प्रेम सुनार
अरूको वास्तविक कथा व्याथा लेख्ने, बेल्ने पत्रकार र सञ्चारकर्मीले आफ्नै पनि समस्या सुनाउ, बोल्न र लेख्न सक्नु पर्दछ । तर यहाँ कतिपय सम्पन्न र आय श्रोतको गतिले माध्यम बनाइसकेका पत्रकारहरू भने आफूलाई मात्र केन्द्रमा राखेर अरू सञ्चारकर्मीको समस्या देखाउन र सुनाउन चाहन्नन् ।
यद्यपी, म सुनाउन चाहन्छु । म यस क्षेत्रको संघर्षको सुरुवातमा कोठा भाडा तिर्न नसकेर घरबेटीको किच किच सहेको अझै स्मरणमा छ । बिहान पनि चाउचाउ र साँझ पनि चाउचाउकै भरमा छाक टारेको कुरा मैले लुकाउन चाहन्न । सुरुवाती ताकाको कुरै नगरौं गत वर्षको चैत्र महिनादेखि लकडाउन सुरु भएपछि मेरो कोठा भाडाको दुई÷तीन महिनाको भाडा खप्टीदै छ । पछिल्लो तीन दिन यताको कुरा गरौं ।
केही दिनअघि गुल्मेली समाज जापानले पठाएको स्वास्थ्य सामग्री वितरण गर्न जाने दिन घरमा राशन सकिएकोले कचकच थियो । तर पनि पत्रकार महासंघले प्रतिनिधिका रूपमा खटाइसकेपछि म गएँ । अर्को दिन घरमा बुवाको तिथी । बिहानै सकेर हिजो बिहान सदरमुकाम हिंडेको मान्छे रेडियो कार्यक्रम ओझेलका खबर तयार पार्न खट्नु पर्ने थियो । कोठामा आएर दुई पोका चाउचाउ झोलामा राखें र रेडियो स्काईतर्फ लागे ।
पकाई दिने पसल कुनै थिएनन् । रेडियो स्काई अगाडिका हिमाल भाइले हार्न सकेनन् र बिहान एउटा पकाई दिए साँझ अर्को पकाई दिए । त्यसैले भोक टारेर साँझ ८ बजे ओझेलका खबर प्रशारण गरेर फर्किएको हुँ । आफैलाई आफ्नै यस्ता कैयौं समस्याले ग्रस्त पारिरहेका बेला विभिन्न समस्या राख्दै फोन आउँछ । पाल्पामा एक जनाले आर्थिक अभावका कारण उपचार पाउन नसकेको र आजै गुल्मी कै एक रेडियोका भाइले रूनै खोजेर फोन गरे ।
उनले भने–‘दाइ गत वर्षको लकडाउनपछि बुटवलको रेडियो छाडेर गुल्मीको यस रेडियोमा आएको हुँ । सुरुमा ६ हजार तलब दिन्थे । पछि बढाएर १२ हजार बनाए । पैसा माग्दा उल्टै हप्की–दप्की सहनु पर्छ । ग्याँस चुलोसहितका कोठाका सामानहरू उही बुटवल छन् । पैसा नभएका कारण लिन जान सकिन । श्रीमती र म अहिले अर्कैको कोठामा खाना खान्छौं । महिनाको छ हजार तिर्ने हो । तर अब पैसा बुझाउन नसकेर निन्नाउँरो मुख लगाउनु पर्ने अवस्था छ । अँस्ती नै पहिलाका पत्रकार महासंघका अध्यक्षज्यूलाई पनि मेरो समस्या सुनाएको हुँ । अहिले महासंघमा तपार्इंहरू हुनुहुन्छ भनेर फोन गरेको हुँ । मलाई एउटा ग्याँस र एक बोरा चामल तेल भइदिए धन्य हुने थियो दाइ भने । त्यसपछि तत्काल कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापाज्यूलाई फोन गरे ।
त्यो भाइको समस्या सुनाउँदै तत्काल १५ हजार रुपैयाँ बराबरको सहयोग गरी दिनु प¥यो भनेर अनुरोध गरें । उहाँले भन्नु भयो–‘त्यो भाइलाई भनिदिनुस् सके आजै नभए भोली पठाइदिन्छौं भन्नु मैले १५ हजार रुपैयाँ दिएर पठाइ दिन्छु । त्यसपछि फोन गरेर जाउँ भने ति यति खुशी भएकी मानौंकी उनलाई लाखौंको पुरस्कार प¥यो । आजै जिल्ला बाहिर भएका सबै रेडियोकर्मीहरूलाई सम्बन्धित पालिकाहरूलाई खाद्यन्न राहत सामग्री उपलब्ध गराउन अनुरोध गरिएपछि ति पालिकाहरूले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
