लुम्बिनी संवाददाता
बुटवल । गत वर्ष पहिलोपटक नेपालमा भित्रिएको कोभिड–१९ का कारण लकडाउनले सबै क्षेत्र सुनसान थियो तर बक्सिङका चर्चित राष्ट्रिय खेलाडी मंगल राईको मन भने बेचन थियो ।
किनकी लामो समयदेखि किड््नीमा खराबी भएपछि भारतको सि.एम.आइ. हस्पिटलमा लकडाउनकै बेलामा उनको किड्नीको प्रत्यारोपण हुँदै थियो । तर बक्सिङ खेलकै कारण देशको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय रिङमा जमेका उनको मन जिन्दगीको महत्वपूर्ण समय बक्सिङ खेलको विकासका लागि खेलेर योगदान दिए पनि कतैबाट सहयोग र हौसल्ला नपाएकोमा खिन्न थियो र छ । जसोतसो जम्मा गरेको तीस लाखभन्दा बढी खर्च किड्नी फेर्दा भयो । ‘त्यसमाथि गत वर्षजस्तै अहिलेको कोरोनाको त्रासले झस्किरहन्छु, खेलाडी राईले मलिन स्वरमा दैनिक लुम्बिनीसंग भने – ‘यो देशमा खेलेर बाँच्न सक्ने अवस्था त अझै आएको छैन त्यै पनि खेलाडीहरू रोग र भोकसंग जुध्दा कसैले वास्ता नगर्दा मन अमिलो हुँदो रहेछ ।’
‘राईले पाकिस्तानको कराचि थाइल्यान्ड हुँदै इन्डोनेशियाका विभिन्न सहरमा आफ्नो खेल कौशल पस्केका थिए,’ उनलाई नजिकबाट सहयोग गरिरहेका बक्सिङ संघका जिल्ला अध्यक्ष राजु गुरूङले भने–‘कुरा मंगल राईको मात्र होइन यहाँ त विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको झन्डा फहराएका धेरै खेलाडीहरू रोग र भोकसंग जुधिरहेका छन् । यद्यपि पारिवारिक रूपमा केही अब्बल रहेका राईले हरेश भने खाएनन् ।’
किड्नीको प्रत्यारोपणपछि उनले दिनहँु ८ देखि ९ वटा औषधिका गोली निल्छन् ।
तै पनि अस्पतालको शैयामा बस्दा होस् या घरमा आराम गर्दा नै किन नहोस् अरू रोगसंग पनि जुधिरहेका उनी बक्सिङ खेलको विकासका लागि घोत्लिरहन्छन् ।
‘म अहिले बिस्तारै निको हँुदै छु, दैनिक ५÷७ किलोमिटर हिंड्छु पनि,’ कुनै समय बुटवलमा नाम चलेका मंगल राई भन्छन् – ‘खेलकुदमा लागेको व्यक्तिलाई खेलकर्ममै लागेकाहरूले के छ कसो छ भनेर नसोध्दा पीडा हुन्छ ।’
अहिलेसम्म न स्थानीय सरकार न प्रदेश सरकार कसैले पनि सम्बोधन गरेका छैनन् तै पनि पूर्वाधारको अभाव र कुशल प्रशिक्षकको अभावका बीचमा पनि जिल्लाको बक्सिङ विकासलाई ईट्टा थप्न योगदान गरेका छन् । उनले २०४४ सालदेखि नै जुनियर तथा सिनियर प्रतियोगितामा प्रथम स्थान हासील गर्न सफल भएका थिए । भारतबाट नेपाल आएका राई पञ्चायत कालमा राम्रो खेल खेलेको भन्दै तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहीले नागरिकताको सिफारीस गरेको स्मरण गर्दै राईले अबको समय जतीबाचे पनि बक्सिङ खेलको विकास र विस्तारमा लाग्ने दोहोराए ।
केही समय अघिसम्म बुटवलको मैनाबगरमा अटो व्यवसायसमेत गरेका उनलाई हाल फुटबलका शंकर मल्लाहाले सहयोग गरिरहेका छन् । ‘फुटबल र स्पोर्टस् भनेपछि हुरूक्कै हुने मंगल दाइ एउटा राम्रो खेलकर्मी हो,’ अखिल नेपाल फुटबल संघका तथा ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसीले भने – ‘राज्यले नै कुनै पनि खेलाडीहरूलाई खेल्दा मात्र होइन उसको अभाव र खेलाडीलाई राम्रोसंग हेर्ने नजरमा कमी आउन दिनु हँुदैन । जसले गर्दा आगामी दिनमा आउने नयाँ खेलाडीहरूलाई पनि हौसला मिलोस् ।’
आपूmसंग खेलेका खेलाडीहरू जो अहिले राजनीतिको उच्च तहमा छन् । (दलबहादुर राना, छबिलाल विश्वकर्माहरूलाई) सम्झदै जो जहाँ भएपनि खेलाडीहरूलाई सदैव सम्झना र सम्मानका लागि आवाज उठाइदिन आग्रह गरे ।