चुनौतीपूर्ण बनेका गुल्मीका तीन हत्याकाण्ड
प्रेम सुनार

गुल्मी, जेठ –२९ ।
घटना नम्बर–१
मिति ः २०७७ भदौ–२२
समय ः बिहान ६. ३० बजे
स्थानः गुल्मीको इस्मा गाउँपालिका– २ छिनुवा स्थित न्यू भुमरी होटल
घटना ः २३ वर्षीय मोतीबहादुर कुँवर शरीरका विभिन्न भागमा चोटपटकसहित रक्ताम्मे र मरणासन्न अवस्थामा होटलको डहरमा मृत फेला
प्रहरीको निश्कर्ष ः अज्ञात व्यक्ति वा समुहबाट हत्या
घटना नम्बर–२
मितिः २०७७ माघ ३ गते
समय ः दिनको १.३० बजे
स्थानः रेसुङ्गा नगरपालिका –१४ पराल्मी रातमाटा
घटनाः स्थानीय ४९ तुलबहादुर बिक घाँस काट्न गएको बेला उनलाई अज्ञात व्यक्तिद्वारा भरुवा बन्दुक प्रहार गरी हत्या
घटना नम्बर–३
मिति ः २०७७ माघ २९ गते
समयः साँझ ९ देखि राति १२ बजेको बीच
स्थानः रेसुङ्ग नगरपालिका–३ भाडगाउँ
घटनाः त्यस साँझ ३ अपरिचित ३ जना ब्यक्ती आई अपहरण गरी लगे दोश्रो दिन प्रहरीलाई वयान दिएकी उनी सासुद्वारा तेश्रो दिन आत्महत्या । घटना थप रहश्यम, तर घटना महिनौं सम्म रहश्यकै पर्दा भित्र
यी हुन २०७७ साल भदौं २२ देखि माघ महिना सम्म माघ २९ सम्मका तिन ठुला हत्या काण्ड । तीन वटै घटनामा अपराधी फेला पार्न प्रहरीलाई हम्मे हम्मे परेको थियो ।
पछिल्लो हत्याकण्ड सम्झना हत्याकाण्डको रुपमा चिनिएको थियो । माघ २९ गते देखि बुहारी सम्झना बेपत्ता, दुई दिन पछि फागुन १ गते उनकी सासु घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला । घटना निकै रहश्यम रह्यो । सर्वसाधरण सरोकारवालाहरुलाई हिन्दी साजिस फिल्म जस्तै लाग्यो । तरंगित र त्रसित भयो गुल्मेली समाज ।
पुरुष बेपत्ता भए कठै कसैले मारेकी भनेर चिन्ता गरिन्छ । तर महिला बेपत्ता भयो भने उसको चरित्र माथि धावा बोलिन्छ । त्यही मानसिकताको शिकार भइन बेपत्ता सम्झना पनि । कुन चाँही ‘नाठो’ घरमा बोलाएकी थिई र छोरा नै छाडेर उसै सित ‘पोईला’ गई’– गउँघरे उनै शब्द बाणले उनको चरित्र माथी धावा बोली नै रहे ।
कतिपय सोसल मिडियामा त उनलाई घर आएको भनिएको त्यही नाठोलाई मासु र रक्सी पोस्ने र स्वयम्लाई पनि जँड्याहासम्म बनाईयो । तर उनको सास की लास धेरै दिनसम्म पनि अत्तोपत्तो लाग्दैन । पहिलो र दोश्रो हत्या घटना पत्ता लगाउन नसकेर आक्रोषित भएका गुल्मीबासीलाई पछिल्लो तेश्रो घटनाले आगोमा घ्यू थप्ने काम ग¥यो । यी तीन वटै घटना घट्दा वर्तमान जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराई थिएनन् । पहिलो हत्या घटनामा वर्तमान प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा थिइनन् । पुष ८ गतेदेखि प्रमुख जिल्ला अधिकारी शर्माको पहिलो हत्या घटनाले प्रायः दिनहुँ सरोकारवालाले टाउँको खाई रहेका बेला पछिल्लो दुई हत्या घटना थप फलामको चिउरा सावित हुन पुग्यो उनलाई ।
त्यति प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र प्रहरी प्रमुख एसपी प्रविणलाल श्रेष्ठ थिए । भरतकुमार शर्मा हिंडेपछि प्रमुख जिल्ला अधिकारीको शर्माको कार्यकक्षमा दुई चार दिन बिराउँदै ध्यानकृष्ट गराउन आउने सरोकारवालाका सामु प्रहरी प्रमुख श्रेष्ठले जहिले पनि एउटै शब्द दोहराउँथे –‘ अनुसन्धान कार्य जारि छ । ’ तेश्रो भाडगाउँ घटनाको सत्य तथ्य बाहिर ल्याउन ढिलाई गरेको भन्दै फागुन ६ गते सयौंको समूहमा भाडगाउँबासी नाराबाजीसहित आक्रोष पोख्न जिल्ला प्रशासन घेराउमा आए ।
