बुटवल । कोरोना भाइरसका कारण प्रभावित बनेका विपन्न परीवारहरुलाई बुटवलको पुरानो तथा चर्चित फुटबल क्लब गोर्खा ब्वाइज स्पोर्टस् क्लब र बुटवल सेरोफेरो हङकङको सयुक्त आयोजनामा राहत वितरण गरिएको छ । शनिबार बुटवल वडा नम्बर ७ दिपनगरको चमचम चोकमा वडाका विभिन्न एक सय पाँच परिवारलाई राहत वितरण गरिएको क्लबका निवर्तमान अध्यक्ष दिर्घबहादुर केसीले जानकारी दिए ।
यशोदा फुड्स प्रालि र हनी फुड्स प्रालि सहयोगी संस्थाको रुपमा रहेको राहत वितरण कार्यक्रममा टोल समितिको सिफारीसको आधारमा प्रत्येक परिवारलाई १५ केजी चामल वितरण गरिएको क्लबका अध्यक्ष बुद्धि गुरुङले बताए । चामलका अलाबा चिउरा, नुन, तेल, साबुनलगायत कम्तिमा एक परिवारलाई २० दिन पुग्ने गरी विभिन्न खाधान्न वितरण गरिएको थियो ।
खेलकुदसंगै सामाजिक काममा अग्रसर हँुदै दुःखको समयमा पीडा र अभावमा रहेका परिवारलाई थौरै भए पनि क्लबले राहत होस् भन्दै खाधान्न वितरण गरेको नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य समेत रहेका केसीले जानकारी दिए । क्लबले अपुग रहेका अन्य परिवारलाई पनि अर्को चरण राहत वितरण गर्ने र बुटवल सेरोफेरो हङकङ परिवारसहित सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।