कोरोना महामारीका बेला जनताका लागि स्वास्थ्यकर्मी भगवान सरह भएका छन् । अहिलेको महामारीमा सबैभन्दा अग्रपंक्तिमा स्वास्थ्यकर्मी छन् । कोरोना संक्रमित भएर गम्भीर बिरामी परेकाहरुको पचारमा दिन रात खटिएका छन् । जसका कारण धेरै नागरिकले पुनर्जीवन प्राप्त गरेका छन् । कतिपय स्वास्थ्यकर्मी उपचारकै क्रममा संक्रमित भएका छन् भने कसैले जीवन समेत गुमाएको अवस्था छ । बरु स्वास्थ्यकर्मीलाई दिनुपर्ने जोखिम भत्ता प्राप्त भएको छैन । यी सबै कुरालाई महत्व नदिई उपचारमा खटिने सबै स्वास्थ्यकर्मी गर्व गर्न लायक छन् ।
कोरोना महामारीमा उपचारकै क्रममा कसैको निधन भयो भने स्वास्थ्यकर्मीको बेवास्ताका कारण भयो भने स्वास्थ्यकर्मीको बेवास्ताका कारण भयो भन्ने आरोप स्वास्थ्यकर्मीहरुले खेप्नु परेको छ । कसैलाई दुव्र्यवहार समेत गरिएको छ । यस्तो व्यवहारले स्वास्थ्यकर्मीमा उत्साह होइन, मनोबल गिराउने काम गर्दछ । बिरामीको हेरचाह र उपचारमा खटिने स्वास्थ्यकर्मीले अस्पतालभित्र भेदभावकोे व्यवहार गर्ने कुरा हुँदैन गर्नु हुँदैन । उनीहरुका लागि सबै बिरामी एक हुन्छन् । बरु धेरै बिरामी एक जनाले हेर्नु पर्ने भएका कारण पर्याप्त समय दिन नसकेका हुन सक्छन् । अस्पतालको अवस्था बिरामीका आफन्तले बुझ्नु पर्दछ ।
स्वास्थ्यकर्मीमाथि अहिले मात्र होइन, पटक÷पटक दुव्र्यवहार भएका छन् । त्यसैले भविष्यमा त्यस्तो दुव्र्यवहार भोग्न नपरोस् भनेर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी जारी भएको छ । यसअघि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ जारी भएपछि कारबाही गर्ने कानून नहुँदा घटनामा संलग्न व्यक्ति सामान्य धरौटीमा छुट्दै आएका थिए । तर सो ऐनलाई कोरोना महामारीको समयमै अध्यादेशमार्फत परिवर्तन गरिएको छ ।
संशोधित ऐनमा आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुने उल्लेख छ । अबदेखि स्वास्थ्यकर्मीलाई कुटपिट गरेमा तीन वर्ष कैद र तीन लाख जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । यस्तै स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी–नोक्सानी पु¥याउने वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु¥याउने कार्य गर्नेलाई तीन वर्ष कैद वा दुवै सजाय हुनेछ ।
यसरी स्वास्थ्यकर्मीमाथि प्रश्न नै उठाउन नपाउने भन्ने छैन । कुनै पनि व्यक्तिलाई स्वास्थ्यकर्मीले उपचार गलत गरेको लागेमा सम्बन्धित निकाय नेपाल मेडिकल एशोसिएसन वा सम्बन्धित निकायमा पीडितले उजुरी दिने व्यवस्था गरिएको छ । जे होस् अबका दिनमा स्वास्थ्यकर्मी निर्धक्कका साथ उपचारमा खटिने छन् । यदि कसैले हातपात वा तोडफोड ग¥यो भने उसले सजाय पाउने छ । स्वास्थ्य जस्तो पवित्र संस्था र स्वास्थ्यकर्मीहरुमाथि हुने ज्यादती अबका दिनमा स्वाभाविक रुपमा कमी आउने छ । स्वास्थ्यकर्मीको मनोबल उचो बनाउन संशोधित ऐनले विशेष भूमिका खेल्ने छ । दबाब र प्रभावमा होइन, आफ्नो अध्ययन र सीपअनुसार दत्तदित्त भएर उपचारमा खटिन ऐनले बल प्रदान गर्ने विश्वास राखिएको छ ।