यस्ता समस्या भोग्ने सदरमुकाम तम्घासका केही रेडियोकर्मीहरू पनि छन् । ६ महिनासम्मको तलब नपाएर एक वर्षदेखि कोठा भाडा तिर्न नसकेर बसेका रेडियोकर्मी लकडाउनपछि सदरमुकाम छाडेर घर गएर थन्किएका छन् । यो महँगी १०÷ १२ हजार तलब खाने रेडियोकर्मीले श्रीमतीसहित महिना गुजार्न कसरी पुग्न सक्छ ? कि धम्काउने र फकाउने गरेर आम्दानीको गतिलो श्रोत बनाउनेहरूलाई कोभिड र लकडाउनले केही फरक नपारेको हुनु प¥यो । नत्र तलबको सोझो मात्रै गर्ने जुन कुनै पत्रकार होस् कि झन ठुलै मान्छे सबैलाई आर्थिक समस्या परेको छ ।
यही चिन्ताले मैले गत वर्ष लकडाउनपछि आएको चैते दसैंमा मेरो मन बेस्सरी पोल्यो । केही मजदुरहरू मेरै कोठामा आए । माछा मासुको कुरै नगरौं चैते दसंैमा पकाउने चामल समेत छैन भने । केही रेडियोका भाइ बहिनीहरूले यसपालिको चैते दसंैमा मासु खाने पैसा पनि छैन भन्ने सुनाए । त्यसपछि म तत्काल बजारमा सहयोग जुटाउन पुगे ।
त्यसमा तम्घासका होटल व्यवस्या निरोज मरासीनी, अर्का व्यवसायी जनक पन्थसहितले मलाई साथ दिनु भयो । नभन्दै हामीले त्यस चैते दसंैको दिउँसो ४ बजे भित्रमा तम्घासका झण्डै दुई सय जना मजदुर परिवारको घर घरमा चामलका बोरा, दाल तेल, चिनी र प्रति परिवार पाँच सयका दरले मासु किनेर खाने पैसा पनि दियौं ।
त्यसरी सुरु गरिएको गत वर्षको राहत अभियानलाई जिल्ला व्यापी बनाउन पालिकाहरूलाई कसेरै न्युज लेखियो । अन्ततः हरेक पालिकाहरूले गत वर्ष मजदुरहरूलाई मन फुकाएर राहत वितरण गरेका थिए । गत वर्ष लकडाउनको दोश्रो हप्ताबाटै मजदुर वर्गलाई राहतको व्यवस्था थियो । तर अहिले ४ हप्ता बित्दा पनि चुपचाप छन् पालिकाहरू ।
जनतालाई कोभिड विशेष राहत अमेरिकासहित छिमेकी मुलक भारतले समेत ३ महिनाका लागि राशन कार्ड लागु ग¥यो तर हाम्रो नेपाल सरकार अहिलेसम्म मौन छ । राष्ट्रिय दलित पत्रकार संघको म केन्द्रीय सदस्य भएको हैसियतले केन्द्रीय कमिटीबाट जिल्लास्तरमा दलित समुदायका सञ्चारकर्मी र मर्कामा परेका सर्वसाधरण दलितहरूलाई स्वास्थ्य सामग्री र अन्य राहत सामग्री संकलन र वितरण गर्न भन्दै परिपत्र आयो ।
त्यसपछि म एकछिन गम्भीर भएँ । माथि उल्लेख गरिएको पीडित पात्रहरू दलित समुदायका थिएनन् । क्षेत्री, ब्राम्हणहरू थिए । तिनै पात्रहरूको समस्या सम्झें । अनि यो माहमारीमा समुदायगत राहत ? मलाई चित्त बुझेन । तत्काल मैले केन्द्रीय अध्यक्ष विनोद पाहडीलाई फोन गरेर भने –‘मैले सबै जातजातिका लागि हो भने राहतका लागि अगाडि सर्न सक्छु नत्र यो विपदमा संक्रिण भएर राहतमा हात हाल्न असमर्थ छु ।
जवाफमा उहाँले झन राम्रो कुरा गर्नु भयो तपार्इंले भनेकै अनुसार त्यसै गर्न भनेपछि जेठ १४ गते जिल्ला प्रशासनमा कोभिड व्यवस्थापन समितिको बैठकमा नेपाल पत्रकार महासंघको प्रतिनिधित्व गर्न पुगें । जहाँ कोभिडसम्बन्धी सरकारले जारी गरेको अध्यादेशअन्तर्गत जनतामाथि शासनका कुरा मात्रै उठे ।
