रुद्रपुर । रुपन्देहीको कञ्चन गाउँपालिकाको आ.व. २०७८÷०७९ का लागि गत असार १० गते प्रस्तुत बजेट बहुमतले पास भएको छ । गाउपालिकाका उपाध्यक्ष गोमा तरामुद्वारा गत असार १० गते सार्वजनिक गरिएको करिब ६३ करोड ३८ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट माथी जनप्रतिनिधिहरुद्वारा आवश्यक छलफल गरी सोमबार बहुमतले पास भएको हो ।
उपाध्यक्ष तरामुले चालुतर्फ २५ करोड २९ लाख ४० हजार रुपैयाँ (कुल बजेटको ३९.९१ प्रतिशत), पूँजीगततर्फ २४ करोड ५८ लाख ९५ हजार रुपैयाँ (कुल बजेटको ३८.७९ प्रतिशत) र सामाजिक सुरक्षातर्फ १३ करोड ५० लाख (कुल बजेटको २१.३० प्रतिशत) बजेट सार्वजनिक गरेकी थिइन् । उपाध्यक्षद्वारा सार्वजनिक गरिएको बजेट मध्ये शिक्षामा २ करोड ६ लाख ५० हजार रुपैयाँ, स्वास्थ्यतर्फ ६६ लाख ६० हजार रुपैयाँ, खानेपानी तथा सरसफाइमा २५ लाख ५० हजार रुपैया, संस्कृति प्रवद्र्धनमा २५ लाख ३० हजार र खेलकुद तथा मनोरञ्जन तर्फ ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । यस्तै लैंगिक समानता तथा सामाजिक समावेसीकरण तर्फ १५ लाख ५० हजार रुपैयाँ गरी सम्पूर्ण सामाजिक विकास क्षेत्रमा ३ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यसैगरी २ करोड ८ लाख रुपैयाँ कृषि तथा पशु क्षेत्रका कार्यक्रमहरुका लागि बजेट बिनियोजन भएको छ भने पर्यटन विकास कार्यक्रम र सहकारी विकासमा १६ लाख ५० हजार रुपैयाँ गरी सम्पूर्ण आर्थिक विकासका लागि २ करोड २४ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । यसैगरी आ.व. २०७८÷०७९को बजेटलाई सफल रुपमा कार्यान्वयन र राजस्व परिचालनका लागि संघ र प्रदेश सरकारसंग निर्भरहनु पर्ने बाध्यताको अन्त्य गर्दै आन्तरिक आर्थिक क्रियाकलापमा आधारित दीगो कर प्रणालीमा रुपान्तरण गर्दै जाने नीति तथा कार्यक्रमलाई समेत गाउँपालिकाले अगाडि सारेको छ ।