सुरक्षकर्मीको बाक्ले घेरा तेड्दै जिल्ला प्रशासनको फलामे गेट समेत तोडेर आन्दोलनकारी प्रशासन भित्र प्रवेश गरे । निरही प्रशासन जिल्ला छोड, बेपत्ता बुहारी छिटो खोजको नारा लगाइयो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ठिङ्गिएका प्रहरी प्रमुख श्रेष्ठले निरहिता नै देखाउँदै भन्दै थिए , के गर्ने हामी अनुसन्धानमा नजुटेको होइन तर परिणाम नै हाता लाग्न सकेन ।
उनलाई सरोकारवालाले उनलाई झोला नै बोकेर घर जान चुनौती थिए । त्यति बेला प्रमुख जिल्ला अधिकारी शर्माले केन्द्रीय अनुसन्धान ब्युरोबाट विशेष टोली आफूले मगाएको सम्भवतः भोली नै आउने र छिट्टै परिणाम निस्कीने आश्वासन दिएर आन्दोलनकारीका अगुवाहरुलाई पठाएकी थिइन । केही राजनैतिक दलका नेताहरुले कम्जोरी प्रहरी प्रमुख कै ठम्याए ।
प्रहरीको माथिल्लो तहलाई फोन गरेर अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी प्रमुख गुल्मी पठाइ दिन आग्रह गरे । नभन्दै प्रहरी प्रमुख श्रेष्ठको अन्यत्रै सरुवा भयो । नयाँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न एसपी गोपालचन्द्र भट्टराई फागनु २१ गते आइपुगे । प्रमुख प्रहरी प्रमुखको रवैयालाई सम्झेर उनी आए पनि जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान जस्तै त हुने होइन भनेर आशंका गर्दै थिए । उनले आफू दुई हप्ता अघि नै पछिल्लो भाडगाउँ घटनाको अनुसन्धान जिल्लामा रहेका डीएसपी पुर्षोत्तमप्रसाद पाण्डेसंग समन्व्य गरी अनुसन्धान थालेको बताउँछन् ।
यसरी परिणाम हाता लाग्यो ः प्रहरी प्रमुख भट्टराई
उनले भने–‘मलाई माथिबाट गुल्मीमा समस्या छ, त्यही समस्या समाधानका लागि तपाईलाई पठाईदै छ भनेर पठाइएको हो । मलाई राम्रो काम गर्छ भनेर पठाइएपछि मैले परिणाम निकाल्न सकिन अर्थात मलाई आफूले प्रमाणित गरेर देखाउन सकिन भने गाह्रो हुन्छ भनेर लागें । नभन्दै भाडगाउँ घटनाको परिणाम हाता लाग्यो । जुन म गुल्मी आउनुको ३ दिनअघि अर्थात फागुन १८ गते भाडगाउँ घटनाको सत्यतथ्य बाहिर आयो । यसमा मैले साथीहरुलाई परिचालन गरें , साथीहरुले पनि मेहनत गर्नुभयो । जसका कारण प्रहरी र समुदाय विच बिग्रेको सम्बन्ध सुध्रियो र समुदायकको नजिक पुगेर सम्बन्ध सुधार्नेतर्फ मेले अलि बढी जोड दिएँ । समुदायको साथ रह्यो र प्रहरीको परिचालन दुबैले काम ग¥यो अन्ततः तीनवटै पुराना केशहरुको परिणाम हाता लागेको हो ।
‘जो चोर उसैको ठुलो स्वर ’
