सडकको दुर्दशा, यात्रुलाई सास्ती : बुटवल–११ बुद्धनगरबाट नहरपुर जाने सडकमा परेका खाल्डा र जमेको पानी । यो सडकको यस्तो हाल भएको महिनादिन भइसकेको छ । तर स्थानीय सरकारले सामान्य टालटुल समेत गर्न सकेको छैन । सडक हिंड्नै नमिल्ने गरी भत्किंदा दुई पांग्रे साधनहरू कैयौ पटक हिलोमै पल्टिएका छन् । बेलबास–बेथरी सडक निर्माण गरिरहेको कम्पनीको लापर्बाहीले समेत यो सडक हरिबिजोग भएको छ । तस्वीर : दैनिक लुम्बिनी