तर जनतालाई राशन दिने कुरा नउठेपछि अन्तिममा मैले र राष्ट्रिय जनमोर्चाका जिल्ला नेता हरिप्रसाद न्यौपानेले मुख खोल्यौं र राहत संकलन सुरु गर्दैछौं भनियो । त्यसमा प्रमुख जिल्ला अधिकारी रूद्रदेवी शर्मा सकरात्मक देखिनु भयो ।
अर्को दिन फेरि मैले उहाँसंग सुझाव सल्लाह गरेर संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्मा र सचिव मनु सुनार मनसुनलाई बैठक राख्न आग्रह गरे । उहाँहरूले अभियानको नेतृत्वको जिम्मेवारी मलाई नै दिनु भयो । अभियानलाई सफल पार्न पहिलो खाता खोली दिनु भयो नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले ।
त्यसपछि गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थी, निर्माण व्यवसायी संघका अध्यक्ष नारायणप्रसाद पोखरेल, चेम्बर अफ कमर्शका अध्यक्ष युवराज न्यौपानेसहित दर्जनौं दयालु मनहरूले सहयोग घोषणा गर्दै आइरहेका बेला जिल्लाका केही सञ्चारकर्मीहरूले केही ठाउँमा खिसीटिप्री गरेको र सहयोग नगर्नुस् समेत भनेको हामीलाई रिर्पोटिङ्ग आयो ।
कतिसम्म दुःखद् विषय हो ? दुई÷तीन वटा राष्ट्रिय मिडियाकै र लामो समयदेखि यसै क्षेत्रमा म स्थापित मान्छे त आर्थिक समस्याको चपेटामा छु भने अझ एउटा रेडियोमा १०÷१२ हजार तलब खाने साथीहरूको अवस्था के होला ? आफू पत्रकारको ईज्जत जाने डर रे, अरू समस्यामा परेका पत्रकार, सञ्चारकर्मीलाई राहत उठाउनु हुँदैन रे ? यस्तो पनि हुन्छ ? राष्ट्रिय मिडियाहरूले समेत आंशिक तलब दिँदै आएका छन् ।
भने स्थानीय सञ्चार माध्यमहरूको अवस्था पनि त्यहीं हो । यसर्थ जति असफल पर्नेहरूको ताँती भए पनि मैले रोकिन । आज रेडियोकर्मी ति साथीको समस्या सुनेपछि मलाई पोल्यो र बजारमा किराना पसेलेहरूको अर्धबन्द सटरबाट चिहाएर दुई÷चार बोरा चामल, दाल, तेल राहतका लागि अनुरोध गर्न हाम्रो टिम हिंड्यो ।
धेरैले सहयोग पनि गर्नु भयो । त्यही क्रममा तम्घास पुरानो बजारको अक्षता किराना पसलमा पुगियो । त्यस पसलका सञ्चालक विजयचन्द्र ज्ञवालीले र उहाँकी धर्मपन्ती अमृता ज्ञवालीलाई लौन हाम्रो यस्तो अभियान छ भनेर अनुरोध गरियो । को–कस्तालाई राहत दिनु हुन्छ ? भनेर सोध्नु भयो ।
अन्य मजदुरहरू दुःखी बिमारी, असाहय र बेसहारा जसको छाक टार्नै मुस्किल छ त्यस्तालाई र स्थानीय मिडियामा काम गर्ने सञ्चारकर्मीलाई राहत वितरण गर्ने हो भन्यौं । तपार्इंहरू पत्रकार र सञ्चारकर्मीहरू कोभिडविरुद्ध अग्रमोर्चामा खट्नु भएको छ ।
