बुटवल । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीले भैरहवास्थित जिल्ला कारागार र वाल सुधार केन्द्रमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । कैदी बन्दिको अबस्थाको अनुगमनका साथै माक्स, सेनिटाईजर , बिभिन्न किसिमका औषधिहरु हस्तान्तरण गरिएको हो ।


जिल्ला स्थित कारागार र बालसुधार केन्द्रमा रहेका बन्दिहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको थियो । प्रतिष्ठानका जिल्ला सभापति जितेन्द्र प्रसाद बन्जाडेको अध्यक्षता, सचिब कमल नेपालको सन्चालन र उपसभापति अर्चना के सि को स्वागतबाट सुरुभभएको कार्यक्रममा डा. डि बि खत्रीले कोभिड संक्रमणका लक्षणहरु र संक्रमण हुन नदिन अपनाउन पर्ने स्वास्थ्य का मापदण्ड,योगा साथै के कस्ता खानेकुरा खाने भन्ने बिषयमा भनाई राखेका थिए ।


अनुगमनका क्रममा १५० जना क्षमता भएको कारागार मा ४६० जना बन्दिहरु रहेकाले बसाई अव्यवस्थित रहेको औल्याइएको छ । मानब अधिकारका मापदण्ड अनुसारको बन्दि जिबन जिउन पाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत संस्थालले गरेको छ ।


कार्यक्रममा कारागार प्रशासन र बाल सुधार केन्द्रका तर्फबाट आबस्यक अनुगमनका लागि थप सहजिकरण गर्ने प्रतिबद्धता जनाउदै स्वास्थ्य सामाग्री हस्तान्तरण का लागि धन्यबाद ज्ञापन भएको थियो ।