गुल्मी । गुल्मीमा पहिलो दिन आईतबार ११ जनाको मृत्यु भएको थियो । दोश्रो दिन सोमबार ६ जनाको र आज तेश्रो दिन मंगलवार पनि ६ जनाको मृत्यु भएको छ । दैनिक मृतक बढेका छन् ।

स्वास्थ्य कार्याल गुल्मीले मंगलबार जारि गरेको सुचना अनुुसार सत्यवती गाउँपालिका ४ का ७५ बर्षीय पुरुषको रिडी हेल्थ डेक्समा र सोही गाउँपालिका वडा नम्वर ४ का ४७ बर्षिय पुरुषको पनि सोही पाल्पा मिशन अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै चन्द्रकोट गाउँपालिका ४ का ६७ बर्षीय पुरुष र सोही वडाका ३६ बर्षीय पुरुषको पनि मिशन अस्पताल पाल्पामा मृत्यु भएको छ । रुरु क्षेत्र गाउँपालिकाका २ का ७३ बर्षीया पुरुषको रेसुङ्गा अस्पतालमा र मालिका गाउँपालिका ४ का ७९ बर्षीय पुरुषको गुल्मी अस्पतालमा मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका फोकल पर्शन गोपालबहादुर कार्कीका अनुसार हाल सम्ममा गुल्मीमा कोरोना संक्रमणबाट ७१ ज्नाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६४ जनाको पिसिआर गराईएकोमा ५४ जना पोजेटिभ भेटिएका छन ।

यो सहित कुल संक्रमितको संख्या ११०८ पुगेको छ । जस मध्ये होम आईसोलेशनमा १०५५ रहेका छन । आईसोलेशनमा ४८ जनाले उपभचार गराई रहेका छन ।

आईसियुमा४ जना र भेन्टिलेटरमा एक जनाले उपचार गराई रहेका छन । जिल्लामा एक निजी सहित दुई वटा १ सय ७१ शैयाका कोरोना अस्पताल छन । पालिका स्तर सहित २२३ वटा आईसोलेशन रहेका छन । गुल्मी अस्पतालमा ९६ वटा भरि अक्सिजन सिलेन्डर छन भने खाली १२७ वटा रहेका छन ।