अरूको समस्या सुनाउने लेख्ने गर्नु हुनुहुन्छ तर तपार्इंहरूको समस्या सुन्ने बोल्ने को ? ल भन्नुस् जति जना राहत चाहने सञ्चारकर्मी हुनुहुन्छ ति सबैलाई हामी आवश्यक राहत दिन्छौं भन्नु भयो । गन्दै जाँदा त्यस्तो सहयोग चाहने २० जना हुनु भयो । ति २० जनालाई त्यस पसलको सबैभन्दा राम्रो ब्राण्डको चामल, दाल, तेल, चिनी, नुनदेखि उहाँको कोखैमा रहेको डायमण्ड कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक भविन्द्र घर्तीमगरले त प्याज टमाटरदेखि विभिन्न प्रकारको तरकारी समेत उपलब्ध गराउनु भयो । हामी सञ्चारकर्मीहरूलाई त्यो राहत बोकाएर होइन गाडी खोजेर कोठा कोठामा पुराउने व्यवस्था समेत गरेका छौं ।
राहत वितरण कार्यक्रमका प्रमुख अतिथी रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष भरत भलामीले यो अभियानले आफू जनप्रतिनिधि र स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारको समेत आँखा खोलि दिएको भन्दै अभियानको सह्राना गर्नुभयो । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले आफूबाट सुरु भएको यो अभियानलाई अरू धेरैले साथ दिँदै आएको र दिँदै जाने बताउनु भयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले हामी पत्रकारहरूले कोभिड जनताहरूको समस्या उठानसंगै आफूहरूको समस्या पनि रहेकोले अभियान सञ्चाल न गरेको प्रति धन्यवाद दिनुभयो । आफूहरूले सञ्चालन गरेको अभियानमा धेरैले साथ दिएको प्रति राष्ट्रिय दलित पत्रकार संघका जिल्ला अध्यक्ष तथा अभियानका सह–संयोजक रमेश विश्वकर्माले धन्यवाद ज्ञापन गरे ।
२० औं जना सञ्चारकर्मीहरूलाई झण्डै एक लाख रुपैयाँ मूल्य बराबरको सहयोग गर्ने सहयोगदाता अक्षता किराना पसलका सञ्चालक विजयचन्द्र ज्ञवाली, श्रीमती अमृता ज्ञवाली, बुवा होमनाथ ज्ञवाली, आमा राधा ज्ञवाली, दाजु कुलचन्द्र ज्ञवाली, भाउजु सिर्जना ज्ञवाली, छोरा आविश्कार ज्ञवाली र रेसुङ्गा नगरपालिका वडा नम्बर १० मा रहेको डायमण्ड कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक भविन्द्र घर्तीमगर प्रति कोभिड पीडित मजदुर राहत अभियान गुल्मीको संयोजकको हैसियतले हार्दिक धन्यवादसहित आभार प्रकट गर्न चाहन्छु ।
साथै यसरी नै सहयोगी हातहरू अगाडि बढाउन अपिल गर्दै यस अभियनमा मसंगै खट्नु हुने रमेश विश्वकर्मा, सचिव मन सुनार मनसुनसहित सबै साथीहरूलाई धन्यवाद दिँदै र अभियानलाई सुझाव सल्लाह र सहयोग पुराउँदै आउनु भएका गुल्मीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा प्रति पनि आभार प्रकट गर्न चाहन्छु । र कतिपयको कालो नियत प्रति यति भन्न चाहन्छु । जसरी प्रश्वा पीडा बच्चा जन्माउने आमालाई मात्र हुन्छ । त्यस्तै गरिबी र अनेकन समस्याको पीडा हामी त्यस्तै परिवारबाट हुर्केकोलाई मात्र थाहा हुन्छ । यहाँहरूलाई थाहै होला त्यही समस्या बुझ्ने भएकै कारण आर्थिक अभावका कारण उपचार नपाएर मृत्यु पुकारेका कति जनालाई समाचार कै माध्यमबाट नवजीवन दिइयो तपार्इं आफैले पनि औंलामा गनेर सक्नु हुन्छ ।
२०७२ सालमा गएको भूकम्पले खाली आकाश मुनी बस्न बाध्य कति परिवारको अस्थाई बासमा जस्तापाता वितरण गरेर छाना हाल्ने काम भयो । पवित्र मनले गरिएको सामाजिक कार्यमा तपार्इंको कालो नियत सुन्नेले सुन्लान तर धेरैले सुन्ने छैनन् ।