बुटवल । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सघाउ पु¥याउन आइपास नेपालले लुम्बिनी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
आइपास नेपालले शुक्रबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
लुम्बिनी प्रदेशका लागि शुक्रबार ह्याण्ड स्यानिटाइजर ५० लिटर, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) सेट ८० थान, सर्जिकल मास्क ८ हजार थान, केएन ९५ मास्क ३ सय थान लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको आइपास नेपालका लुम्बिनी प्रदेश संयोजक जीवन देवकोटाले जानकारी दिए । यसैगरी आइपास नेपालले केही दिनअघि सीमा नाकाहरुमा फेस मास्क ४० हजार थान, ह्यान्ड सेनिटाइजर २ सय लिटर लगायतको स्वास्थ्य सामग्री प्रदान गरेको देवकोटाले बताए ।
कोभिड–१९ को नियन्त्रणमा सहयोग पु¥याउन गत वर्षदेखि नै संस्थाले सहयोग पु¥याउँदै आएको देवकोटाले जानकारी दिए । लुम्बिनी प्रदेशमा यस पटक झण्डै पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए ।
शुक्रबार लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयमा संक्षिप्त कार्यक्रमका बीच आइपास नेपालका प्रदेश ५ का संयोजक जीवन देवकोटाले सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले आइपास लगायतका संस्थाको सहयोगले महामारी नियन्त्रणमा सहज हुने बताए । प्रदेशमा अस्पताल, आइसोलेशन, अक्सिजन लगायतको व्यवस्थापनको लागि प्रदेश सरकार लागिपरेको भन्दै स्वास्थ्यमन्त्री श्रेष्ठले छिट्टै अवस्था सहज हुने बताए ।
आइपास नेपालले परिवार नियोजन तथा सुरक्षित मातृत्वको क्षेत्रमा लुम्बिनी प्रदेशका पाल्पा, अर्घाखाँची र रोल्पामा काम गर्दै आएको छ ।