बुटवल । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७८÷०७९ बजेट प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिसभा विघटन भएकाले अध्यादेशमार्फत बजेट ल्याइएको हो । बजेटले कोरोना उपचार नियन्त्रण र खोप व्यवस्थापनमा जोड दिएको छ ।
कोरोना उपचार, रोकथाम र खोपका सुनिश्चितिताका लागि बजेट व्यवस्था भएको छ । कोरोनाको परीक्षण, उपचार निशुल्क गर्ने बजेटमा घोषणा गरिएको छ । कोरोना उपचार, परीक्षणका लागि ४ अर्ब बजेट बिनियोजन भएको छ । खोप ल्याउन २६ अर्ब बजेट बिनियोजन गरिएको छ ।