असारे चटारो : लुम्बिनी सांस्कृतिक नगरपालिका मंगलपुरका किसान धान बाली लगाउने चटारोमा । पानी परेपछि यो क्षेत्रमा धमाधम रोपार्इं भइरहेको छ । यो वर्ष किसानहरूले मलका लागि मरिहत्ते गर्नु परेको छैन । समयमै मल पाएपछि किसान खुसी छन् । तर धान पसाउने बेलामा मल नपाइने हो कि भन्ने चिन्ता छ । यस क्षेत्रमा सिँचाई सुविधा छैन । बर्खायाममा जम्मा भएको पानी र पम्पबाट निकालेको पानीले खेती हुन्छ । तस्वीर: दैनिक लुम्बिनी