जिल्ला प्रशासन घेराउको आन्दोलनमा सबै भन्दा चर्को नारा, आक्रोषितहरुलाई घ्यू थप्दै अग्रमोर्चामा उदण्ड व्यवहार देखाउने भाडगाउँकै लालबहादुर खत्री थिए । उनी बेपत्ता र पछि फागुन १८ गते बेपत्ता भएको १९ दिन पछि घरै मुनीको झाडीमा बोरा भित्र विभत्स अवस्थामा मृत फेला परेकी सम्झनाका कान्छा ससुरा थिए । उनैले शवको सुँईको दिए । त्यसअघि पनि फोनमा उनको गतिविधि प्रहरीले सुँईको पाई सकेको थियो । आखिर उनैलाई उसै दिन प्रहरीले समात्यो । उनले आफूले हत्या गरेको स्वीकार गरे । तर उनकी भाउजु अर्थात सम्झनाकी सासु बुहारी बेपत्ता भएको दुई दिनपछि किन झुण्डिएर आत्मा हत्या गरिन भन्ने अझै प्रहरीले खुलाएको छैन । जेहोस बुहारीको हत्या अभियोगी खत्रीलाई चैत्र २५ गते अदालतले पुर्वक्षका लागि कारागार चलान गरेको छ ।
त्यति बेला प्रहरीले विवेक पुराउन नसकेको अर्को एउटा पाटो पनि छ । छोरी सम्झना बेपत्ता भएकोमा आक्रोषित माईतीजनले आत्माहत्या गर्न बाध्य पारेको आरोप लगाउँदै उल्टै सम्झानका श्रीमानले जाहेर दिए अझ भनौ जाहेरी दिन उक्साईयो र पीडित सम्झनाका बाबु हरिबहादुर बोहरालाई हिरासतमा समेत राखियो । अन्य परिवारका सदस्यलाई पनि तनाव दिइयो । प्रहरी प्रमुख श्रेष्ठ भन्छन्–‘हेर्नुस् त आखिर कुरा त अर्कै रहिछ त । प्रशासन घेराउ त्यो नाराबाजी, प्रहरीलाई स्वतन्त्रपूर्वक काम गर्न दिइयो भनेर प्रहरीले पनि ईमान्दारितापूर्वक काम गर्न पाए परिणाम हाता लाग्छ भन्ने भाडगाउँ घटना एउटा दृष्टान्त हो र सन्देश पनि त्यसले दिएको छ । ’
तेश्रो घटनाको सफता पछि लगत्तै दोश्रो पराल्मी रातामाटा भरुवा बन्दुकद्वारा हत्या काण्डका परिणम प्रहरी प्रमुख श्रेष्ठले जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै बाहिर आयो । माघ ३ गतेको घटना अर्थात ५६ दिनपछि चैत्र २९ गते गुमराह त्यस हत्या काण्डमा संलग्न भएका गुल्मीदरवार गाउँपालिका १ लुम्पेक गाउँका ३१ बर्षीया पोमबहादुर घर्तीलाई प्रहरीले पक्राउ ग¥यो । त्यस पछि प्रहरीले अन्कन्टार भिर, झाँडी र खोलाको खोंचमा लुकाएर राखिएको उक्त बन्दुक समेत फेला पा¥यो । अन्ततः घटनाको २ महिना २६ दिन पछि हत्यरा पत्ता लगायो । अदालतले निज घर्तीलाई बैशाख २५ गते पुर्वक्षका लागि थुनामा पठाएको थियो ।
थप चुनौतीपूर्ण छिनुवा हत्या काण्डको पनि चिरफार
त्यसपछि प्रमुख श्रेष्ठको मिशन नम्बर ३ अर्थात हत्यारा पत्ता लाग्न नसकेको पहिलो हत्या काण्डो अनुसन्धानको दुर्पिन सबै एङ्गलमा गुमाउन थालियो । अन्ततः स्थानीयको मुखमा घटना झ्यासमिस भयो, म¥यो सिध्धीयो । अब त कसले कति बेला मार्छ र मोतिबहादुर कुँवर जस्तै कुकुरको मराई जस्तो भइने भो भनिए र त्रास सिर्जना भइरहेको बेला त्यस पहिलो हत्या घटना जसलाई छिनुवा हत्या काण्डका रुपमा चिनिन्छ । २०७७ भदौं २२ गते घटेको त्यस घटनाको हत्यारा झण्डै ९ महिना पछि २०७८ बैशाख १७ गते हत्यारा पत्ता लाग्यो । हत्यामा संलग्न इस्मा गाउँपालिका १ का १९ वर्षीय शुसिल कुमाल, सोही स्थानका नावालक अन्य चार जना पक्राउ परे । तीमध्ये नावालकहरुलाई यही जेठ ६ गते जिल्ला अदालतको फैसला अनुसार भैरहवास्थित बालसुधार गृहमा पठाइएको छ भने उमेर पुगेका सुशिल कुमालाई पुर्वक्षका लागि कारागार चलान गरिएको छ ।
