केशव पराजुली
नवलपरासी
पश्चिम नवलपरासीमा रहेको नेपाली नहरमा पानी वितरण भएपछि किसानहरू धान रोपार्इंमा जुटेका छन् । विगत वर्षमा समयमा नहरमा पानी नआउँदा समस्यामा पर्दै आएका गण्डक कमाण्डका किसानहरू यस वर्ष समयमा पानी आएपछि धान रोपाईंमा जुटेका हुन् ।
नहरमा पर्याप्त पानी वितरण भएपछि कमाण्ड क्षेत्रका किसान अहिले धान रोपार्इंमा आतुर देखिएका छन् । नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणाली सेमरीले यस वर्ष बृहत् कार्यक्रमअन्तरगत नहर सफाई गरेपछि नहरमा पर्याप्त पानी आएको हो ।
नेपाली नहरमा ३ सय क्यु सेक पानी आउने भएको भए पनि नहरमा बालुवा जम्ने गरेका कारण विगत वर्षहरूमा पर्याप्त पानी नआउँदा किसान समस्यामा पर्दै आएका थिए । नहर सफाई भएपछि ३ सय क्यु सेक पानी नहरमा आएको नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणाली सेमरीका अध्यक्ष हैदर अली मोमीनले बताए ।
उनका अनुसार यस वर्ष २२ करोडको लागतमा नहर सफाइ भएको हो । ८ हजार ७ सय हेक्टर कमान क्षेत्र रहेको पश्चिम क्षेत्रमा ४ हजार हेक्टर जमिनमा सिँचाई हुने गरेको अध्यक्ष अलीले बताए । ३२ किलो मीटर लम्बाई रहेको नहरले पश्चिम नवलपरासीका ६ स्थानीयतहमा सिँचाई सुविधा पु¥याएको छ । ३ शाखा ७ माईनर २६ एम.सी र १ सय ६२ साना कुला नहर रहेका छन् । पश्चिम नवलपरासीका किसान पश्चिमी नहरबाट धान, गहँु, उखुलगायतका खेती सिँचाई गर्ने गर्दछन् । नेपाली नहरमा ३ सय क्यू सेक पानी आउने व्यवस्था भएको भएपछि नहरमा बालुवा भरिने समस्याका कारण कम पानी आउने गरेका कारण यस क्षेत्रका किसान समस्यामा पर्दै आएका थिए । नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणालीले यस वर्ष समयमा नहर सफा गरेर समयमा नहरमा पानी वितरण सुरु गरेपछि यस क्षेत्रका किसान धान रोपाईंमा जुटेका हुन् ।