प्याकेजिंगको १ करोड ७० लाख, सोना पोलिमर्सको १ करोड ६२ लाख, फेरो स्टील प्रालिको १ करोड ६ लाख बाँकी बक्यौता रहेको छ ।
यसैगरी शुभलक्ष्मी पोलिमर्सको ६८ लाख ३५ हजार, नवनेपाल प्लाष्टिकको ७५ लाख २४ हजार विद्युत् महसुल बक्यौता रहेको छ ।
यसैगरी श्याम प्लाष्टिकको ८५ लाख ९ हजार, भलवारी स्वचालित चामल कारखानाको ५६ लाख ८६ हजार, एजी हेल्थ उद्योगको ४७ लाख १२ हजार, नेशनल रबर इन्डस्ट्रीजको १३ लाख ४१ हजार, जिबी टेक्सटाइल दुई उद्योगको ३८ लाख ९२ हजार, नारयण रबर उद्योगको ७ लाख ६७ हजार ५४७ र प्रीया प्याकेजिङको ६ लाख ८५ हजार ५ सय २२ बाँकी बक्यौता रहेको छ ।
विद्युत् उपभोग गरेबापत महसुलको बाँकी बक्यौता रकम नतिरी यतिबेला उद्योगीहरू शक्तिकेन्द्र धाउन थालेका छन् । उनीहरूले विद्युत् प्राधिकरणले आफूहरूलाई जानकारी नै नदिइ ट्रंकलाइनमा जोडिदिएर महसुल असुल्न थालेको आरोप लगाएका छन् ।
यता विद्युत् प्राधिकरणले भने भरौलिया अमुवा करिडोरका १५ उद्योगलाई वि.सं. २०७४ चैत्र १४ गते नै पत्र पठाएर सूचना दिएको बताएको छ । विद्युत् प्राधिकरणका अनुसार भरौलिया अमुवा ग्रीडका १५ उद्योग ०७४ चैत्र १४ गते, बुटवल भैरहवा ग्रीडका ५ उद्योग ०७२ साउनदेखि र बुटवल लुम्बिनी ग्रीडका ३ उद्योग ०७२ साउनदेखि ट्रङ्कलाइनमा जोडिएका हुन् ।
यता संसदको सार्वजनिक लेखा समितिको ०७७ चैत्र २२ गते सम्पन्न बैठकले एक महिनाभित्र विद्युत् महसुल बापतको बक्यौता रकम असुल्न सरकार र प्राधिकरणलाई निर्देशन दिएको छ ।
यसैगरी तत्कालिन उर्जामन्त्री टोपबहादुर रायमाझीको अध्यक्षतामा बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको ८५९ औं बैठकको ०७७ माघ ११ गतेको बैठकले पनि बक्यौता रकम सबै असुल्ने निर्णय गरेको छ ।
त्यतिमात्रै होइन विद्युत् प्राधिकरणले ०७८ असार ११ गते चालु असार मसान्त भित्र सबै बक्यौता रकम तिर्न उद्योगहरूलाई पत्र पठाएको छ । तर उद्योगीहरू रकम तिर्नुको साटो विद्युत् प्राधिकरणमा डेलिगेशन तथा दबाब दिइरहेका छन् ।
०७७ साउनदेखि विद्यूत नियमन आयोगले लोडसेडिङ्ग हटेको भन्दैं डेडिकेटेड र ट्रङ्क लाइन भनि फरक महसुल दर कायमलाई हटाएको छ ।
आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहको अध्यक्षतामा बसेको उक्त बैठकको निर्णयसंगै गत बर्षको साउन यताको ट्रङ्क लाइनको महसुल नजोडिएको प्राधिकरणको भनाइ छ । यता उद्योगिहरूले भने आफुहरूले ट्रङ्क लाइन नाममा प्राधिकरणले कायम गरेको महसुल नतिर्ने भन्दै अटेर गर्दै आएका छन् ।
विद्युत् प्राधिकरण भैरहवाका प्रमुख जितेन्द्र झाले महसुल नतिर्नेको नियमअनुसार लाइन काट्ने, बक्यौता रकम असुलीकोलागि कानूनी प्रक्रिया थालिने बताए ।
यता उद्योगीहरूले भने आफूहरू अन्यायमा परेको हँुदा अदालत जान थालेको बताएका छन् । अर्घाखाँची सिमेन्टका महाप्रबन्धक उद्धब कार्कीले भने–‘हामी अदालतमा गएका छौं , यसैले त्यहाँको आदेशपछि के गर्ने हो गर्छौं ।’

यी हुन् महसुल नतिर्ने उद्योग
अर्घाखाँची सिमेन्ट उद्योग १ अर्ब ११ करोड
जगदम्बा सिन्थेटिक्स ४२ करोड ९८ लाख ८६ हजार
पञ्चकन्या स्टिल प्रा.लि. ९ करोड ९७ लाख ४७ हजार
सिद्धार्थ पेट प्लास्टक ४ करोड ३५ लाख
विशाल सिमेन्ट उद्योग ४ करोड २८ लाख
घराना फुड्स ४ करोड १८ लाख ६ हजार
एभरेष्ट रोलिङ ३ करोड ५९ लाख
एसआर फुड्स प्रा.लि. ३ करोड १० लाख २१ हजार
गोयन्का फुड्स २ करोड ७७ लाख ६९ हजार
यशोदा फुड्स प्रा.लि. २ करोड ५२ लाख ३ हजार
सोना प्याकेजिङ १ करोड ७० लाख
सोना पोलिमर्स १ करोड ६२ लाख
फेरो स्टील प्रा.लि. १ करोड ६ लाख
शुभलक्ष्मी पोलिमर्स ६८ लाख ३५ हजार
नवनेपाल प्लाष्टिक ७५ लाख २४ हजार
श्याम प्लाष्टिक ८५ लाख ९ हजार
भलवारी स्वचालित चामल
कारखाना ५६ लाख ८६ हजार
एजी हेल्थ उद्योग ४७ लाख १२ हजार
नेशनल रबर इन्डस्ट्रीज १३ लाख ४१ हजार
जिबी टेक्सटाइल दुई उद्योग ३८ लाख ९२ हजार
नारायण रबर उद्योग ७ लाख ६७ हजार ५४७
प्रीया प्याकेजिङ ६ लाख ८५ हजार ५२२