यसरी प्रहरी प्रमुख श्रेष्ठले जिम्मेवारी सम्हालेको ३ महिनाभित्र मै दिन वटै गुमराह हत्या काण्डको चिरफार हुन सकेको छ । त्यस्तै जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मा पाएको र जस अपजसको जिम्मा पनि आफैले लिनु पर्ने प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी सम्हालेका ६ महिना भित्र मै शान्ति सुरक्षा प्रति जनताको आशा र भरोसा पुरा गरेर पुरानै लयमा जिल्लाको शान्ति सुरक्षाको स्थित फर्काउन र प्रशासन र समुदाय विचको सम्वन्ध सुधार गर्न सफल भएका छन । सदरमुकामबाटै धमाधम सवारी साधन चोरी गर्ने तर चोरी गर्ने व्यक्ति फेला नपर्ने गरेकामा संगठित गिरोह समातिएका छ । पुर्व सिडियो र एसपीलाई गुल्मीका ति तीन वटा हत्या घटना फलामको चिउरा सावित भइरहेको दृष्टान्तका सामूह वर्तमान सिडियो र एसपीले फलाम कै चिउरा चपाउन सफल भएको सरोकारवालाको बुझाई छ ।
यसो भन्छन् सरोकारवालाहरु
नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे भन्छन –‘गुल्मीका तीन वटा घटनाको सत्यतत्य बाहिर आउँदा कुनै पनि घटनालाई गम्भीरता पूर्वक लिई गहिरो अनुसन्धान गर्ने ईच्छाशक्ति देखाए नेपाल प्रहरी जस्तो सुृकै अनसुन्धानमा पनि अब्बल छ भनेर अहिलेका प्रहरी प्रमुख भट्टराईले देखाको र उहाँलाई धन्यवाद नदिई रहन सकिंदैन ।’ उनले सुरक्षा निकायहरुको प्रमुखको नाताले वर्तमान प्रमुख जिल्ला अधिकारी शर्मालाई पनि यो सफलताको श्रेय जाने बताउँदै दुबैलाई धन्वाद दिए । नेकपा माओवादी केन्द्र गुल्मीका अध्यक्ष वीरहादुर कार्की ( चाहल) ले अहिलेका सिडियो र एसपीले जिम्मेवारी पछि हालसम्म उनीहरुको भुमिका राम्रै रहेको र आगमी दिनमा पनि यस्तै अपेक्षा गरिएको बताए ।
नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष तथा छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले प्रहरी प्रशासनको पछिल्लो यो सफताले स्वभाविक रुपमामा जनतामा आशा र अपेक्षा पलाएको र पार्टीको तर्फबाट धन्यवाद दिनै पर्ने प्रतिकृया दिए । नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले अहिलेका प्रहरी प्रमुखले निकै राम्रो काम गरेको प्रतिकृया दिए ।
काठमाडांैको टोखा नगरपालिका घर भएका श्रेष्ठ २०५६ साल असारमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी सप्तरीको प्रहरी प्रमुख छँदा आफू नजानुको अघिल्लो वर्ष भन्दा दोब्बर राजश्व संकलन गरेर चर्चामा आएका थिए । सिमानाकाबाट हुने चोरी निकासीमा उनले प्रहरीको मिलोमोतो रोके पछि दोब्बर राजश्व संकलन भएको बताईन्छ । त्यस्तै उनी रामेछाप जिल्लाको प्रहरी प्रमुख छँदा २० औ बर्ष अघि मान्छेको हत्या गरेर नेपाली सेनामा नाम बदलेर भर्ति भई १६ बर्ष जागिर खाई सकेको ब्यक्तिलाई समेत अनुसन्धानको दायरमा ल्याई कानुनी कठघरामा उभ्याउन सफल भएको भन्दै २०७० साल तिर राष्ट्रिय सञ्चार माध्यमले महत्वका साथ समचार सम्प्रेषण गरेक थिए ।
उनी पछिल्लो चरण प्रहरी प्रधान कार्यालयको कानून शाखाबाट गुल्मी सरुवा भएका हुन् । उनले प्रहरी प्रतिष्ठानमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै कोहलपुर ईलाका प्रहरी कार्यालयको प्रमखलगायतका विभिन्न जिम्मेवारी सम्हालेका छन् । उनी प पुलिस एडभाईजरका रुपमा ४ बर्ष सम्म अफ्रिकी मुलुकमा खटेर प्रहरीको अन्तर्राष्ट्रिय अनुभव समेत संगालेका छन् ।